
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बलिउड अभिनेता इरफान खानले जीवनमा धेरै चलचित्र खेले र लोकप्रियताको शिखर चुमे । उनै चर्चित अभिनेताको जीवनको अन्तिम दिन पनि सिनेमाका घटनाजस्तै बन्यो । कस्तो दुखद संयोग, ५४ वर्षको उमेरमा बुधबार बिहान संसार छोडेका इरफान खानले ४ दिनअघिमात्रै आमा गुमाएका थिए । उनकी ९५ वर्षीय आमाको शनिबार नि’धन भएको थियो । राजस्थानको जयपुर सहरमा आमाले अन्तिम सास फेर्दा इरफान मुम्बईमा थिए । लकडाउनका कारण उनी आमाको अ’न्तिम सं’स्कारमा समेत जान पाएनन् । शनिबार आमा गुमाएका इरफान मंगलबार आफैं अस्पताल भर्ना भए । उनलाई आईसियुमा राखिएको थियो तर पनि बचाउन सकिएन र बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा उनले…
नयाँदिल्ली, १७ वैशाख । भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये एक हजार ७ जनाको मृत्यु भएको छ । भारतमा देखिएका कोरोना पीडितमध्ये ७ हजार ६९५ जना निको भएर घर फर्किएका छन् भने हाल २२ हजार ६२९ जना उपचारका क्रममा छन् । मन्त्रालयका अनुसार भारतको महाराष्ट्र राज्यमा कोविड–१९ बाट सर्वाधिक ९ हजार ३१८ जना संक्रमित भएका छन् जसमध्ये १ हजार ३८८ जना निको भएका छन् । महाराष्ट्रमा मात्र ४०० जनाको मृत्यु भएको छ । दोस्रो…
झापा, १७ वैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआउनुभएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् । मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिनुभएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ । उहाँ…
झापा, १७ वैशाख । सरकारले परीक्षणको दायरा बढाएसँगै श’ङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उहाँका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् । आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ…
बिर्तामोड, १७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि काठमाडौँमा रहेका ५३८ जनालाई झापा ल्याइएको छ । लकडाउन लम्बिएसँगै समस्यामा परेका उनीहरुलाई काठमाडौँबाट झापा ल्याइएको हो । झापा क्षेत्र नं. ४ का सांसद् एलपी साँवाले दुई चरणमा ५०० जना र मेची अभियान झापाले ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । सांसद् साँवाले झापाबाट काठमाडौँ अध्ययन, रोजगारी, मजदुरी, विभिन्न पेशा व्यवसायका लागि गएकाहरुलाई ल्याइएको बताउनुभयो । “लकडानका कारण समस्यामा परेको गुनासो आएपछि दुई चरणमा १७ वटा गाडी पठाएर ल्यायौँ”, उहाँले भन्नुभयो, “केहीले आफ्नो भाडा आफैँ तिरे भने भाडा तिर्ने अवस्था नभएकाहरुलाई निःशुल्क ल्याइयो ।”…
झापा, १७ वैशाख । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स गर्नु भएको छ । भिडियो कन्फ्रेन्स मार्फत मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्दैशन दिनुहुँदै वाहाँले बन्दाबन्दी (लकडाउन) को पूर्ण पालना गराउने कार्यमा खटिने प्रहरी कर्मचारीहरुलाई प्रयाप्त ब्रिफिङ गरी आवश्यक सुरक्षाको उपायहरु अपनाएर उपलब्ध सामाग्री सहित फिल्डमा डिउटी खटाउने,पर्चा,पम्प्लेट बितरण तथा माईकिङ गरी जनचेतना जगाउने कार्यमा दत्तचित्त भई लागी पर्न निर्देशन दिनु भयो । त्यसैगरी बन्दाबन्दीको समय लम्बिदै जाँदा हुनसक्ने घरेलुहिंसा, महिला तथा बालबालिका माथी हुने हिंसाको सम्बन्धमा सजग र सतर्क रही समाजमा पहुँच बढाउन जोड दिनु भयो ।…
मोरङ, १७ वैशाख । मोरङको बिराटनगर महानगरपालिका(१६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–५ का ३४ बर्षीय दिलबन्धु प्रसाद मोदीलाई १०० एमएलको डाइलक्स डिसी १५ बोतल, नाइट्भेट ट्याब्लेट ३० चक्की र स्पास्मोप्रोक्सिवन २४ चक्की सहित मंगलवार बेलुका साँडे ६ बजे पक्राउ गरेको हो । पक्राउ परेका मोदीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा, १७ वैशाख । जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको पूर्ण बैठकले सबै पालिकाहरुमा खाद्यान्न लगायतका अत्यावश्यक सामग्री विक्री वितरणको लागि बिहान ८ बजे देखि ११ बजेसम्म पसल खोल्न दिने निर्णय गरेको छ । कोरोनाको संक्रमण देखिएको पालिकाको हकमा सम्बन्धित पालिकाको निर्णय अनुसार गर्ने सहमति भएको छ । खाद्यान्न तथा निर्माण सामाग्रीहरुको ढुवानी साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गर्ने निर्णय बैठकले गरेको छ । समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीमा भएको बैठकले दमकमा आइओएमले सञ्चालन गरेको प्रयोगशालालाई कोभिड परीक्षण प्रयोगशाला बनाउन प्रदेश सरकार र सङ्घीय सरकारलाई…
काठमाडौं, १७ वैशाख । बहराइनमा थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको छ । बहराइनस्थित नेपाली दूतावासले जनाए अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ । हाल बहराइनमा १ लाख २१ हजार २ सय ६० जनामा कोरोना संक्रमण परीक्षण गरिएको थियो । भने हालसम्म बहराइनमा १ हजार ५ सय ५६ जना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण त्यहाँ ८ जनाको मृ’त्यु भएको छ । उपचारपछि निको…
झापा, १७ वैशाख । राष्ट्र सङ्घीय जनसङ्ख्या कोष ९यूएनएफपीए० ले कोभिड –१९ को महामारी विश्वव्यापि फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ । यूएनएफपिएद्वारा आज यहाँ जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित ग’र्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महिनामा लै’ङ्गिक हिं’सा र हा’निकारक अभ्यासहरुको चपेटामा पर्नसक्ने प्रक्षेपण समेत गरेको छ । महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रुपमा यूएनएफपीए क्रियाशील रहेका छ । कोभिड–१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरुमा धेरै मात्रामा पर्ने, उनीहरुको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँच समेत…