
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
न्यूजिल्याण्ड, १९ साउन । उत्तर न्यूजिल्याण्डको सानो सहर काइवाकामा एक बसको लगेज कम्पार्टमेन्टबाट दुई वर्षीया बालिका फेला परेपछि एक २७ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ। घटना आइतबार दिउँसो भएको हो । बस चालकले लगेज चेक गर्ने क्रममा झोला हल्लिएको देखेपछि शंका उत्पन्न भयो । झोला खोल्दा भित्र एक सानी बालिका भेटिएको प्रहरीले जानकारी दिएको छ । बालिका करिब एक घण्टासम्म झोलाभित्र थुनिएको अवस्थामा थिइन् र केवल डायपर लगाएकी थिइन् । प्रहरीका अनुसार बालिका अत्यधिक गर्मीमा थिइन् तर शारीरिक रूपमा सामान्य देखिएकी थिइन् । उनलाई थप स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ। २७ वर्षीया महिलालाई ‘बालबालिकाको अमानवीय व्यवहार वा लापरबाही’…
झापा, १९ साउन । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको कार्यालयले जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। एकदेखि दुई वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
सुनसरी, १९ साउन । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोही अनुसार रातो बत्ती बालिएको कोशी…
झापा, १९ साउन । कनकाई नगरपालिकाले आइतबार सुरुङ्गा बजार क्षेत्रमा बजार अनुगमन गर्दै ठूलो परिमाणमा सुर्तिजन्य पदार्थहरू बरामद गरेको छ । नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि गुटखा, चुरोट, खैनीलगायतका सुर्तिजन्य वस्तुहरूको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको थियो । तर कागजी रूपमा मात्र लागू भएको यो प्रतिबन्धप्रति आलोचना बढेपछि यस आर्थिक वर्षदेखि बजार अनुगमनलाई पुनः सक्रिय बनाइएको हो । सुरुङ्गा बजार र टप्पु क्षेत्रको अनुगमन क्रममा भोला, रजनिगन्धा, चुरोट, खैनी लगायतका वस्तुहरू पसलमा खुल्ला रूपमा बिक्रीका लागि राखिएको पाइयो । साथै, केही किराना पसलहरूमा म्याद गुज्रिएका अचार लगायतका खाद्य सामग्रीहरू पनि बिक्रीमा राखिएको भेटियो । बरामद गरिएका सबै वस्तुहरू कनकाई माई नदी किनार स्थित…
झापा, १९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ। देशभर पूर्णतया बदली रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा…
झापा, १८ साउन । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई नयाँ शिराबाट गम्भीर रूपमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिनुभएको छ। सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गर्नुभयो। उहाँले सिआइबीले सीमित स्रोतसाधनका बीचमा पनि उल्लेखनीय सफलता हासिल गरिरहेको भन्दै मन्त्रालयले आवश्यक साधनस्रोत उपलब्ध गराउन गम्भीरता देखाएको जानकारी दिनुभयो। मुलुकमा बढ्दो वित्तीय अपराध नियन्त्रणका लागि गृहमन्त्रालयले वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको पनि मन्त्री लेखकले जानकारी गराउनुभयो। उहाँले चालु आर्थिक वर्षमा प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको उल्लेख…
झापा, १८ साउन । सुरेश गुप्ताको संयोजकत्वमा बिर्तामोड उद्योग वाणिज्य संघले देवीहाट व्यवसायी उप समिति गठन गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको व्यवसायीहरुको भेलाले गुप्ताको संयोजकत्वमा व्यवसायी उपसमिति गठन गरेको हो । गठित उपसमितिको सह संयोजकमा उर्मिला शाक्य, सचिवमा उमा शाह, सह सचिवमा कृष्णप्रसाद सुनार र कोषाध्यक्षमा शर्मिला अधिकारीलाई चयन गरेको छ । उपसमितिको सदस्यहरुमा तारा श्रेष्ठ, सुमन न्यौपाने, विकाश चौहान, दिपेश मानन्धर, रोशना लिम्बू, दिपचन्द शाह, वीर सिंह, दुर्गालाल श्रेष्ठ, रेखा शाह, गौरी मानन्धर, रोशन न्यौपाने, सागर गौतम, सरोज गुप्ता, र राधिका चम्लगाई रहेका छन् । त्यस्तै नरेश शाह, नारायण सुनार , द्वारिका…
झापा, १८ साउन । कोशी प्रदेशमा साउन १८ गतेसम्ममा कुल ८९.०३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो दर गत वर्षको समान अवधिको ९५.०१ प्रतिशतको तुलनामा करिब ६ प्रतिशत कम हो। प्रदेशभरका कुल २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ४६ हजार ६५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। तराईका प्रमुख जिल्ला झापा, मोरङ र सुनसरीमा औसत ९१.७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने मध्य पहाडी जिल्लामा ८४.२२ प्रतिशत तथा उच्च पहाडी जिल्लामा ७५.९४ प्रतिशत रोपाइँ भएको छ। जिल्लागत विवरण अनुसार ओखलढुङ्गामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। अन्य…
भारत, १८ साउन । उत्तर प्रदेशको गोंडामा तीव्र गतिमा रहेको बोलेरो सवारी नियन्त्रण गुमाएर सरयू नहरमा खस्दा ११ जनाको ज्यान गएको छ। आइतबार बिहान १० बजे इटियाथोक प्रहरी चौकी क्षेत्रको नहरमा भएको यो दुर्घटनामा बोलेरोमा सवार १६ जनामध्ये ९ जना एउटै परिवारका थिए। एक १० वर्षीया बालिका अझै बेपत्ता छन्। स्थानीयहरूका अनुसार वर्षाको कारण सरयू नहर पानीले भरिएको थियो। बोलेरो नहरमा खस्नासाथ पानीले गाडी पूर्ण रूपमा डुबाएको थियो, जसले गर्दा गाडीको ढोका खोल्न नसकिएको हो। वरपरका गाउँलेहरूले तत्काल पानीमा हाम फालेर उद्धार प्रयास गरेका थिए। धेरै कठिनाइका साथ झ्यालको सिसा फुटाएर ४ जनालाई बचाइएको छ। सबै जना पृथ्वीनाथ मन्दिरमा जल…
झापा, १८ साउन । झापाको मेचीनगर नगरपालिका–६ पिङकिठ्याकमा अबिरल वर्षाले एक घरमा ठूलो क्षति पुगेको छ । आज दिउँसो स्थानीय ज्ञानबहादुर गिरीको जस्ताको छानासहितको एकतले भान्साघर तथा पर्खाल वर्षाका कारण भत्किएको हो । भान्साघर र पर्खाल भत्किँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन गरी राहत तथा पुनःनिर्माणका लागि आवश्यक पहल सुरु गरिसकेको जनाएको छ।