झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १६ बैशाख । नेपालमा थप दुई नया कोरोना संक्रमित भेटिएका छन । जिल्ला अस्पताल गौरका अधिकृत महेश साहका अनुसार दुई जना पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । लकडाउन पछी भारतबाट चोरबाटो हुँदै नेपाल आएका रौतहटका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। वृन्दावन नगरपालिका ९ भुसहा निवासी २४ वर्षीय र देवाही गोनाही नगरपालिका १ निवासी ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

Read More

हल्दिबारी, १६ वैशाख । झापाको हल्दिबारी गाउँ कार्यपालिकाले हिजो आकस्मिक बैठक सञ्चालन गरेर दुई हजार ७०८ परिवारलाई दोस्रो चरणको राहत बाँड्ने र काठमाडौमा अलपत्र परेका व्यक्तिहरुलाई घर फर्कने व्यवस्था मिलाउने निर्णय गरेको छ । वैशाख १५ गते गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको बैठकले उक्त निर्णयहरु गरेको गाउँ कार्यपालिकाका सदस्य तथा प्रवक्ता सागर पोर्तेलले जानकारी दिएका छन् । बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनको समयावधि थप हुँदै गइरहेको सन्दर्भमा गाउँपालिकामा रहेका अतिविपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारी गर्ने र असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई लकडाउनको अवधिभरका लागि पुग्ने खाद्यान्न लगायतका राहत सामग्री वितरण गरिने निर्णय भएको…

Read More

इलाम, १६ वैशाख । इलामको फाक्फोक्थुम–३ रातमाटेका १२ वर्षीय मनोज लिम्बूलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे साथीसँग घर नजिकै रहेको फाक्फोक खोलामा माछा मार्न गएका लिम्बूलाई अविरल वर्षाको कारण खोलामा आएको बाँढीले बगाउदा उनी बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा करिब २ किलोमिटरको दुरीमा खोलाको किनारमा उनको शव फेला परेको भनि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भइरहेको छ ।

Read More

झापा, १६ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले दल फुटाउनका लागि अपहरण शैलीमा सांसदलाई नियन्‍त्रणमा लिने घटनाको छानबिन गरी कारबाही गर्न माग गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो। बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरत्सिंह भण्डारी तथा राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी ‘स्वेच्छाचारी प्रवृत्ति’विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ । सङ्घीय सांसद डा सुरेन्द्र यादव अपहृत भनिएको प्रकरणमा छानबिन…

Read More

काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री केपी ओली स्वयंले सिर्जना गरेको समस्याको समाधान निकाल्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भएको छ । वर्तमान अवस्थालाई सुरक्षित अवतरणका लागि पूर्वप्रधानमन्त्री नेपालसँग सहकार्य र सम्झौता आवश्यक रहेको हो। केही समययता तिक्ततापूर्ण सम्बन्ध रहे पनि समस्या समाधान गर्न सत्तारुढ दलभित्र यस्तो अवस्था निम्तिएको हो। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग चर्किएको अन्तर्विरोधले ओलीलाई रक्षात्मक स्थितिमा पुर्‍याएको छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजानुपर्ने पार्टी निर्णय कार्यान्वयन गर्न बेवास्तापछि ओली आफ्नै दलभित्र असजिलोमा पर्दै आएका थिए। पार्टीलाई छलेर अध्यादेश ल्याउनेसम्मका काम गरेपछि अन्य नेता पनि उनको कार्यशैलीविरुद्ध दाहालसँगै उभिन पुगे। समस्या समाधान…

Read More

झापा, १६ वैशाख । सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा पाँच वर्ष जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ। सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा, मेडिकल सामग्री खरिदमा अनियमितता गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अपहरणकारीको आरोप लागेका सांसदद्वय महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालको सरकारले पूर्ण बचाउँ गर्दै आएको छ। यसबाहेक सरकारले आफ्नातर्फबाट भएका कयौं कमीकमजोरीको ढाकछोप गर्दै आएको छ। सर्वसाधारणलाई भने सरकारले सामान्य गल्तीमा पनि पक्राउ गर्दै आएको छ। पूर्वसचिव भीम उपाध्याय ६ दिन प्रहरी हिरासतमा बसेर सोमबार रिहा भएका छन्। त्यस्तै, राहत वितरण र सरकारको…

Read More

झापा, १६ वैशाख । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पूवै उपप्रधान एवम् गृहमन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौलाले आफ्नो विवाह भोजको खर्च कटाएर कोरोना रोकथाम कोषका लागि स्थानीय सरकारलाई आर्थिक सहयोग गरेका छन् । सिटौलाले नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ मार्फत सो क्षेत्र भित्र रहेको एक नगरपालिका र ३ वटा गाउँ पालिकाका लागि एक—एक लाखका दरले आर्थिक सहयोग गरेका हुन् । यस्तै विवाह भोजको दिन पारेर श्यामले आफ्नो निवास रहेको भद्रपुर १० नम्बर वडा र पूरानो निवास स्थान विर्तामोड १० नम्बर वडा कार्यालयलाई पनि ५० हजारका दरले आर्थिक सहयोग गरेका थिए । यही बैशाख १४ गते विर्तामोड निवासी मनिषा…

Read More

झापा, १५ वैशाख । झापाका बाहदशी गाउँपालिकाका एक व्यक्तिमा कोरोना कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकाले चारकिल्ला सिल गरेको छ । सोमवार बसेको सर्वदलीय बैठकले प्रभावित कोरोना प्रभावित क्षेत्रको चार किल्ला सिल गर्ने निर्णय गरेको हो । आइतबार बाह्रदशी गाउँपालिका स्थित राजगढ निवासी ५० वर्षीय पुरुषलाई आइतबार कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा झापाबाट सहभागी भएर फर्किएका जमाती भएको बताइएको छ । बाह्दशी गाउँपालिका–४ साबिक चकचकी ५० वर्षीय उनी दिल्लीबाट फर्किएपछि दुईपटक आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको थियो । दुवै पटकको रिपोर्ट आरडीटीमा नेगेटिभ पछि स्वाब संकलन…

Read More

विराटनगर, १५ वैशाख । प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडिटी) बाट प्रदेश १ मा कूल ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि(पिसिआर) बाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेश १ मा ३१ जनालाई कोरोना संक्रमण देखिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल २ हजार ९२ जना पुगेको छ । प्रदेश…

Read More

झापा, १५ वैशाख । नेपाल किसान सङ्घले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लागू गरिएको लकडाउनपछि मुलुकभरका किसानले ठूलो नोक्सानी व्योहोर्नुुपरेको उल्लेख गर्दै उनीहरुलाई राहत कार्यक्रम घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । सङ्घका सभापति भानुभक्त सिग्देलले आज एक वक्तव्यमार्फत लकडाउनका कारण दिनभरी मजदुरी गरी जीवनयापन गर्ने कृषि श्रमिकलाई समस्या परेको, उत्पादनमा संलग्न किसानले आफ्नो उत्पादन बजारमा पु¥याउन नपाएर नष्ट गर्नुपरेको र कृषिजन्य कच्चा पदार्थमा आधारित कृषि उद्यमी संकटमा परेको उल्लेख गर्नुभएको छ । सरकारसँग श्रमिक किसानलाई गाँसबासको व्यवस्थापनसाथै सबै खाले किसानको नोक्सानको क्षतिपूर्ति दिने र आगामी दिनमा यस्तो क्षति हुन नदिन सुरक्षित उत्पादन र बजार व्यवस्थापनको ग्यारेण्टी गर्ने प्रकारको राहतका…

Read More