
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
नयाँदिल्ली, २६ साउन । भारतीय प्रहरीले ‘क्राइम इन्भेस्टिगेटिभ ब्युरो’ लेबल गरिएको भाडाको कार्यालयबाट प्रहरीको भेषमा ‘चन्दा’ असुलेको आरोपमा छ जनालाई पक्राउ गरेको छ । ‘प्रहरी जस्तै रङ र लोगो’ ले सजाइएको कार्यालयबाट सञ्चालित ‘अन्तर्राष्ट्रिय प्रहरी र अपराध अनुसन्धान ब्युरो’ नयाँदिल्लीको स्याटेलाइट सहर नोएडामा अवस्थित रहेको प्रहरीले आइतबार राति एक विज्ञप्तिमा बताएको छ । प्रहरीका अनुसार अभियुक्तहरूले नक्कली कागजात र प्रमाणपत्रहरू बनाएका थिए र पीडितहरूबाट ‘चन्दा’ माग्ने वेबसाइट चलाएका थिए । उनीहरूले आफ्नो ‘इन्टरपोल’ र अन्य अन्तर्राष्ट्रिय अपराध एकाइहरूसँग सम्बद्धता रहेको दाबी गरेका थिए । “अपराधीहरूले आफूलाई सरकारी कर्मचारीका रूपमा प्रस्तुत गरेका थिए”, प्रहरीले भन्यो । प्रहरीले धेरै मोबाइल फोन, चेकबुक,…
झापा, २६ साउन । झापाको काँकरभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आज बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा काँकरभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ। मृतकहरूको सनाखत प्रक्रिया जारी रहेको उनले जानकारी दिए । घाइतेहरूको इनरुवा अस्पताल, विराटनगर न्यूरो अस्पताल र नोबेल मेडिकल…
झापा, २६ साउन । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजको सम्भावित बाढीबारे जानकारी दिँदै सजग रहने चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी नदीको सहायक नदीको बहाब सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली महाकाली, कन्काई, कमला पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका दृष्टिले आज दोलखा, सिन्धुपाल्चोक, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ। साथै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर,…
झापा, २५ साउन । आज साउन महिनाको अन्तिम सोमबार झापासहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ । अर्जुनधारा जलेश्वर धाम, सतासीधाम, कनकाई धाम लगायतका शिवालय–देवालयहरुमा दर्शनका लागि हजारौँ भक्तजन पुगेका छन् । आज बिहानै देखि जल एवम् पूजापाठ गर्न भक्तजनहरुको घुइँचो लागेको हो । यस वर्ष साउनमा चार वटा सोमबार परेको थियो । यस वर्ष साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ। हिन्दु धर्मालम्बीले साउनको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ। साउने सोमबार विधिपूर्वक शिवको आराधना गर्दा परिवारमा सुख शान्ति र समृद्धि आउने विश्वास छ।
झापा, २६ साउन । आज सोमबार दिउँसो र राति पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली ९आकाशभरि बादल० रहनेछ। देशका पहाड भूभागका धेरै स्थान र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। अनि कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड भूभाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती…
हल्दिबारी, २५ साउन । झापाको हल्दीबारी गाउँपालिका–४ बालमैत्री वडा घोषणाको अन्तिम चरणमा पुगेको छ । बालमैत्री स्थानीय शासन वडा समितिका संयोजक तथा वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षता र गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा, बालमैत्री स्थानीय शासन घोषणा उन्मुख अभियान सञ्चालनपश्चात सूचकहरूको नतिजा निर्धारण र प्रमाणीकरण सम्पन्न गरिएको हो । गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूले सूचकको नतिजा निर्धारण तथा प्रमाणीकरणमा हस्ताक्षर गरेपछि, वडा बालमैत्री घोषणा उन्मुख भएको घोषणा सहजकर्ता सुमन ढकालले जानकारी दिए । उनका अनुसार, ५१ वटा मुख्य सूचकमध्ये दुई वर्षमा ८० प्रतिशत प्रगति हासिल भएकाले गाउँपालिकाको अनुगमनपछि जिल्ला समन्वय समिति झापाले बालमैत्री वडा घोषणा गर्ने छ…
भद्रपुर, २५ साउन । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक डा. महावीर पुनले आफ्नो सपना पूरा गर्न लगनशील भएर अविरल यात्रा गर्नु पर्ने बताएका छन् । झापा सदरमुकाम भद्रपुर स्थित एमरेल्ड एकाडेमीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा. पुनले कुनै पनि उद्देश्य पूरा गर्ने हो भने लक्ष्यप्रति इमान राखेर अविरल यात्रा गर्नु पर्ने बताएका हुन् । उनले ३२ वर्ष अगाडिदेखि नेपाललाई समृद्ध बनाउन प्रविधिको माध्यमबाट आविस्कारका श्रृखंला निर्माण गर्दै हिँडेको स्मरण गर्दै कतिले बौलाहा उपनाम दिए पनि बिकट पहाडी जिल्लामा बिजुली र ताररहित इन्टरनेटको आविस्कार गरेर नेपाललाई सन्सारसित प्रविधिमा गाँसेको सुनाए । पुनले ज्ञान र सीप जहाँ गएर सिके…
झापा, २५ साउन । झापाको हल्दिबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । संखुवासभा चैनपुर नगरपालिका–२ घर भई हाल हल्दिबारी–४ ऐनावारीस्थित मैनाली हाते कागज खरिद बिक्री केन्द्र काम गर्ने करिब ३०–३१ को राम कुमार अधिकारीको नजिकै रहेको खोल्सामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको ।
ताप्लेजुङ, २५ साउन । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा झापाको रेड स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा रेड स्टारले पोखराको सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । झापाका लागि सविनकुमार लुङ्गेलीले निर्णायक प्रदर्शन गरे । उनले खेलको ७७औँ मिनेटमा पहिलो गोल गरे भने इन्जुरी समयमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए । लाखे जात्रा पर्वको अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा सोमबार लेजेण्ड फुटबल एकेडेमी, सिलगुडी ९भारत० र चर्च ब्वाइज ललितपुरबीच प्रतिस्पर्धा हुने छ । यसअघि शनिबारको उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित…
झापा, २५ साउन । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरूलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उहाँका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । “शुक्रवार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तान्त्रिक)लाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । नियन्त्रणमा लिइएका दुवै जनालाई अहिले प्रहरी वृत्त गौशालामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताउनुभयो ।