झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २१ वैशाख । बाँकेको नेपालगञ्जमा आइतबार थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र, संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि विरगंजमा पनि आइतबार नै एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

Read More

कनकाई, २१ वैशाख । कनकाई कोरोना राहत कोषमा नेपाली कांग्रेस कनकाई नगर समितिले १ लाख ३० हजार ४ सय ५० रुपैँया सहयोग गरेको छ । कांग्रेसको कनकाई नगर कमिटी सचिव दुर्गा प्रसाई कांग्रेस नेता लीलाबहादुर कटुवाल लगायातको टोलीले आज कनकाई नगरपालिकामा गई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उक्त रकम हस्तानतरण गर्नुभएको हो । कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६५ लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर पहिलो चरणको राहत वितरण सकाएर दोस्रो चरणको राहत सुरु गरिसकिएको छ ।

Read More

झापा, २१ वैशाख । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या ७३ पुगेको छ । सङ्घको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११, साउथ वेष्टमा तीन गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एकको मृत्यु भएको छ । यस्तै, संयुक्त अरब इमिरेट्स ९युएई० मा पाँच, आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डमा एक–एकजनाको सङ्क्रमणका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जिव सापकोटाले जानकारी…

Read More

बिर्तामोड, २१ वैशाख । झापाका १६ वटा संस्थाको सहकार्यमा सञ्चालन आएको ‘एकका लागि एक अभियान’ अन्र्तगत कनकाई तथा अर्जुनधारा नगरपालिकामा १२० विपन्न परिवारलाई राहत वितरण गरिएको छ । ‘अव कोही हुने छैन भोकै’ र ‘सहयोग गर्ने मन छ आउनुहोस् मन खोलेर सहयोग गर्नुहोस्’ नाराका साथ शुरु भएको अभियानले आइतबार सहारा नेपाल साकोस लक्ष्मीपुर र सुरुङ्गा सेवा केन्द्र मार्फत राहत वितरण गरिएको हो । अर्जुनधारा नगरपालिका वडा नं. ५ का २० परिवार र कनकाई नगरपालिका वडा नं. २, ३, ४, ५ र ८ का १०० परिवारलाई राहत वितरण गरेको सुरुङ्गा सेवा केन्द्रकी प्रमुख गोमा वस्नेतलले बताइन् । कोरोना भाइरस महामारीका कारण…

Read More

संखुवासभा, २१ बैशाख । संखुवासभाको सभापोखरी गाउँपालिका(२ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन् । शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा राई सहित निजको श्रीमती २४ बर्षीया मनिला राई, छोरी ३ बर्षीया सुपी राई, छिमेकी २५ बर्षीय दिनेश राई, निजको श्रीमती २४ बर्षीया अनिता राई र निजको ३ बर्षीया छोरी आकांक्षा राई बिरामी भएका हुन् । बिरामी ६ जनाको नै जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Read More

बिर्तामोड, २१ वैशाख । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा नेवाः देय दबु बिर्तामोड नगर समितिले सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि बिहान बेलुका हातमुख जोर्न समस्या भएका विपन्न परिवारलाई राहत दिन नगरपालिकाको कोषमा सहयोग गरिएको समितिका अध्यक्ष ओमप्रकाश श्रेष्ठले बताउनुभयो । समितिले नगरको कोषमा २५ हजार ४९४ रुपैयाँ बराबरको ६०७ केजी चामल जम्मा गरेको छ । आज नगरपालिका परिसरमा समितिका अध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष छत्रबहादुर श्रेष्ठ, सहसचिव जीवनकुमार श्रेष्ठ लगायतका पदाधिकारीले नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई राहत सामग्री हस्तान्तरण गर्नुभयो । नगरप्रमुख शिवाकोटीले संकटका बेलामा गरिने मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउनुभयो…

Read More

राजेन्द्र किराँती विषय प्रवेशःआज कोभिड–१९ विश्वकै साझा दुस्मन बनिरहेको छ । यस्तो महासङ्कटको बेला सबैखाले स्रोतसाधनको समुचित उपयोग गर्दै एकताबद्ध भएर महामारी विरुद्ध जुट्नुको अर्को विकल्प छैन । यही गम्भीर सच्चाइलाई हृदयङ्गम गर्दै नेपालले पनि लकडाउन लगायतका सबैखाले सावधानीहरु अपनाइरहेको छ । सिङ्गो नेपाली समाज कोभिड–१९ विरुद्धको महाअभियानमा जुटिरहेका छन् । सम्पूर्ण नागरिकहरु महामारी र अर्थतन्त्र पक्षघात हुनबाट कसरी जोगाउने भन्नेमा सर्वाधिक चिन्तित छन् । सबैको जोड र ध्यान महामारीमा केन्द्रित छ । सरकारले पनि औसत पहल लिइरहेकै अवस्था थियो । तर अनपेक्षित रूपमा प्रधानमन्त्री केपी ओलीले राजनीतिक दल विभाजन र संवैधानकि परिषद् सम्बन्धी दुइटा अध्यादेश मन्त्रिपरिषदको बैठकबाट निर्णय गराउन…

Read More

ताप्लेजुङ, २१ वैशाख । ताप्लेजुङ सदरमुकाम फुङलिङको शुक्रवार राति भएको आगलागीबाट सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको छ। ट्याक्सी स्टेन्ड छेउमा भएको आगलागीबाट आठवटा जलेका छन्। आगलागिबाट भएको जम्मा क्षतिमध्ये व्यक्तिगततर्फ सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैयाँ भएको प्रहरीको अनुमान छ। संकलित तथ्याङ्क अनुसार आगलागीबाट सातवटा घर पूर्ण रुपमा जलेको छ भने आगो फैलन नदिन आगो लाग्दै गरेको एउटा घर भत्काइएको छ। अन्य घरमा आशिंक क्षति भएको छ। आठ घरमा रहेका २९ घर परिवारका मानिस विस्थापित भएका छन्। आगलागीबाट छवटा संस्थाका कार्यालय तथा…

Read More

एजेन्सी, २१ बैशाख । ल्याटिन अमेरिकी देश बोलिभियामा शनिबार सैन्य विमान दुर्घटना भएको छ । उक्त दुर्घटनामा चालक दलका दुई सदस्यसहित ४ जना स्पेनी नागरिकको मृ’त्यु भएको छ । कोरोना भाइरसका कारण अलपत्र परेका ती स्पेनी नागरिकलाई स्वदेश फर्काउनका लागि सो विमानबाट सान्टाक्रुजमा लगिदैं थियो । त्यहाँको वायुसेनाका अनुसार सो विमान ट्रिनिडाडको दक्षिणपूर्वि शहर नजिकै दुर्घटनामा परेको थियो । कोरोना महामारीको रोकथामका लागि बोलेभियाले आफ्नो अन्तराष्ट्रिय सीमानाका बन्द गरेको छ । बोलेभियन अधिकारीहरूले विमान दु’र्घटनाको जाँचका लागि एक समिति गठन गरेको छ । समितिलाई ८ दिनभित्र घटनाको विवरण बुझाउन भनिएको छ । प्रारम्भिक विवरण अनुसार विमानस्थलबाट उडेको १२ मिनेटमै इञ्जिन…

Read More

सिन्धुपाल्चोक, २१ वैशाख । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सामान आयात हुन थालेपछि विवाद बढेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रास फैलिरहेकाले सामान आयात गर्न नहुने भन्दै विवाद बढेको हो । बल्लतल्ल खुलेको नाकाबाट स्वास्थ्य र खाद्यान्न आयात गर्नुपर्ने पक्षमा भोटेकोसी गाउँपालिका रहेको छ । ‘चीनको वुहानबाट कोरोना भाइरस फैलिएकाले यहाँका स्थानीय त्रसित छन्, ’ गाउँपालिका उपाध्यक्ष दाबुट्टी शेर्पाले भनिन्, ‘यस्तो बेलामा नाका सञ्चालन हुँदा कोरोना फैलिन्छ भन्ने त्रास हो । व्यापारिक प्रयोजनका लागि स्याउ र लसुन आयात गर्न यो बेला उचित छैन भन्ने स्थानीयको बुझाई छ।’ सुरुवाती छलफलमा स्वास्थ्य सामाग्री मात्र आयात गर्ने कुरा भए पनि अहिले…

Read More