
झापा, ३ भदौ । सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक, इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका शिक्षकको साविक पारिश्रमिकमा १० प्रतिशत वृद्धि गरेको हो । यससँगै माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ बाट ४८ हजार ५८ र आधारभूत तहका शिक्षकको ३४ हजार ७३० बाट ३८ हजार २०३ पुगेको छ ।
त्यस्तै, इसिडी सहजकर्ता, विद्यालय सहयोगी र लेखा हेर्ने विद्यालय कर्मचारीको सङ्घीय अनुदानमा मासिक पाँच हजार वृद्धि गरिएको छ । नयाँ व्यवस्थाअनुसार उनीहरूको पारिश्रमिक क्रमशः १७ हजार, १५ हजार र २० हजार पुगेको छ ।
पारिश्रमिक वृद्धि कार्यान्वयनपछि सरकारमाथि वार्षिक ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० थप दायित्व सिर्जना हुनेछ ।


