झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ साउन । गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपदका घटनामा परेर एक सय १७ जनाको ज्यान गएको छ भने पाँच सय ६४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य एक सय ९८ घटना हुँदा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन् । बाढीबाट एक हजार ३१३ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणको विवरणअनुसार पहिरोका कुल दुई सय ८१ घटना भएका छन् । त्यसमा परेर…

Read More

सुनसरी, २५ साउन । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् । कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । केही दिनदेखिको लगातार वर्षाका…

Read More

झापा, २५ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।…

Read More

ताप्लेजुङ, २५ साउन । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा द योङ ब्रदर्श क्लब, सुनसरीले तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। ताप्लेजुङको भानु माविको खेल मैदानमा सम्पन्न खेलको २६औँ मिनेटमा आयोजक टिमका सञ्जय श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए। तर खेलको ७०औँ मिनेटमा द योङ ब्रदर्श क्लब इटहरीका नीरज खड्काले बराबरी गोल गर्दै खेललाई १–१ मा ल्याए। त्यसपछि ७४औँ मिनेटमा योगन राईले निर्णायक गोल गर्दै टिमलाई २–१ को जित दिलाए। यस जितसँगै द योङ ब्रदर्श क्लबले सोमबार भारत र काठमाडौंबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने पक्का भएको…

Read More

कैलाली, २५ साउन । कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको झडपमा मृत्यु भएको छ । दुई समूहबीच झडप हुँदा चौधरीको मृत्यु भएको हो । शुक्रबार राति भएको झडपमा अन्य २७ बन्दी घाइते भएका छन् । उनीहरुले अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई रु साढे चार अर्ब फाइदा भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताउनुभएको छ । “हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आम प्रयोगमा विद्युत् भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गर्नुभएको छ ।

Read More

धरान, २५ साउन । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए । घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो । बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले…

Read More

सर्लाही, २४ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरस्थित बाँके जंगलमा शुक्रबार साँझ भएको बस दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन्। जनकपुरबाट मलंगवा जाँदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटना साँझ पौने ६ बजेतिर ईश्वरपुर नगरपालिका–४ स्थित दोस्रो लच्का नजिकै भएको हो। तीव्र गति नै दुर्घटनाको कारण भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। दुर्घटनापछि बस चालक फरार छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। बस सडकबाट एक बल्ड्याङ मात्रै पल्टिएकाले ठूलो क्षति नभएको प्रहरीले जनाएको छ। घाइते यात्रुहरूको उद्धार राजमार्गमा यात्रा गरिरहेका अन्य यात्रु र प्रहरीको सहयोगमा…

Read More

झापा, २४ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक…

Read More

फुङलिङ, २४ साउन । ताप्लेजुङ सदरमुकाम फुङलिङमा आजदेखि तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङ र द यङ ब्रदर्स क्लब इटहरी आमनेसामने हुनेछन् । लाखे जात्रा सञ्चालन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।आयोजक समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टिमले नगद ७ लाख २ हजार ८२ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने…

Read More