
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ साउन। झापाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २५ गते झापाको झापा गाउँपालिका–४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका–९ का ३१ बर्षीय अनिल राईलाई ब्राउन सुगर २ ग्राम ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड नगरपालिका– ८ का २४ बर्षीय पकंज मैनाली, ३३ बर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका–१० का ४० बर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका–४ का ३४ बर्षीय प्रदिप राई र हुम्ला नाम्खाका ३५ बर्षीय राजु लामालाई ४ सय मिलिग्राम ब्राउन सुगर र नगद १ लाख २२ हजार…
दमक, २७ साउन । झापाको दमक नगरपालिका–३ बेलडाँगीमा कपडा लोड गरिएको मिनी ट्रकमा राति अचानक आगलागी हुँदा करिब छत्तिस लाख रुपैयाँ बराबरको क्षति भएको छ। २७ गते राति १२ः४५ बजे महेन्द्र तामाङले आफ्नै घर अगाडि सडक छेउमा पार्किङ गरी राखेको ना ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा अज्ञात कारणले आगलागि भएको हो। ट्रकमा रेडिमेड कपडा लोड गरिएको थियो। आगलागिको खबर पाएपछि स्थानीय प्रहरी टोली, बासिन्दा तथा दमक नगरपालिकाको दमकलको सहयोगमा आगो राति १ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। क्षतिको विवरण अनुसार, करिब ७–८ जना व्यापारीहरूको कपडा पूर्ण रूपमा जलेर रु. ३०,००,०००।– बराबरको क्षति ट्रक…
पाँचथर, २७ साउन । पाँचथरमा गएको आर्थिक वर्ष २०८१ –८२ मा लडेर २५ जनाको ज्यान गएको छ । मेलापात, गाउँघर, छरछिमेकबाट घर फर्कँदा रातको समयमा धेरै मानिस लड्ने र ज्यान जाने गरेको छ । गाउँघरमा जाँड–रक्सी खाएर पैदलयात्रा गर्ने क्रमले पनि धेरैको ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताउनुभयो । घाँसदाउरा गर्न, पशु चराउन गएकाहरू पनि अचानक लडेर ज्यान जाने गरेको छ । ग्रामीण क्षेत्रमा दुर्घटनामा परेकाहरूको उद्धारसमेत समयमा हुन नसक्दा ज्यान जानेहरूको सङ्ख्या बढिरहेको छ ।रासस
बिर्तामोड, २७ साउन । वडा तहसम्म अभियान सञ्चालनको तयारी गरिरहेको नेकपा एमाले बाह्रदशीले पूर्वतयारी कार्यक्रम अन्तर्गत नेता–कार्यकर्ताबीच अन्तरक्रिया गरेको छ । ज्येष्ठ नागरिक भवनमा सोमवार अगुवा कार्यकर्ता र नेताहरुबीच अन्तरक्रिया गरेको हो । नेकपा एमाले र सरकारविरुद्ध छरिएका भ्रम र वास्तविकताका बारेमा अन्तरक्रिया गरिएको हो । पछिल्लो समय नेकपा एमाले र सरकारविरुद्ध योजनावद्ध रुपमा भ्रम छरिएपछि अगुवा कार्यकर्ताहरुलाई यस सम्बन्धमा यथार्थ जानकारी दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बाह्रदशी गाउँपालिका कमिटीका अध्यक्ष अनिल सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टी र सरकारका विरुद्धमा छरिएका भ्रम चिर्नलाई सर्वप्रथम नेताहरुबाट यथार्थ कुराहरु बुझ्न कार्यक्रम गरिएको हो । गाउँपालिकास्तरीय अगुवा कार्यकर्ताहरु सहभागी अन्तरक्रियामा समूह…
झापा, २७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको मनमुटाव चर्किंदै गएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन–आश्रित स्मृति प्रतिष्ठानलाई पुनः सक्रिय बनाएका छन्। ३१ वर्षदेखि प्रायः निष्क्रिय रहेको प्रतिष्ठानलाई साउन २३ गतेको अधिवेशनबाट ओलीका विश्वासपात्र प्रदीप ज्ञवालीको नेतृत्वमा पुनर्गठन गरिएको हो। प्रतिष्ठानले अब जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धी वैचारिक प्रशिक्षण, पार्टी स्कुल र राजनीतिक कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ। सदस्य सचिव मधु तिमल्सिनाका अनुसार देशभर शाखा विस्तार गर्दै जबजलाई केन्द्रमा राखेर गतिविधि अघि बढाइनेछ। फाउन्डेसनसँगको प्रतिस्पर्धाप्रतिष्ठानको पुनर्संरचना एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनसँग जोडिएको देखिन्छ। मदन भण्डारी फाउन्डेसन, जसको नेतृत्व हाल विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले गरिरहेकी छन्, एमालेको वैचारिक अभियानको अर्को…
झापा, २७ साउन । भारतको उत्तराखण्ड राज्यमा गएको बाढी तथा पहिरोमा परेर हराइरहेका २६ जना नेपाली नागरिकको नाम सार्वजनिक गरिएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्डका स्थानीय प्रशासनलाई उद्धृत गर्दै हराइरहेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो। साउन २० र २१ गते (अगस्ट ५ र ६) उत्तरकाशी र पौडी गढवाल जिल्लामा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। उत्तरकाशी जिल्लामा २१ जना र पौडी गढवाल जिल्लामा ५ जना नेपाली नागरिक हराइरहेका छन्। उत्तरकाशीमा हराइरहेका नेपालीहरू:जनक बहादुर शाही (४५), रवि सिंह (२५), करण बहादुर (४०), रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, राम बहादुर शाही, हरि बहादुर खड्का, प्रभा, केशव, निर्मला खड्का, लक्ष्मण…
झापा, २७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने निर्णय गरेको छ। विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार साउन २७ गतेदेखि यो व्यवस्था लागू हुने भएको हो । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार भिजिटर पासका लागि पहुँच भएका व्यक्तिले भनसुन गरी लिने र पहुँच नभएकाले नपाउने गुनासो बढेपछि वितरण बन्द गर्ने निर्णय गरिएको हो । “अब अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत भिजिटर पास वितरण हुने छैन,” उनले भने । विमानस्थल कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती तथा नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको जनाएको छ…
झापा, २७ साउन । देशभर हालसम्म ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो आठ प्रतिशतले बढी हो। हालसम्म करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ भने कुल १४ लाख हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७ प्रतिशत, कर्णाली र लुम्बिनी प्रदेशमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। भदौ दोस्रो सातासम्म देशभर ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ। तर, मधेस प्रदेशमा मात्र ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गत वर्ष…
सुनसरी, २७ साउन । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको उहाँले बताउनुभयो ।
झापा, २७ साउन । आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस…