
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ साउन । झापा जिल्लाको दमक नगरपालिका–४ स्थित चियाडोकानमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । त्यहाँ खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक–४ चियाडोकानकी २६ वर्षीया ज्योती राई तामाङ उर्फ सितल, कमल गाउँपालिका–५ पाथीभरा टोलका २७ वर्षीय सञ्जिव लिम्बू, दमकमा बस्दै आएका बसन्त राई र दमक–४ मा बस्दै आएका सन्दिप धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पासाङ तामाङको घरमा तलासी गर्दा प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लास्टिकसहित ११.३९ ग्राम र प्लास्टिकबाहेक ३.३२ ग्राम फेला…
झापा, २३ साउन । भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा साउन २० गते आएको भीषण बाढीमा परी जाजरकोट, बाँके, जुम्ला र रुकुमका गरी १८ जनाभन्दा बढी नेपाली नागरिक बेपत्ता भएको आशंका गरिएको छ । सम्बन्धित जिल्लाका स्थानीय जनप्रतिनिधिहरूका अनुसार जाजरकोटको कुशे गाउँपालिका–२ का १३ भन्दा बढी नेपाली बाढीपछि सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बाढी प्रभावित क्षेत्रबाट उनीहरूको खोजीका लागि नेपाल सरकारसँग सहयोगको आग्रह गरेका छन् । बाढीपछि कुशे–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंह बेपत्ता भएको वडाध्यक्ष मानबहादुर सिंहले जानकारी दिएका छन् । जुम्लाको तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर…
झापा, २३ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा धेरै र देशका बाँकी पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।…
बिर्तामोड, २२ साउन । झापाको बिर्तामोडबाट बुधबार राति प्रहरीले ८ जना जुवाडे पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा बिर्तामोड–५ ट्राफिक बिटस्थित सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको चिया÷नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका–९ गोलाखर्क घर भई हाल बिर्तामोड–५ धिमाल चोकमा बस्दै आएका ३८ वर्षीय तीर्थराज तामाङ, इलाम देउमाई नगरपालिका–१ बरबोटे घर भई हाल अर्जुनधारा–११ बसपार्कमा बस्दै आएका ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङको पाथिभरा याङ्बरक गाउँपालिका–२ थेचङ्गु घर भई बिर्तामोड–६ स्यालडाँगीमा बस्दै आएका ४२ वर्षीय भुपालकुमार कटुवाल र पाँचथरको हिलिहाङ गाउँपालिका–८ भारपा घर भई…
झापा, २२ साउन । कोशी प्रदेशसभाको आजको बैठकमा गैरसरकारी विधेयकका रूपमा दर्ता भएको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ बहुमतले अस्वीकृत भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले उक्त विधेयक सदनमा टेबुल गर्नुभएको थियो । बैठकमा सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गर्नुभएको विधेयक बहुमतले अस्वीकृत भएको थियो । सो विधेयक २०८१ साल फागुन २८ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । माओवादी केन्द्रका कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पर्यटन, वन तथा वातावरण मन्त्री…
झापा, २२ साउन । कोशी प्रदेशमा पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्ररूपमा फैलिएको छ । जेठको पहिलो सातादेखि फैलिएको महामारीबाट हालसम्म २२ हजार १ सय २२ पशु संक्रमित भएका छन् । रोगका कारण ६३७ पशुको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशले जनाएको छ । निर्देशनालयका अनुसार मृत्यु हुनेमध्ये ६३५ गाई–गोरु र २ भैसी–राँगा रहेका छन् । संक्रमितमध्ये २१ हजार ८९८ गाई–गोरु तथा २२४ भैसी–राँगा छन् । निर्देशनालयका निर्देशक तथा पशु चिकित्सक डा. सुशील अधिकारीका अनुसार महामारी सुरुमा प्रदेशका १० जिल्लामा सीमित थियो । तर, गत हप्ता तेह्रथुममा पनि संक्रमण देखिएको छ । सबैभन्दा बढी संक्रमण झापा जिल्लामा…
झापा, २२ साउन । झापाका चिया श्रमिकहरूले जिल्लाका चारवटा चिया बगान बन्द गरेका छन् । ३० दिने अल्टिमेटमभित्र आफ्ना माग पूरा नभएपछि उनीहरुले चिया बगान बन्द गरेका हुन् । श्रमिकहरूले भद्रपुरको गौरीशङ्कर, रिद्धिगणेश, सूर्य र मेचीनगरको नाज टी इस्टेटमा हडताल गरेका हुन् । गौरीशङ्कर, रिद्धिगणेश र सूर्य टी इस्टेटमा साउन १८ देखि र नाज टी इस्टेटमा हिजोदेखि श्रमिकहरूले काम बन्द गरेको नेपाल चिया कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले जानकारी दिनु भयो । जिल्लाका अन्य बगानहरूमा पनि क्रमशः हडताल गर्दै जाने उहाँले बताउनुभयो । श्रम ऐन २०७४ को दफा ११६ (ग)अनुसार श्रमिकहरूले विभिन्न माग राखेका छन् । श्रम ऐन…
झापा, २२ साउन । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हल्दिबारीको एक सामुदायिक विद्यालयलाई पङ्खा हस्तान्तरण गरेको छ । आज संस्थाले हल्दिबारी–५ स्थित धनुषा आधारभूत विद्यालयलाई छ थान सिलिङफेन हस्तान्तरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष ओमराज राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने रहेका थिए । संस्थाका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयलाई सहयोग गरिएको बताए । उनले विगतका वर्षहरूदेखि नै सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि संस्थाले विभिन्न सामग्रीहरु हस्तान्तरण गर्दै आएको बताउँदै उनले गर्मीको समयमा विद्यार्थीको सहजताका लागि संस्थाले पङ्खा…
काठमाण्डौ, २२ साउन । फिफा महिला वरियतामा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ । यो नेपाली महिला टोलीले हासिल गरेको अहिलेसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो । यसअघि १००औं वरियतामा रहेको नेपाल यसअघिको अङ्कबाट ४६ दशमलव ४९ अङ्क बढेर नयाँ वरियतामा ८७औं स्थानमा पुगेको हो । एशियाली राष्ट्रहरुमध्ये नेपाल १६औं स्थानमा छ । नेपालले महिला एशियन कप छनोटमा श्रीलङ्का र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो । यस प्रतियोगितापछि नेपालको वरियतामा ठूलो सुधार आएको हो…
काठमाडौँ, २२ साउन । नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको जनाएको छ । टेलिकमले सो विक्री मूल्यभन्दा बढीमा विक्री वितरण गरे गैरकानुनी कार्य हुने स्पष्ट पारेको छ । टेलिकमले बिहीबार जारी गरेको एक सूचनामा कुनै पनि विक्री केन्द्र, पसल आदिले तोकिएको मूल्यभन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन सबैमा अनुरोध गरिएको छ ।