
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ वैशाख । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । विगत केही दिनयता देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । नेपालमा स्थिर रहेको पश्चिमी वायु र प्रिमनसुन गतिविधि सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको हो । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म…
मोरङ, १८ वैशाख । मोरङको बेलवारी नगरपालिका–८ राधानगरमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बुधबार राति सवा ११ बजे राधानगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २८ प ७४५४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ रूखमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय २१ वर्षीय सौजन कार्की र सोही मोटरसाइकलको पछाडी सवार रहेका स्थानीय २२ बर्षीय साने तामाङलाई उपचारको लागी नोबेल अस्पताल पठाईएकोमा चालक कार्कीको उपचारको क्रममा राती साँढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
क्यान्सरसँग लडिरहेका बलिउड चर्चित अभिनेता ऋषि कपुर बुधबार अस्पताल भर्ना भएका छन् । ऋषि कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या छ । रणधीरले भने, ‘ऊ अस्पतालमा छ । क्यान्सर भएको उसलाई श्वास फेर्नमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । हाल उसको अवस्था ठिक छ ।’ अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । बलिउडले बुधबार मात्रै लोकप्रिय अभिनेता…
काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको पार्टीको सचिवालय बैठकको सुरुमै अर्का अध्यक्ष प्रचण्डलाई आफ्ना धारणा राख्न आग्रह गरेका थिए । केन्द्रीय समिति बैठकले ऊर्जा भरेको पार्टीलाई सरकारको कदमले पछाडि धकेलेको र परिस्थिति जटिल हुँदै गएकाले प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने धारणा उनले राखेका थिए । सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको भनाइ थियो, ‘सरकारको कदम र तपाईंको कार्यशैलीले पार्टी फुटको दिशातिर गएको छ । अध्यादेश ल्याएर बबन्डर गर्नुभयो । पार्टी र देशका लागि पनि तपाईंले प्रधानमन्त्री पदबाट राजीनामा दिनु नै सबैभन्दा उपयुक्त हुन्छ ।’ प्रचण्डपछि बोलेका वरिष्ठ नेता नेपालले पार्टी, सरकार र प्रधानमन्त्री आफैँको पनि प्रतिष्ठा…
झापा, १८ वैशाख । चालू आर्थिक वर्ष २०७६–७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब चार करोड रुपियाँ पुग्ने अनुमान गरेको हो । चालू आवको बजेटमा सरकारले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखे पनि कोरोना विषाणुको सङ्क्रमणका कारण अर्थतन्त्र प्रभावित भई वृद्धिदर खुम्चिने अवस्था आएको विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वृद्धिदर प्रक्षेपणका लागि चालू आवको सातदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित प्राप्त आँकडा र बाँकी अवधिको वस्तु तथा सेवा उत्पादनको अनुमान गरिएको छ । कोरोना भाइरसको असर…
झापा, १८ वैशाख । बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण धेरै आयोजना निर्माणको काम ठप्प भए पनि निर्माण स्थललाई पूर्ण रूपमा बन्द गरेर काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । बागलुङतर्फको क्षेत्रमा पर्खालयुक्त पार्क रहेकाले त्यसलाई पूर्ण रूपमा बन्द गरेर कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइएको थियो । रङ्गीचङ्गी बत्ती जडान गरिने उक्त पुल विसं २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी २०७५ चैतमा निर्माण…
बिर्तामोड, १८ वैशाख । दमक नगरपालिका–३ मा एक जनामा कोरोना भेटिएपछि गरिएको स्वाब संकलनमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । चार दर्जन भन्दा बढी नगरबासीमा गरिएको स्वाब परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । दमक नगरपालिकाले एक विज्ञप्ति जारी गरेर यसको पुष्टिसमेत गरेको छ । ५४ जना व्यक्तिबाट लिइएको स्वाब नमुना परीक्षण लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा बुधबार प्राप्त रिपोर्ट अनुसार सबै नमुनाहरूको नतिजा संक्रमण नभएको आएको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले ३ नम्बर वडासहित आसपासको क्षेत्र गरेको सीलबन्दी हटाएको छ । सुरक्षित भएर सामाजिक दुरी कायम गरी अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल नगर्न नगरपालिकाले आग्रह गरेको…
बुधबारे, १८ बैशाख । लकडाउनको समयमा अतिबिपन्न नागरिकलाई खाद्यान्नसहितको सेवा उपलब्ध गराउन नेकपा बुद्धशान्तिले बुद्धशान्ति गाउँपालिकालाई बुधबार ६१ हजार रुपैयाँ सहयोग गरेको छ । नेकपा बुद्धशान्ति अध्यक्ष टीका पाठक, सचिव प्रेम नेम्बाङ लगायतले रकम गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मिरा भुर्तेल, प्रमुख प्रशासकिय अधिकृत इन्द्र चापागाईंलाई हस्तान्तरण गरेका छन् । यस अधि नेकपाबाट बिजयी जनप्रतिनिधिले ३ लाख ११ हजार ४ सय रुपैयाँ बुद्धशान्ति गाउँ पालिकालाई बुझाइ सकेको सचिवालय सदस्य धरणी पोखरेलले बताउनुभयो । नेकपा बुद्धशान्तिले लक डाउन अझै जटिल बने थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
बुद्धशान्ति, १८ बैशाख । बुधबारे जेसीजले लकडाउनको समयमा रगतको अभाव हुन नदिन बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जेसीजले बुद्धशान्ति गाउँपालिकाको दुई स्थानमा चलाएको क्याम्पमा ९४ जनाले रक्तदान गरेका छन् । बुद्धशान्ति १ को तीनतले सामुदायिक बनको सभाहलमा जेसी कुशल अधिकारीको संयोजकत्वमा र बुद्धशान्ति ६ को राधाकृष्ण मन्दिरमा जेसी आयुश निरौलाको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको महासचिव दीपेन सिटौलाले जानकारी दिनुभयो । बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता जनाएकोमा अध्यक्ष जेसी राईले सबैलाई धन्यवाद दिनुभयो । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राबिधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्तिको समन्वयमा भएको रक्तदान…
मोरङ, १७ वैशाख । मोरङ बिराटनगर–१३ स्थितमा टायर पड्कदा भारत समस्तिपुर घर भएका २५ बर्षीय मो. हैदरको मृत्यु भएको छ । बिराटनगर(१३ का जितेन्द्र यादबको सटर भाँडामालिई गाडिको टायरको पम्चर बनाई बस्दै आएका हैदरले आज दिउँसो साढे १ बजे पुरानो टायरमा हावा हालि रहेको अबस्थामा एक्कासी टायर पड्किदा टायर भित्र रहेको फलामको रिङले टाँउको र शरिरमा चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । मृतक हैदरको शवलाई कानुनी प्रकृयाको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भनि घटना सम्बन्धमा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।