
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अछाम, १९ वैशाख । जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् । एकाएक उच्च ज्वरो खाएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो, “उच्च ज्वरो आएपछि उहाँलाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका थियौँ, उहाँको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ छ, मृत्यु भएकोे कारणबारे थप बुझदैछौँ ।” मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ ।
झापा, १९ वैशाख । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध भएको पिपिइ वितरण भइसकेको जानकारी दिँदै शङ्कास्पद बिरामी वृद्धि भएमा पिपिइको कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले पठाएको पिपिइको सही सदुपयोग नभएको गुनासो व्यक्त गर्दै स्वास्थ्यकर्मीभन्दा जनप्रतिधिले पिपिइ लगाएर हिँड्दा समस्या उत्पन्न भएको बताउनुभयो । मन्त्री घिमिरेले पिपिइको अभाव जिल्लामा मात्रै नभएर प्रदेश र केन्द्रमा पनि रहेको चर्चा गर्दै शक्तिशाली देशमा पनि पिपिइ अभाव रहेको छ भन्नुभयो । प्रदेश सरकारले पिपिइ न्यूनतमरूपमा व्यवस्थापन गरेको छ भन्दै कसले कस्तो पिपिइ लगाउने भनेर नबुझ्दा पनि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । कोरोनाको त्रासका…
झापा, १९ वैशाख । प्रदेश नं १ का जिल्ला अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) अपुग भएको छ । ती जिल्लाका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) हरुले प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग बिहीबार साँझको भिडियो संवादमा उक्त समस्या अवगत गराएका हुन् । प्रदेश सरकारबाट प्राप्त पिपिइ पर्याप्त नभएको र स्थानीयस्तरबाट व्यवस्थापन भएको पिपिइ सकिएकोे उनीहरुको गुनासो छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको अवस्थामा पिपिइको अभावले उपचार कार्यका समस्या उत्पन्न हुने उनीहरुले बताएका छन् । उनीहरुले प्रदेश सरकारले तत्काल पिपिइको व्यवस्था गर्न माग गरेका छन् । मेसुहरुले अस्पतालमा आकस्मिक, फिवर क्लिनिकसँगै नियमित सेवा पनि सञ्चालनमा रहेको बताउँदै विकास समितिबाट…
इटहरी, ९ वैशाख । सुनसरी इटहरी–९ ओसेनपार्क स्थितमा रहेको प्रमोद मोटर्स ग्यारेजमा आगलागी भएको छ । हिजो बेलुका साढे ७ बजे रबिन्द्र खड्काले सञ्चालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुँदा तीन वटा कार जलेर नष्ट भएको हो । ग्यारेजमा बनाउनका लागी राखिएको बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगो सल्कदा तीन वटै कार जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । सो आगलागी प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।
एजेन्सी, १९ बैशाख । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री स्वयंले आफूलाई कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुसी प्रधानमन्त्रीले मिखाइल मिशस्तिनलाई बिहीबार अबेर राति कोरोना संक्रमण भएको पुष्टि भएको हो । एक न्युज च्यानलसँग कुरा गर्दै उनले भने, ‘मैले कोरोना टेस्ट गराएको थिएँ । यसको रिपोर्ट पोजेटिभ आएको छ । अब म सेल्फ आइसोलेशनमा जाँदैछु । म आफू सुरक्षित र स्वस्थ रहन निकै आवश्यक छ ।’ उनले राष्ट्रपति भ्लादिमीर पुटिनलाई भिडियो कन्फ्रेन्समार्फत यसको जानकारी दिएका थिए । त्यस्तै पाकिस्तानी संसदमा सभामुख असद क्यासरलाई पनि कोरोना संक्रमण भएको छ ।…
झापा, १९ वैशाख । अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी सङ्कटमा परेको पाइएको छ । यो सङ्ख्या कुल कामदारको झण्डै आधा सङ्ख्या भएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्यांक अनुसार उनीहरूले अहिले नै बेरोजगारीको सङ्कट भोगिसकेका छन् । विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि अनौपचारिक क्षेत्रका मजदुरहरू म’र्कामा परेका हुन् । अनौपचारिक क्षेत्र अन्तर्गत पर्ने उत्पादन व्यापारलगायतका क्षेत्रमा काम गर्ने कामदारहरु ‘गम्भीर सङ्कटमा परेको सङ्गठनले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण विश्वभरी फैलिएपछि सङ्गठनले विश्वभरी गरेको सर्वेक्षणको बुधबार सार्वजनिक भएको तेस्रो संस्करणमा यस्तो विवरण उल्लेख गरिएको छ । विश्वभरी…
झापा, १९ वैशाख । विकास आयोजनाका गतिविधि तीव्र हुने समयमै यसपटक मुलुक बन्दाबन्दी (लकडाउन) मा परेपछि विकास ९पुँजीगत० खर्च ५० प्रतिशत पनि नहुने देखिएको छ। नेपालमा विकास आयोजनाहरुमा काम हुने समय मंसिरदेखि जेठसम्म हो। सरकारले वैशाख १५ सम्म चालु आर्थिक वर्षको विकास बजेट २७।९ प्रतिशतमात्र खर्च गरेको छ। काम गर्ने समय डेढ महिनामात्र बाँकी रहेका बेला यो वर्ष विकास खर्च लक्ष्यको ५० प्रतिशत पनि नपुग्ने देखिएको हो। चालु आर्थिक वर्ष सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको थियो। वैशाख १५ सम्ममा एक खर्ब १० अर्ब रुपैयाँमात्र खर्च भएको छ। अघिल्ला वर्षहरुमा वैशाखसम्म आउँदा कम्तीमा लक्ष्यको ४०…
झापा, १९ वैशाख । गत चैतको पहिलो साता बजारमा ग्यास अभाव देखिएको थियो । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात बढाउँदा बजारमा ग्यास अभाव हुन पुगेको थियो तर अहिले लकडाउनको एक महिना बितिसक्दा पनि बजारमा ग्यासको खासै अभाव भएको छ भने ग्यासको खपत पनि न्यून छ । नेपाल आयल निगमका अनुसार ग्यास भण्डारण अहिलेसम्मकै उच्च भएको छ । सामान्य दिनमा दैनिक ८० हजार सिलिन्डर ग्यास खपत हुँदै आएको थियो तर हाल लकडाउनको समयमा दैनिक करिब ५० हजार सिलिन्डर खपत भएको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । ग्यास अपत करिब ३० प्रतिशतले घटेकोे सङ्घका…
झापा, १९ वैशाख । अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ । निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वैशाख १५ गतेको मन्त्रीस्तरीय बैठकले इजाजतपत्र खुला गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५ मा भएको सर्त तथा योग्यता पूरा गरेकालाई यस्तो इजाजतपत्र उपलब्ध गराइने मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडान गर्न चाहेका आन्तरिक उडान कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन यस्तो अनुमति जारी गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ । इजाजतपत्रका लागि आवेदन दिन वायुसेवा सञ्चालनको वर्गीकरणअनुसार चुक्ता पुँजी पनि…
झापा, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ। सत्तारुढ दलका शक्तिशाली अध्यक्ष ओलीले एकाएक आफू पदासीन रहेको प्रधानमन्त्री पद गौतमलाई दिने प्रस्तावलाई लिएर नेकपाभित्र विविध कोणमा विमर्श भइरहेको छ। के यथार्थमै गौतमलाई यो पद दिन खोजिएको हो ररु प्रधानमन्त्री ओलीका कामकारबाही निकटबाट नियालिरहेका नेताहरू भन्छन्– यो प्रस्ताव विरोधी कित्तामा फुट ल्याउन गरिएको हो। गौतमसँगै वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेत तेस्रो अध्यक्ष बनाउने ओलीको प्रस्ताव थियो। ‘यो प्रस्तावको उद्देश्य नेकपाका अर्का अध्यक्ष पुष्ककमल दाहाललाई अहिलेको ओलीविरोधी मोर्चाबाट…