
झापा, ३ भदौ । कोशी प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई सरकारको प्रवक्तामा तोकेको छ ।
नयाँ मन्त्रिपरिषद् विस्तारपछि बसेको पहिलो बैठकले प्रदेश लोकसेवा आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।
बैठकले राजनीतिक तथा प्रशासन समिति, कानुन, न्याय तथा प्रदेश मामिला समिति र आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो। यस्तै, मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र पनि स्वीकृत गरिएको छ।
Facebook Comments Box


