
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ । सो अवसरमा फोनिज झापा जिल्ला शाखाले ‘मिडियामा आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न गर्यो। कार्यक्रममा मिडियाले आदिवासी जनजातिहरूको सवालमा प्राथमिकता दिइरहेको अवस्था र आवश्यकताका विषयमा केन्द्रित छलफल भएको थियो । फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षता र फोनिज संघीय समिति सदस्य भूमिका फियाक लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार, पत्रकारसम्बद्ध संघ–संस्थाका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का पदाधिकारी, जातीय संगठनका नेतृत्व र सरोकारवाला गरी करिब ५० जनाको सहभागिता थियो। फोनिजका पूर्व संघीय उपाध्यक्ष तथा झापाका पूर्वअध्यक्ष दिपिन कुमार…
ताप्लेजुङ, २७ साउन । ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मङ्गलवार सम्पन्न खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सलहेशले अन्तिम चारमा स्थान बनाएको हो। गत वर्षको विजेता सलहेश युवा क्लबका लागि खेलको पाँचौँ मिनेटमै सोदिया आदमले गोल गर्दै खाता खोले। त्यसपछि ३५ औँ मिनेटमा सुजित बुढाथोकीले दोस्रो, ३७ औँ मिनेटमा युसुफ मलिकले तेस्रो, ४२ औँ मिनेटमा फिदिमका खेलाडीबाट आत्मघाती गोल, ६६ औँ मिनेटमा पुनः युसुफ मलिकको दोस्रो गोल, र अन्ततः ८० औँ मिनेटमा मोहित गुरुङको गोलमार्फत टिमले सहज जित दर्ता गर्यो। प्रतियोगिताको पहिलो सेमिफाइनल…
वासिङ्टन, २७ साउन । अमेरिकाको टेक्सास राज्यको अस्टिनस्थित उत्तरी भागमा रहेको टार्गेट स्टोरमा भएको गोली हानाहानमा तीन जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। घटनापछि एक ३२ वर्षीय संदिग्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार रिसर्च बुलेवार्डमा अवस्थित स्टोरमा गोली चलेको सूचना पाएपछि घटनास्थलमा पुगेका अधिकारीहरूले तीन जना घाइतेलाई फेला पारेका थिए। तीमध्ये सबैको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरिएको छ। घटनापछि संदिग्ध व्यक्ति स्टोरको पार्किङबाट एक कार चोरी गरी भाग्ने प्रयासमा थिए। चोरी भएको गाडीका मालिक पनि पीडितमध्ये एक रहेको प्रहरीले जनाएको छ। प्रहरीले संदिग्धलाई नियन्त्रणमा लिएर घटनाको उद्देश्यबारे अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक विवरणअनुसार, घटनामा…
झापा, २७ साउन । भारतबाट भन्सार छल्दै ल्याइएको मोबाइलको विभिन्न पार्टपुर्जासहित एक गाडी र चालकलाई झापाको मेचीनगरमा प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित भन्सार गेट अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी २६केओ७४६ नम्बरको सवारी साधनलाई जाँच गर्दा गाडीको पछाडिको डिक्कीमा लुकाइ ल्याइएको मोबाइलको पार्टपुर्जा फेला पारेको हो। गाडी चालक पश्चिम बंगाल सिलिगुडीस्थित शिवनगर कोलोनी प्रधाननगर निवासी २८ वर्षीय राज ठाकुर रहेको प्रहरीले जनाएको छ । गाडीसहित सामानको मूल्यांकन १४ लाख ३० हजार गरिएको छ भने गाडी, चालक र सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले…
भद्रपुर, २७ साउन । भद्रपुर नगरपालिका–५ स्थित मेचीपुल नजिक भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवक लागु औषधसहित पक्राउ परेका छन् । आज साँझ ५:४० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले चेकजाँचका क्रममा मे ७ प २८९१ नम्बरको मोटरसाइकल चालक सागर पौडेललाई शंका लागेर रोकेका थिए । पौडेल झापा भद्रपुर–७ गार्मेन्ट चोकका २९ वर्षीय स्थानीय हुन् । प्रहरीले चेकजाँच गर्दा उनले मलद्वारमा लुकाइ ल्याएको ब्राउन सुगर जस्तो देखिने लागु औषध (५.७० ग्राम) फेला परेको हो । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।
झापा, २७ साउन । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर झापाको बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ आयोजना गरिएको छ । आगामी साउन ३१ गते श्री राधा माधव भजनस्थलीले झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ आयोजना गरेको हो । मंगलबार झापाको बिर्तामोडस्थित अग्रसेन भवन परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको तयारीका बिषयमा जानकारी गराइएको छ । भक्ति शिद्धान्तदास ब्रम्हाचारी, शिद्ध स्वरुप दास ब्रम्हाचारी, मनः शिक्षा दास ब्रम्हाचारी, शान्तिदाता माधव दास, विनी माताजी लगायतले आयोजना गर्न लागिएको श्रीकृष्ण जन्माष्टमी महाउत्सवका विषयमा जानकारी गराएका थिए । हिन्दू धर्मावलम्बीहरुलाई भागवत गीता र श्रीमद् भागवत महापुराणका विषयमा समाजमा प्रचार प्रसार गर्ने उद्धेश्यले ‘हरे कृष्ण मोमेन्ट’…
झापा, २७ साउन । झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिइन्। आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा १३ हजार १३८ जनाले बच्चा जन्माएका मध्ये ६८ दशमलव सात प्रतिशतले शल्यक्रियामार्फत शिशु जन्माएको उनले बताइन् । आव २०८०–८१ मा जिल्लामा ७० दशमलव पाँच प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएको कार्यालयको तथ्याङ्क छ । चिकित्सकका अनुसार स्वास्थ्यमा जटिलता नआएसम्म शल्यक्रियाबाट प्रसूति गराउनु उचित हुँदैन । तर, पछिल्लो समय शल्यक्रियाबाट शिशु जन्माउने सङ्ख्या बढेको बढ्यै छ । प्रश्रव पीडा सहन नसक्नुरनचाहनु, जीवनशैली, ढिलो विवाहलगायत कारण शल्यक्रियामार्फत…
पपस्टार टेलर स्विफ्टले आफ्नो १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने घोषणा गरेकी छन् । ‘उल्टो गणना’को टाइम सकिएको केही घण्टापछि ग्रामी विजेता गायिकाले वेबसाइटमार्फत नयाँ एल्बम ल्याउने जनाएकी हुन् । एल्बम कहिले आउने भन्ने कुराको मिति घोषणा गरिएको छैन तर, एल्बमको भिनिल संस्करण अक्टोबर १३ भन्दा अघि नै आउने अपेक्षा गरिएको छ । गतवर्ष रिलिज भएको पपस्टारको एल्बम ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ले स्पोटीफाईमा थुप्रै कीर्तिमान रचेको थियो । स्पोटीफाईमा एकैदिनमा सर्वाधिक स्ट्रिमिङ हुने गीतको रेकर्ड यसले रचेको थियो । स्विफ्टको नयाँ एल्बमको टाइटल केल्सीको पडकास्टमार्फत सार्वजनिक गरिएको थियो । आफ्नो बहुचर्चित ‘इरास टूर’पछि स्विफ्टको सन् २०२५…
चितवन, २७ साउन । चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो । कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको हो । उनका अनुसार ९२ नमूना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको हो । यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्छ । जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने गरेको उनले…
झापा, २७ साउन । सुनको भाउ आज एक हजार तीन सय रुपैयाँले घटेको छ । हिजो तोलामा एक हजार एक सय रुपैयाँले घटेको सुन आज पनि एक हजार तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।