
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ वैशाख । पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिने देखिएको छ। दुई अध्यक्षबीच दुई दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा त्यसले विवाद स्थायी समिति बैठकमा बल्झिने संकेत गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार र मंगलबार भएको छलफलमा शक्ति बाँडफाँटलगायत मुद्दामा सहमति नभएको हो । स्थायी समितिको एजेन्डा, बैठक कति लामो बनाउने, कसरी छलफल गराउने भन्ने विषयमा अझै समझदारी जुट्न सकेको छैन । दुई अध्यक्षबीचको कार्यविभाजन पुरानै सहमतिका आधारमा टुंगो लगाउने गरी एजेन्डा तय गर्न सोमबार…
झापा, २४ वैशाख । नेपालले भारतको समकक्षमा सीमा सुरक्षा चेकपोष्ट (बोर्डर अब्जरभेजन पोस्ट–बीओपी) राख्ने तयारी गरेको छ। गृह मन्त्रालयले नेपाल(भारत सीमा क्षेत्रमा पाँच सय १६ वटा बीओपी राखी थप नौ हजार सुरक्षाकर्मी तैनाथ गर्ने प्रस्ताव तयार गरेको छ। गृहमन्त्री रामबहादुर थापाले सीमा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बीओेपी थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेका छन्। गृहमन्त्री थापाको निर्देशनअनुरुप सशस्त्र प्रहरी बलले भारतकै बराबर बीओपी राख्ने खाका तयार पारी गृह मन्त्रालयमा समक्ष प्रस्तुत गरेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। हाल सीमामा एक सय २१ बीओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय १६ पुर्याउने सरकारी तयारी छ। प्रस्ताव अनुसार हालको…
झापा, २४ वैशाख । कारोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएको खबर राजधानी दैनिकमा छापिएको छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दाबाहेकमा कैद सजाय तोकिएर ५० प्रतिशत कैद भुक्तान गरिसकेका र वृद्ध तथा बालबालिकालाई कैद छुट गरेको हो । तर, राज्यविरुद्धको अपराध, युद्ध अपराध, कैदबाट भागेका तथा भगाइएको मुद्दामा कैद काटिरहेकाको कैद छुट हुनेछैन ।
झापा, २४ वैशाख । सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन अवधि थप्नुपर्ने निष्कर्ष निकालेको छ । समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेसँगै लकडाउन पुन बढ्ने भएको खबर राजधानी दैनिकमा छापिएको छ । समितिको बैठकले तत्काल नै लकडाउन खोल्न नसकिने सुझाव सरकारलाई दिएको छ । बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारे निर्णय गर्नेछ । मन्त्रिपरिषद् बैठक बुधबार ११ बजेका लागि बोलाइएको छ ।
झापा, २४ वैशाख । देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र परीक्षण किट्सको अभाव सुरु भइसक्दा पनि नेपाली सेनाले विदेशबाट स्वास्थ्य सामग्री ल्याउन सकेको छैन । सरकारले सेनालाई जिटुजीमार्फत शून्य कमिसनमा स्वास्थ्य सामग्री खरिदका लागि १६ चैतमा जिम्मा दिएको थियो । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी०ले तयार पारेको सूचीअनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री र भारतबाट ५३ प्रकारका औषधि किन्ने तय भएको थियो । जसअनुसार सेनाले चीनबाट हवाई साधनमार्फत पिपिई, एन–९५ मास्क, पिसिआर टेस्टिङ किट्स, मेसिन, कीटाणुनाशक स्प्रेलगायत तत्काल आवश्यक सामग्री ल्याउने तयारी गरेको थियो । आपूर्तिकर्तासँगको सम्झौताअनुसार दुई लटमा करिब ४० टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने…
विराटनगर, २४ वैशाख । एकीकृत भन्सार जाँच चौकी विराटनगरमा जाँचका क्रममा ठूलो राशिको भारतीय रकम मंगलबार बरामद भएको छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले सो जाँचचौकीबाट नेपाल भित्र्याउन लागिएको भारु एक करोड नौ लाख ७९ हजार ५३० सहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । भारतको सुपौलबाट डब्ल्युबी ७३ ई ७६७७ नंको ट्रकलाई खानतलासीका क्रममा कार्टुनमा लुकाइराखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ट्रकका चालक रवीकुुमार शर्मा र सहचालक पप्पुकुमारलाई नियन्त्रणमा लिएको र उहाँहरु दुवै जना भारतीय नागरिक रहेको बताइएको छ । सो ट्रक विराटनगरबाट सामान लिएर भारतको सिलिगुडी जानका लागि विराटनगर भित्रिएको र सो रकम हुुण्डी कारोवारीको हुन…
मोरङ, २४ वैशाख । कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये छ जना घर फर्कने भएका छन् । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिनुभयो । उहाँले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको बताउनुभयो । उनीहरु सबै भारतीय नागरिकहरु हुन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिनु भयो । केही रगत परीक्षणको काम…
झापा, २३ वैशाख । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार तत्काल यी मौसमी प्रणाली हट्ने सम्भावना छैन । नेपालमा यी प्रणाली सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको हो । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका…
संखुवासभा, २३ वैशाख । संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसेका ४५ बर्षीय सुर्य बहादुर लिम्बु र निजको ६ बर्षीय छोरा आमोस लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका छन् । सोमवार बेलुका घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै बुबा छोरा बिरामी भई जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
बिर्तामोड, २३ वैशाख । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा एक जना क्षयरोगीको उपचारको क्रममा मृत्यु भएपछि कोरोनाको हल्ला चलेको छ । झापा गाउँपालिकाका एक ३५ वर्षीय युवकको उपचारको क्रममा मृत्यु भएपछि गाउँपालिका क्षेत्रमा त्यस्तो हल्ला चलेको हो । एचआइभी संक्रमित ती युवामा क्षयरोग देखिएपछि उपचार लागि विराटनगरस्थित क्षयरोग अस्पतालमा रिफर गरिएको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विकले जानकारी दिनुभयो । “वैशाख १४ गते मैले नै बिरामीलाई उपचारका लागि विराटनगर रेफर गरेको थिएँ”, प्रमुख विकले भन्नुभयो, “क्षयरोगको उपचार पछि एचआइभी पनि भएकाले एआरटी दिन मेची अस्पतालमा भर्ना गरिएको थियो ।” उपचारको क्रममा ती युवकको सोमबार मृत्यु भएको हो । युवकको…