झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ भदौ । पोखरामा रक्तदान गर्न इच्छुकको घरमै पुगेर रगत सङ्कलन गर्ने एम्बुलेन्स सञ्चालनमा आएको छ । कुनै विशेष कार्यक्रम आयोजना गरेर रक्तदान गर्ने परिपाटी अन्त्य गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीले जुनसुकै बेला रक्तदान गर्ने इच्छुकका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । कोही रक्तदान गर्न इच्छुक भए रेडक्रसमा फोन गर्नासाथ एम्बुलेन्समा रक्तदानका लागि आवश्यक सामग्री तथा स्वास्थ्यकर्मीको टोली घरमै पुग्ने व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ । गत चैत ६ गतेदेखि सञ्चालनमा आएको एम्बुलेन्सले हरेक महिनामा ७५० देखि आठ सय युनिटसम्म रगत सङ्कलन गर्ने गरेको रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारीले जानकारी दिए । रगत सङ्कलन गर्न…

Read More

झापा, ९ भदौ । कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले खारेज गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, यसअघि वर्गिकरण गरिएका लेभल वान, टू र थ्री लगायत सबै अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको छ। नियमित सेवा प्रवाह भइरहेका सबै किसिमका अस्पतालले कोरोना संक्रमित बिरामीलाई सेवा पनि दिनुपर्ने निर्णय गरिएको छ। ‘यसअघि…

Read More

भद्रपुर, ८ भदौ । तस्करीका लागि सहज नाका बन्दै गएको दक्षिणी झापाको कचनकवल–५ स्थित पाठामारीमा गए राति स्थानीयले तीन पोका कपडासहित तीन जनालाई सशस्त्र प्रहरी सीमा सुरक्षा बललाई जिम्मा लगाए पनि तस्करीमा संलग्नलाई बिना कारबाही छोडिएको छ । भारतबाट रातिको समयमा अवैध रूपमा भित्र्याएको कपडासहित स्थानीयले कारोबारमा संलग्न व्यक्ति पनि सशस्त्र प्रहरीलाई बुझाएको भए पनि प्रहरीले सामान राखेर कारोबारमा संलग्न मानिसलाई छाडिदिएको घटना बाहिर आएको हो । बन्दाबन्दी सुरू भएयता कचनकवल–५ स्थित पाठामारी नाकाबाट दैनिक लाखौँ मूल्य बराबरको सामान नेपाल भित्रिन थालेपछि केही स्थानीयले चासो देखाएर प्रहरी प्रशासनलाई सहयोग गर्न थालेका थिए । सो क्षेत्रका केही कारोबारीको अवैध गतिविधिको बारेमा…

Read More

बिर्तामोड, ८ भदौ । झापाको बाह्रदशी गाउँपालिकामा आज तीन जनामा कोरोना संक्रमण देखिएको छ । बाह्रदशी ५ र ६ नम्बर वडामा रहेका उनीहरुमा कोरोना संक्रमण देखिएको हो । उनीहरु भारतको आसाम, बिहार र कतारबाट आएका पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Read More

कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर, नर्सहरुको सम्मान गर्न नायिका वर्षा सिवाकोटीले आग्रह गरेकी छिन् । केही दिन अगाडि काठमाडौँमा डाक्टरहरु बसेको होस्टेल घेर्न मानिसहरुको पुगेको खबर सार्वजनिक भएको थियो । उक्त घटनाको चौतर्फी विरोध भैरहेको समयमा वर्षाले भनेकी छिन्– ‘यो सममा आफू र आफ्नालाई सुरक्षित राख्नुपर्ने त छदैछ । साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिएका डाक्टर, नर्स, मेकिडल क्षेत्रमा सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मुल्यांकन गर्न पनि उत्तीकै जरुरी छ । यस्तो जटिल परिस्थितीमा एक अर्काको लागि सहयोग, माया, सद्भाव राख्नु अत्यन्त आवश्यक छ ।’ वर्षाले केही घटनाहरुमा संक्रमितलाई अपहेलित…

Read More

हामीले सही समय थाहा पाउनका लागि घडी प्रयोग गर्छौं। यद्यपि अहिले डिजिटल ग्याजेटको समयमा हातमा घडी लगाउनेहरुको संख्या घटिरहेको छ । तथापि संसारमा समयको प्रवाह चलुन्जेलसम्म घडीको अस्तित्व सदैव रहिरहन्छ । प्रविधिको विकाससँगै अत्याधुनिक घडीहरुसमेत बनेका छन् जो हजारौँ वर्षसम्म एक सेकेण्ड पनि छिटो वा ढिलो हुँदैनन् । तर यो दुनियामा एउटा यस्तो घडी पनि छ, जसले एक वर्षमा केवल एक पटक मात्र सही समय दिन्छ । स्कटल्याण्डको राजधानी एडिनबरामा त्यो विचित्र घडी रहेको छ । एडिनबरास्थित बालमोरल होटलको घण्टाघरमा रहेको सो घडी सधैं ३ मिनेट छिटो चल्दछ । ५८ मिटर उचाइको घण्टाघरमा रहेको उक्त घडी निकै चर्चित छ ।…

Read More

झापा, ८ भदौ । भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २३ लाख ३६ हजार ७९६ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख १० हजार ६९७ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५७ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८४६ जनाको मृत्यु भएपछि भारतमा…

Read More

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन नेपाल प्रज्ञा –प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले उक्त आग्रह गरी कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभए पनि सो कार्यक्रमलाई स्रोत अभाव नहुने वचन दिए । भेटमा साथमै रहेका अर्थमन्त्री डा युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवकै परियोजनालाई आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिनुभएको कुलपति उप्रेतीले जानकारी दिए । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको जीर्ण जन्मघरलाई सङ्ग्रहालय बनाइने…

Read More

काठमाडौं, ७ भदौ । नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर ९.८ प्रतिशतले कम रहेको छ । तथ्यांक भन्दाबढी नै निको भएको सरकारी अधिकारी बताउँछन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तथ्यांकअनुसार नेपालमा विश्वको तुलनामा सङ्क्रमण हुने दर कम भए पनि वास्तविक त्यसो नभएको बताए । उनले पछिल्लो समय…

Read More

बिर्तामोड, ७ भदौ । प्रदेश १ मा सोमबार ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् । मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको बाह्रदशीमा १ महिला ४ पुरुषमा कोरोना देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या…

Read More