झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ । कार्यदलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई सुझाव बुझाएको हो । २५ वैशाखभित्र कक्षा एकदेखि ९ को नतिजा प्रकाशन गर्ने, २५ वैशाखपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने सुझाव दिइएको हो । विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझावसहितको प्रतिवेदन शिक्षामन्त्रीलाई बुझाइएको छ । प्रतिवेदन उच्चस्तरीय समितिमा र क्याबिनेटमा लैजाने शिक्षामन्त्री पोखरेलले बताए । राष्ट्रिय…

Read More

विराटनगर, १८ वैशाख । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमूना परीक्षण भएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट विहीबारसम्म जम्मा ६ हजार ३ सय ७७ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण( पिसिआर) बाट १ हजार २ सय ८८ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । तीमध्ये एक हजार २ सय ५० जनाको रिर्पो नेगेटिभ आएको छ । ३१ जनाको रिर्पोट पोजेटिभ देखिएको छ…

Read More

बिर्तामोड, १८ वैशाख । झापामा जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले बजार अनुगमनलाई तीव्रता दिएको छ । लकडाउनको समयमा बजारमा कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी बढेको गुनासो चुलिएपछि समितिले अगुमनलाई तीव्रता दिएको हो । प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा खटिएका समितिले जिल्लाका बजार अनुगमनलाई तीव्रता दिएको छ । समितिले बिहीबार चन्द्रगढी बजारको अनुगमन गरेका छन् । समितिले अनुगमनको क्रममा भद्रपुर–१० स्थित चन्द्रगढी बजारमा रहेको गोर्खा सपिङ कम्पेक्सलाई २० हजार जरिवाना गरेको छ । चण्डीप्रसाद अधिकारी सञ्चालक रहेका कम्प्लेक्स कारोबारको खरिद तथा बिक्री खाता देखाउन नसक्दा आन्तरिक राजश्व कार्यालय मेचीले सो रकम बराबरको जरिवाना गरेको…

Read More

भद्रपुर, १८ वैशाख । भद्रपुर जेसीजले अति विपन्न परिवारका लागि गाँस जुटाउन भद्रपुर नगर सरकारलाई ४५० किलो चामल सहयोग गरेको छ । १० वटा वडा रहेको भद्रपुरमा जेसीजले ६ नम्बर वडा बाहेकका १ देखि १० सम्मका ९ वटा वडालाई ५० केजीका दरले चामल सहयोग गरेको हो । यस्तै ६ नंम्बर वडालाई भने २५ केजी दाल र २०० केजी नुन सहयोग गरेको महासचिव खिलनाथ पाण्डे निकासले जानकारी दिएका छन् । जेसीजका पदाधिकारीहरूबाट ६५ हजार र भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठले १० हजार गरी ७५ पचहत्तर हजार बराबरको खाद्यन्न नगर सरकारलाई सहयोग गरेको हो । वडा वडामा गएर खाद्यन्न सामग्री हस्तान्तरण गरिएको…

Read More

झापा, १८ वैशाख । प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश विराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । विभागीय मूल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवलका साथ प्रहरी तालीम केन्द्रमा संचालीत प्रहरी जवान आधारभुत तथा उन्नत तालीममा बाह्य प्रशिक्षकको रुपमा खटिई प्रभावकारी प्रशिक्षण प्रदान गर्दै प्रशिक्षार्थी मैत्री वातावरणमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराउने क्रियाकलापमा उत्प्रेरित गरी प्रशिक्षण सामाग्रीहरुको उचित प्रयोग गरी प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै दक्ष, अनुशासित, नागरिकमैत्री तथा व्यवसायिक प्रहरी उत्पादनमा विशेष भूमिका निर्वाह गरेको, विभागीय नीति निर्देशन, प्रशिक्षण केन्द्रको स्थायी…

Read More

दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । ऋषिको मुम्बइस्थित सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटलमा बिहीबार बिहान निधन भएको हो । बलिउड अभिनेत्री नितु कपुर उनकी पत्नी हुन् भने अभिनेता रणविर कपुर उनका छोरा । अस्पतामा अन्तिम सास लिँदै गर्दा उनको वरिपरी श्रीमती नीतु कपूर तथा छोरा रणवीर र छोरी रिद्धिमासहित परिवारका सदस्य रहेको जनाइएको छ । ऋषिका भाइ बलिउड अभिनेता रणधिर कपुरले उनको निधनको खबर सार्वजनिक गरेका हुन् । ऋषिको नि’धनप्रति बलिउडनका थुप्रै कलाकारहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । अक्षय कुमारले इरफानको निधन लगत्तै ऋषिको निधन भएकोमा…

Read More

मेचीनगर, १८ वैशाख । बन्दाबन्दीको अवधिभर मेचीनगर नगरपालिकामा अन्यत्रबाट बसोबास गर्ने जो–कोही आएमा नगरले तोकेको क्वारेन्टाइनमा १५ दिनसम्म राख्ने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाले बुधबार सूचना नै जारी गरेर बाहिरबाट आएर लकडाउन उल्लङ्घन गरेवापत क्वारेन्टाइनमा बस्नेले खाद्यान्न र सुत्ने बस्ने सामग्रीको व्यवस्थासमेत आफैँ गर्नुपर्ने जनाएको हो । “नगरपालिकाले बन्दाबन्दी उल्लङ्घन गरेर क्वारेन्टाइन बस्नेको खर्च व्यहोर्दैन”, नगरप्रमुख विमल आचार्यले भन्नुभयो, “जो बस्छ उसैले आफूलाई चाहिने सबै खर्च व्यहोर्छ ।” दमकपछि बाह्रदशीमा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि नगर क्षेत्रमा लकडाउनलाई अरुतिरको भन्दा कडा बनाएको उहाँको भनाइ छ । मेचीनगर क्षेत्रमा सवारी पास बेगरका मोटरसाइकलसहित कुनै पनि सवारी साधन चलाउन निषेध गरिएको छ…

Read More

बनियानी, १८ वैशाख । झापाको दमक नगरपालिका–३ बेलडाँगीमा भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आज बिहान २ बजे भूटानी शिविरको बी ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागार्इंको घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चापागाईं घरबाट शुरु भएको आगोले छिमेकी पदम चापागाईं, रुप नारायाण दुलाल र हर्कबहादुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा करिब रू १७ लाख ३५ हजार बराबरको क्षति भएको छ । आगलागी स्थानीयबासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा बिहान ३ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

Read More

झापा, १८ वैशाख । झापाबाट प्रकाशित हुँदै आएको पूर्बेली साप्ताहिकले आजदेखि आफ्नो अनलाइन संकरण न्यूज पूर्बेली डटकम शुरू गरेको छ । प्रविधि र समयको मागलाई ध्यानमा राखेर अनलाइन सुरु गरिएको बुद्धशान्ती मिडिया हाउस प्रालिका अध्यक्ष चन्द कोइरालाले बताउनुभयो । सबैको साझा बनेको पूर्बेली अझ प्रभावकारी बन्दै अधि बढ्ने उहाँको भनाई छ। मिडिया हाउसका प्रवन्धक प्रकाश भण्डारीले आज जे कुरा आवश्यक छ त्यो कुरामा जोड दिनुपर्ने भएकोमा अनलाइन आजको आवश्यकता भएको बताउनुभयो । मिडिया हाउस अझै प्रभावकारी बनाउन सन्जिल प्रसाईं , पत्रकार बिष्णु लामिछाने र विवेक खुलाललाई टिममा आवद्ध गरिएको अध्यक्ष कोइरालाले बताउनु भयो । पूर्बेली साप्ताहिकका सम्पादक अनिल वाग्लेले सूचना…

Read More

झापा, १८ वैशाख । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनेका संख्या दुई लाख २७ हजार ९२५ पुगेको छ । बिहीबार साढे ६ बजेसम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या ३२ लाख १६ हजार ९६७ पुगेको छ । विश्वभर संक्रमितमध्ये १० लाख ३३ जना निको भएको वल्र्डओमिटरले जनाएको छ । त्यस्तै संक्रमितमध्ये १९ लाख ९० हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्र्डओमिटले जनाएको छ । बुधबार विश्वभर कोरोना संक्रमणबाट ६ हजार ४५८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका ८० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका…

Read More