
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ताप्लेजुङ, २० वैशाख । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा गएराति भएको आगलागीको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज यहाँ एक विज्ञप्ति जारी गर्दै फुङ्लिङ बजारको माथिल्लो क्षेत्र ट्याक्सी काउन्टर लाइनमा भएको आगलागीबाट भएको भौतिक संरचना तथा धनमालको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध मिलाउन स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध समेत गर्नुभएको छ । मन्त्री भट्टराईले सरकारको तर्फबाट प्रदान गरिने पुनःस्थापनाका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने पनि जानकारी गराउनुभएको छ । उहाँले आगलागीबाट धनमाल गुमाएका जिल्लावासी दिदीबहिनी, दाजुभाइप्रति सहानुभूति प्रकट गर्दै उक्त आगलागी नि’यन्त्रणका लागि नेपाली सेना,…
भद्रपुर, २० वैशाख । दुई जना व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको झापा जिल्लामा स्वास्थ्यकर्मीका लागि प्रदेश नं. १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान गरेकी छिन् । राज्यमन्त्री गजमेरले १५० थान पिपइ, दुई हजार ८०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा र १५० थान एन–९५ मास्क शुक्रबार स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गरिन । विराटनगरस्थित मन्त्रालयबाट राज्यमन्त्री गजमेर आफैँ ती सामान लिएर झापा आएकी थिइन् । पौडेलले ती सामान दोस्रो कोरोना भेटिएको बाह्रदशी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई वितरण गरिने जानकारी दिएका छन् । राज्यमन्त्री गजमेरले शुक्रबार नै बाह्रदशी गाउँपालिकाको कोरोना प्रभावित क्षेत्रमा पुगी त्यहाँको समस्या…
कनकाई, २० वैशाख । कनकाई नगरपालिकामा दोस्रो चरणको राहत वितरण सुरु भएको छ । नगरपालिकाले अतिविपन्त र मजदुरी गरी खाने परिवारलाई छनोट गरी यसअघि नगरपालिकाभर ३४६० परिवारलाई घरघरमै पुगेर राहत वितरण गरिसकिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । पहिलो चरणमा राहत वितरण बैज्ञानिक तरिकारले गरिएको थियो । टोल विकास समितिद्धारा छनौट गरिएको परिवारलाई घरगाउँमै पुगेर राहत वितरण गरिएको थियो । घरका प्रति सदस्य ५ किलोका दरले चामल र अन्य खाद्य सामाग्री प्रदान गरिएको थियो । पहिलो चरणको राहत वितरण पछि दोस्रो चरणको राहत वितरण सुरु भएको हो । कनकाई नगरपालिका ९ बाट दोस्रो चरणको राहत वितरण सुरु भएको…
सिबी अधिकारीकाठमाडौँ, २० वैशाख । मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चार्टर्ड उडान ग¥यो भने चीनको ग्वान्जाओमा चार कार्गो उडान गरेको छ । निगमले क्रमशः अष्ट्रेलिया, दक्षिण कोरिया र चीनको बेइजिङमा चार्टर्ड उडान गर्दैछ । निगमले अष्ट्रेलिया र चीनमा पुनः उडान गर्न लागेको हो । आगामी वैशाख २४ गते ९६ मे २०२० मा० निगमले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्न लागिएको जनाएको छ । निगमका प्रवक्ता अर्चना…
विराटनगर, २० वैशाख । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताउनुभयो । उहाँले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताउनुभयो । मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २० जनासम्मको परीक्षण गर्न सकिने उल्लेख गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्षमता विस्तार गरी १०० बढी र कोशी अस्पतालमा २०० जनासम्मको परीक्षण गर्न सकिने जानकारी दिनुभयो । सो ल्याबको परीक्षणमा कोभिड–१९ को पोजेटिभ…
काठमाडौँ, २० वैशाख । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको शनिबार जनाइएको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ । यी संंक्रमितहरूमध्ये ९ हजार ९५१ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २७ हजार…
काठमाडौं, २० वैशाख । सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन् । चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरी चीनको चासो व्यक्त गरेकी थिइन्। तत्कालीन एमाले र माओवादीलाई मिलाउन चिनियाँको भूमिका र सद्भाव रहेको चर्चा भइरहेका बेला अहिले दलको विवादमा पनि चीन सक्रिय देखिएको छ। चिनियाँ राजदूतले सरकारसँग छलफल गर्न सक्नेमा किन सत्तारुढ दलका नेताहरूसँग यो समयमा भेट गरे भन्दै उनकै दलका नेताले चासो देखाएका छन्। चीनले वैचारिक मतसमेत मिल्ने भन्दै कम्युनिस्ट नेतृत्वसँग सहकार्यको हात बढाउँदै गएको छ। सत्तारुढ दलका विदेश विभाग प्रमुखसँग चिनियाँ विदेश…
झापा, २० वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्ण रुपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ । कोरोना महामारीको सम्भावित जोखिम कम गर्न सबै उपाय अपनाएर जुधिरहेको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि चारवटा रणनीति बनाएको थियो । रणनीतिअनुसार नै व्यवस्थित किसिमले काम गरिएकाले कोरोना संक्रमणको दर बढ्न नपाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए । सचिव कोइरालाका अनुसार संक्रमण दर थेग्नै नसक्ने गरी फैलिए घरमै उपचार गर्ने व्यवस्था मिलाउनेसम्मको तयारी गरिएकाले आत्तिनुपर्ने अवस्था छैन । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, २० वैशाख । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्दे्शिका जारी गरी सरकारले सातै प्रदेशमा अवलम्बन गर्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोक्न यति बेला नेपालले बन्दाबन्दी (लकडाउन) नीति अपनाएको छ । विश्वमा कोरोना भाइरसको कुनै उपचार पद्धति, खोप र औषधि बनिसकेको छैन् । त्यसैले हरेक मुलुक क्वारेन्टाइन र आइसोलेसनमा बसेर आधुनिक चिकित्साको हल्का उपचार पद्धति अपनाउन बाध्य छ । नेपालमा भने हजारौँ वर्षदेखि चलिआएको सांस्कृतिक तथा परम्परागत आयुर्वेद उपचार पद्धतिमा कोरोनालगायतका अन्य भाइरस लाग्न नदिने…
झापा, २० वैशाख । औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् । सरकारले गरेको निर्णयअनुसार लकडाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको वैशाख महिनामा श्रमिकले खाइपाई आएको तलबको न्यूनतम ५० प्रतिशत रकम तत्कालै दिनुपर्ने र बाँकी ५० प्रतिशत तलब लकडाउन खुलेर स्थिति सहज भएपछि क्रमश भुक्तानी गर्ने व्यवस गर्नुपर्ने निर्णय सरकारले गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।