झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ साउन । वन तथा वातावरण मन्त्रालयले निजी वनतर्फ राष्ट्रिय पुरस्कार झापाको दुवागढीस्थित जडिबुटी एग्रो नर्सरी प्राली प्रदान गरेको छ । सामुदायिक वन दिवस-०८२ को अवसर पारेर मन्त्रालयको वन तथा भूसंरक्षण विभागले सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वितरण समारोहमा नेपालकै उत्कृष्ट निजी वनको रुपमा जडीबुटी एग्रोलाई पुरस्कृत गरेको हो । कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जडीबुटी एग्रोका संस्थापक भरतकुमार बस्नेत सम्मान-पत्र प्रदान गरेका छन् । जडिबुटी एग्रोले अन्य मुलुकबाट भित्रिने इन्डोर प्लान्टलाई प्रतिस्थापन गर्दै नेपालको माटो र हावापानीमा उत्पादन गरिएका बिरुवालाई बजारसम्म पुर्‍याउँदै आएको छ ।  “प्रयास गरे बालुवामा पनि सुन फल्छ” भन्ने भनाइलाई…

Read More

ताप्लेजुङ, २६ साउन । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले भारतको लिजेन्ड फुटबल एकेडेमी, सिलगुडीलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेलको १०औँ मिनेटमा समीर जर्घाले गरेको गोल नै निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शनका लागि चर्च ब्वाइजका गोलकिपर विश्वास चौधरी ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगिता लाखे जात्राको अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा आयोजना गरिएको हो। समितिका अध्यक्ष सागर मादेनका अनुसार मंगलबार सिराहाको सलहेश युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबीच अन्तिम…

Read More

झापा, २६ साउन । सिन्धुलीको घ्याङ्लेक गाउँपालिका–२ सातदोबाटोस्थित नाङ्गे डाँडाको जंगलमा एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान सोही गाउँपालिका–२, चन्दनपुर निवासी सन्चमाया वाइबा लामा (उमेर करिब ४० वर्ष) रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्टि गरेको छ। सन्चमाया वाइबा लामा साउन ११ गतेदेखि हराइरहेकी थिइन्। परिवारजनले साउन १५ गते इलाका प्रहरी कार्यालय वस्तिपुरमा हराएको निवेदन दिएका थिए। त्यसपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। शव फेला परेको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिएका छन्।

Read More

झापा, २६ साउन । रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ घर भइ हाल काठमाडौँको नागार्जुन नगरपालिका–४ बस्ने वर्ष ५५ का रवि बोम्जन र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३ घर भइ कागेश्वरी मनोहरा नगरपालिका–८ की ५५ वर्षीया फुलमाया खत्री रहेका छन् । फुलमायाले अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशहरूमा पठाइदिने भन्दै ११ जनाबाट ५१ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूले पीडितलाई लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूउपर थप अनुसन्धान तथा…

Read More

भद्रपुर, २६ साउन । झापाको सदरमुकाम रहेको भद्रपुरमा भोलि अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । नगरपालिकाको नगर युवा परिषदको आयोजनामा मंगलबार विहान भद्रपुरको पर्यटकीयस्थल चन्द्रगढदेखि ऐतिहासिक धार्मिकस्थल किच्चकबधसम्म पुरुष र भद्रपुर नगरपालिका कार्यालय अगाडिबाट किच्चकवधसम्म महिलाहरुको हाफ म्याराथन हुने भएको हो । भद्रपुर नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आज भएको सर्वपक्षीय बैठकमा नगर युवा परिषदले म्याराथन तयारीका बारे जानकारी गराएको छ । नगरपालिकामा क्रियाशील संघ–संस्था र क्लवहरुको सहयोगमा म्याराथन दौड प्रतियोगिता सम्पन्न गरिने नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले जानकारी दिए । एथलेटिक्सको नियम अनुसार गराइने प्रतियोगिताका लागि एथलेटिक्स प्रशिक्षक ागेपाल यादव र…

Read More

बनियानी, २६ साउन । झापाको कचनकवल गाउँपालिकाले वैज्ञानिक डाक्टर महावीर पुनको ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ पुस्तक खरीद गरेको छ । डाक्टर पुनको अभियानमा सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले आज पालिकाको सभाहलमा स्वागत–सम्मान कार्यक्रमको आयोजना गरी ५० हजार रुपैयाँ बराबरको पुस्तक खरीद गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रमार्फत बीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक संकलन गर्ने उद्देश्यले डा. पुन आफैँले लेख्नुभएको ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ नामक आत्मकथा पुस्तक बिक्री अभियानमा जुट्नु भएको छ । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले डाक्टर पुनको अभियानमा सहयोग पुर्याउने उद्देश्यले पुस्तक खरीद गरिएको बताउनुभयो । नेपालजस्तो कृषि प्रधान…

Read More

चन्द्रकला भण्डारीझापा, २६ साउन । बिर्तामोड नगरपालिका–५ की उषा राईलाई नगरपालिकाले सञ्चालन गरेको सामुदायिक तरकारी बिक्री केन्द्रमा गएर दिनहुँ ताजा तरकारी किन्ने बानी लागिसकेको छ । उहाँले त्यहाँ किनेका बोडी, घिरौँला, करेलालगायतका तरकारी नगरभित्रैका कृषकको ‘अर्ग्यानिक’ उत्पादन हुन् । “यहाँ किनेको सब्जीहरूमा विषादी छैन भन्नेमा ढुक्क छु,” उहाँ भन्नुहुन्छ, “बजारको जुन पायो त्यही सब्जी किनेर खाँदा रोगले गाज्ला भन्ने डर छ । सामुदायिकको तरकारी अन्यत्रभन्दा सस्तो र ताजा पनि छ ।” पहिले पहिले पारि ९भारत० बाट आयातित सब्जी किनेर खानुपर्ने बजारको बाध्यात्मक अवस्था फेरिएको बताउँदै उहाँले अहिले वारि ९स्वदेश०कै उत्पादन खान पाएकामा खुसी व्यक्त गर्नुभयो । केही वर्ष अघिसम्मको चलन…

Read More

खोटाङ, २६ साउन। लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोक मार्गअन्तर्गत जयराम–हलेसी सडक खण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जानेआउने यातायातका सवारीसाधन तथा यात्रुहरूबिच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बिच सडकमै अलपत्र परेका छन् । करिब १०० मिटर जति सडक पुर्ने गरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता ९दिक्तेल०बाट जानेलाई दुर्छिममा रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी…

Read More

विराटनगर, २६ साउन । सोमबार बिहान सुनसरीमा दुई सवारी साधन आपसमा ठोकिँदा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ जलुवा टोलमा बस र विङ्गर ठोक्किएका हुन्। काँकडभिट्टाबाट खोटाङको दिक्तेल तर्फ जाँदै गरेको मे.१ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर एक आपसमा ठक्कर खाएका हुन्। दुर्घटनामा परेर सप्तरीको महादेवा गाउँपालिका ६ बस्ने वर्ष ३५ को शङ्कर मण्डल, सुनसरीको कोसी गाउँपालिका ६ बस्ने वर्ष ७० को लक्ष्मण सदाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल भोक्राहा सुनसरीमा एक…

Read More

झापा, २६ साउन । झापाको हल्दिबारी गाउँपालिकामा जंगली हात्तीको प्रवेशले चार घरमा क्षति पुगेको छ भने एक जना महिला सामान्य घाइते भएकी छन् । साउन २६ गते राति १२ः३० बजे हल्दिबारी–३ बाघडाँडामा तीन वटा जंगली हात्ती प्रवेश गरी निमाई बाँनिया र हिरालाल मिश्रीको घर तथा भान्साघर भत्काएका हुन्। निमाई बाँनियाको टिनको छाना र घेराबेरा भएको घर तथा खरको छाना भएको भान्साघरमा रु. १५,००० बराबरको क्षति पुगेको छ। त्यस्तै, हिरालाल मिश्रीको भान्साघरमा रु. ३०,००० बराबरको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ। राति ३ बजे तिर हल्दिबारी–२ भेलागुडी सिमसार क्षेत्रमा पनि हात्तीको समूह प्रवेश गरी खेम गौतमको घरमा रु. १०,००० बराबरको क्षति…

Read More