
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
जनकपुर, १७ भदौ । जनकपुरधामस्थित एक नीजि अस्पतालमा मंगलबार चार बच्चा जन्माएकी एक आमाको बुधबार दिउँसो मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ स्थित जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति शल्यक्रियामार्फत एकै पटकमा चार बच्चालाई जन्म दिएकी थिइन् । एकैपटकमा चारवटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि मंगलबारदेखि नै गम्भिर रहेको डा। जय यादवले जानकारी दिए । उनको उपचार भेन्टिलेटरमा राखेर भइरहेको थियो । मंगलबार बिहान काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा।सोनिया सिंहले शल्यक्रियामार्फत बच्चाहरु निकालेकी थिइन् ।…
बिर्तामोड, १७ भदौ । झापाको शिवसताक्षी नगरपालिकामा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा एक युवाको शव फेला परेको छ । शिवसताक्षी–११ स्थित सताक्षीधाम जाने बाटो सोही स्थानका मैनाचुली टोल निवासी २८ वर्षीय गोमनसिंह मगरलाई घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नयाब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । रतुवामाई बृक्षारोपण सामुदायिक वनको कर्मचारी (पाले) चन्द्रबहादुर म्याङ्बाले मगरको शव देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर गरेको उहाँले बताउनुभयो । “घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान भरहेको छ”, उहाँले भन्नुभयो, “संघीय इकाइ प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर समेतको टोली खटाइएको छ…
उदयपुर, १७ भदौ । उदयपुर कटारी ताप्लि गाउँपालिका–५ सल्ले स्थितमा बस्ने हुप बहादुर मगर लागुऔषध गाँजा सहित पक्राउ परेका छन । उनलाई हिजो राती उनकै घरबाट १५ केजी गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरले आफ्नै घरमा गाँजा संचय गर्ने र मौका छोपी बिक्री बितरण गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा उक्त परिणामको गाँजा फेला पारी बरामद गरेको हो । पक्राउ परेका मगर उपर लागुऔषध ऐन अन्तरगत कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
झापा, १७ भदौ । प्रदेश १ मा आज १ सय ३७ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा १४, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन् । धरानमा ७ , बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरका २१ महिला २३ पुरुष, धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको कमल गाउँपालिकामा…
रोहित काफ्लेभद्रपुर, १७ भदौ । झापामा रगतको अभाव देखिएपछि रोटरी क्लव अफ भद्रप्ुरले बुधबार भद्रपुर–८ सगरमाथा चोकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेकोले रक्तदान कार्यक्रम आयोजना हुन नसकिइरहेको बेला रोट्रयाक्ट क्लव अफ भद्रपुर र नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखासँगको सहकार्यमा रोटरी भद्रपुरले कोभिड–१९ सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गर्दै रक्तदान आयोजना गरेको हो । बुधबार विहान संक्षिप्त औपचारिक उपस्थितिका माझ वडा नं ८ का वडाध्यक्ष गौरव सुब्बा र झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले संयुक्त रुपमा व्यानर पढेर कार्यक्रम उद्घाटन गरेका थिए । क्लवका अध्यक्ष आपदत्य पराजुलीको अध्यक्षतामा क्लवका सचिव ईश्वर अधिकारीले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा…
बिर्तामोड, १७ भदौ । झापाका पाँच स्थानीय तहका १४ जनामा आज कोरोना पुष्टि भएको छ । झापाको कमल गाउँपालिका, हल्दिबारी गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाका पाँच महिला र नौ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कमल–३ मा तीन पुरुष र तीन महिला गरी छ जना स्थानीय, मेचीनगर–६ का तीन जना पुरुष (भारतबाट आएका), बिर्तामोड–५ र ६ मा एक महिला र दुई पुरुष (एक जना भारतबाट र दुई जना चितवनका), हल्दिबारी–५ का एक स्थानीय र गौरीगञ्ज–२ का भारतबाट आएका एक जना रहेको कार्यालयले जनाएको छ ।
झापा, १७ भदौ । देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको जानकारी दिए । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । यस्तै, बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ । यसैगरी बितेको २४ घण्टामा देशभर ३२० महिला…
काठमाडौं, १७ भदौ । मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण र रोकथामका लागि समुदायस्तरमा रहेका निवृत्त स्वास्थ्यकर्मी, जनस्वास्थ्यविद्, विभिन्न सामाजिक कार्यमा संलग्न सङ्घसंंथालाई समेत परिचालनको प्रभावकारी योजना बनाएर काम गर्न सुझाव दिएको हो । समितिले कोभिड–१९ को सङ्क्रमित होम आइसोलेशनमा रहने व्यवस्थाले सबै सङ्क्रमितले समयमै स्वास्थ्यकर्मीबाट परीक्षणमा पहुँच र निगरानी तथा अनुगमन सहज नहुने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई सुझाव दिएको सभापति शशी श्रेष्ठले जानकारी दिइन् । भर्चुअल माध्यमबाट भएको समितिको पछिल्लो बैठकको…
जनकपुर, १७ भदौ । जनकपुरमा एक महिलाले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् । प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत ती बच्चाहरु निकालेकी थिइन् । डा सोनिया सिंहले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिनु ’दुर्लभ’ घटना रहेको बताइन् । अरमानाले ३ छोरी र १ छोरा जन्माएकी छन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको…
कोरोना भाइरस संक्रमित मानिसहरु अस्पताल वा घरमै आइसोलेसनमा बस्दछन् प्रायः । उनीहरुका लागि संक्रमणमुक्त नहुन्जेल घुमफिर गर्ने कुरा सम्भव हुँदैन । तर ब्राजिलमा एउटा यस्तो मनमोहक टापु छ जहाँ कोरोना संक्रमित मानिसहरु घुम्न जान पाउँछन् । कोरोना भाइरस संक्रमणको संख्याका हिसाबले अमेरिका पछि दोश्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म ३८ लाखभन्दा धेरै मानिस संक्रमित भैसकेका छन् भने १ लाख २० हजारभन्दा धेरैको मृत्यु भैसकेको छ । संक्रमणको भयावह अवस्थाका बीच ब्राजिल सरकारले देशको फर्नान्डो डी नोरोन्हा टापुलाई पर्यटकका लागि खुल्ला गरेको छ । रोचक त के भने त्यहाँ आउने पर्यटकहरु कोरोना भाइरस संक्रमित हुनुपर्नेछ । अर्थात् उक्त टापुमा छिर्नका लागि कोरोना…