
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ वैशाख । प्रदेश नं १ मा मङ्गबारसम्म पाँच हजार ९०० जनाको कोभिड–१९ को परीक्षण भएको छ भने स्वास्थ्यकर्मीको निगरानीमा ३८ आइसोलेसनमा रहेका छन् । पिसीआर विधिबाट एक हजार १९ र आरडिटी विधिबाट चार हजार ८८१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा ४४५ महिला दुई हजार १४० छन् भने १७ जना घर फर्केका छन् ।
झापा, १७ वैशाख । नेताहरूको निरन्तर दौडधुप र अनौपचारिक संवादपछि नेकपा सचिवालय बैठक बुधबार अपराह्न बस्ने तय भएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै संवादपछि सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मंगलबार करिब दुई घन्टा कुराकानी भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले महासचिव विष्णु पौडेलसहितको शीर्ष नेताको संवादपछि बुधबार साँझ ५ बजेका लागि सचिवालय बैठक तय भएको जानकारी दिए । अध्यादेश प्रकरणबाट विवाद तन्किँदै जाँदा ओली, प्रचण्ड र नेपाल तीनै समूहका नेता सांसदहरूको भेला गर्नेदेखि हस्ताक्षर अभियान चलाउने तहसम्म पुगेका छन् । प्रधानमन्त्री ओलीले सोमबारबाट बालुवाटारमा सांसदहरूको भेला…
झापा, १७ वैशाख । नेपाल सरकार र भारत सरकारबीचको दुई पक्षीय छलफलपछि नेपाल सीमा रोकिएका करीव एकसय जना भारतीय नागरिक भारतमा र भारत सीमामा रोकिएका दुईसय ७० जना नेपालीहरू नेपाल फर्किएका छन् । त्यस्तैं, अझै पनि भारत सीमामा दुईहजार एकसय ३४ नेपाली रोकिएका छन् भने नेपालमा एकहजार दुईसय ६१ जना रोकिएका छन् । दुई देशबीचको छलफलपछि मात्र सीमा रोकिएका नागरिकहरूलाई आ–आफ्नो मुलुकमा फर्काउन सकिने सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक प्रवीनकुमार श्रेष्ठले बताए । आजको गोरखापत्रमा खबर छ ।
झापा, १७ वैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यही वैशाख २२ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ । प्याब्सनले लकडाउनपछि पनि विद्यालय खुल्ने अनिश्चित भएपछि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरीले वैशाख २२ बाट कक्षा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय कमिटीलाई निर्देशन गरेको बताए । प्याब्सन केन्द्रीय कार्यसमितिको हालै बसेको अनलाइन बैठकले कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ । अध्यक्ष पुरीले कक्षा सञ्चालन नगर्दा विद्यार्थीको पठनपाठन डामाडोल हुने र शैक्षिक सत्रको क्यालेन्डरमा समेत असर पर्ने भएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए । तर, नयाँ भर्नाको…
काठमाडौं, १६ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार सचिवालय बैठक बोलाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बुधबारका लागि बोलाइएको हो । बैठक बुधबार साँझ ५ बजे बस्ने छ । यसअघि सचिवालय बैठक आजै बस्ने भनिएको थियो । नेकपामा पछिल्लो समय राजनीतिक तरंग आएको छ ।
झापा, १६ वैशाख । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५४ पगेको छ । मुलुकभरको संक्रमण दर हेर्दा प्रदेश १ मा ६० प्रतिशतको हाराहारी अर्थात ३१ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको दमक, बाह्रदशीमा एक÷एक जना कोरोना भएको पुष्टि भइसकेको छ । यसअघि ५२ जनामा कोरोना देखिएको थियो । आज रौतहटमा दुई जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । प्रदेश १ मा रहेका ३१ जना कोरोना सङ्क्रमित उपचार विराटनगरस्थित कोरोना कोशी अस्पतालमा उपचार भइरहेको छ ।…
बिर्तामोड, १६ वैशाख । झापाको झापा गाउँपालिका–३ स्थित सिमलवारीमा एक धान मिलमा आगलागी हँुदा करिब रू १५ लाख बराबरको क्षति भएको छ । झापा–३ का प्रसाद राजवंशीले सञ्चालन गरेको धान मिलमा आगलागी सोमबार दिउँसो आगलागी हुँदा रू १४ लाख ७८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङ परी विद्युत्को तार सर्ट भई अचानक राजवंशीको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल तथा छिमेकी प्रल्हाद मण्डलको दुई वटा कच्ची घरसमेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । ब्राउनसुगरसहित एक जना पक्राउ…
जेनेभा, १६ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा सामान्य कमी आएको एएफपीले जनाएको छ । अमेरिकामा संक्रमितको कूल संख्या १० लाख नाघे पनि विभिन्न राज्यमा मानिसहरु लकडाउन र सामाजिक दूरीका नियमहरुको बेवास्ता गर्दै घरबाहिर निस्कन थालेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३८४ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५६ हजार ८०३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको…
बिर्तामोड, १६ वैशाख । झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट ५० ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । सोमवार राति पौने १० बजेको समयमा निर्माणाधिन अवस्थामा रहेको मेचीपुल मुनी खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का ५८ बर्षीय बच्चु चौधरीलाई उक्त परिणामको लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
उदपयुर, १६ वैशाख । कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुरबाट सोमबार ९१ जनाको स्वाब नमूना परीक्षणका लागि कोशी जनस्वास्थ्य प्रयोगशाला विभाग विराटनगर पठाइएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार आइतबार ८३ र सोमबार थप आठ जनाको स्वाब नमूना सङ्कलन गरेर पठाइएको हो ।त्रियुगा नगरपालिका गाईघाट डिएमगेट टोलका मुस्लिम नागरिक, मोतीगडा, जिल्लाका केही स्वास्थ्यकर्मीसहित भुल्के क्षेत्रका नागरिकको स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताउनुभयो । पठाइएको नमूना सङ्कलनको रिपोर्ट बुधबारसम्ममा आउने अपेक्षा गरिएको छ । कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै गएका कारण अब आवश्यकता र मागअनुसार मात्र स्वाब नमूना सङ्कलन गर्न लागिएको प्रमुख सुबेदीले बताउनुभयो…