
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १४ वैशाख । कोरोना संक्रमण तथा रोकथामका लागि एक महिनादेखि जारी लकडाउन र अन्य समसामयिक विषयमा निर्णय लिन आज मन्त्रिपरिषद बैठक बस्दै छ । आज बस्न लागेको मन्त्रिपरिषद बैठकले लकडाउनको स्वरुप कस्तो बनाउने वा कति अवधि लम्ब्याउने भन्नेबारे निर्णय गर्नेछ ।सबैतिरबाट लकडाउन लम्ब्याउने सुझाव आएपछि फेरी यो अवधिलाई आजको बैठकले लम्ब्याउन सक्ने बुझिएको छ ।
काठमाडौं, १४ वैशाख । बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण इन्टरनेटको प्रयोग उच्च छ । कतिसम्म भने नेपालीले दैनिक १२ घन्टासम्म इन्टरनेटमा बिताउने गरेको पाइएको छ । बन्दाबन्दीको समयमा इन्टरनेटको प्रयोग सम्बन्धमा चाइल्ड सेफ नेटले गरेको हालैको सर्वेक्षणले यस्तो देखाएको हो । सबै प्रदेशलाई समेट्ने गरी वैशाख ५ गतेदेखि ९ गतेसम्म गरिएको उक्त सर्वेक्षणमा एक हजार २२८ जना सहभागी थिए । सहभागीमध्ये १५.२३ प्रतिशतले १२ घन्टासम्म इन्टरनेट प्रयोग गर्ने पाइएको हो । १२ घन्टाभन्दा बढी इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ८.६३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । बन्दाबन्दीपूर्व १२ घन्टासम्म इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या केवल ४.५६ प्रतिशत मात्र थियो । आजको…
काठमाडौं, १४ वैशाख । सत्तारुढ दल नेकपामा स्थायी समिति बैठक बोलाउने विषयमा विवाद देखिएको छ। सरकारले फिर्ता लिएको दुई अध्यादेशबारे समीक्षा गर्न बैठक बोलाउनुपर्ने मागमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्ष अनिच्छुक देखिएको छ। यसले नेकपामा अध्यादेश विवाद मत्थर हुने संकेत देखिएको छैन। २० स्थायी समिति सदस्यले बैठक माग गर्दै यही १० वैशाखमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई पत्र बुझाएका थिए। त्यसपछि बैठक कहिले बोलाउने भन्नेमा दुई अध्यक्षबीच सहमति नजुटेको हो। ओली र दाहालले शुक्रबारदेखि दुई दिन बालुवाटारमा लगातार छलफल गरे पनि मिति टुंगो लाग्न नसकेको स्थायी समिति सदस्य मातृका यादवले बताए। ‘उहाँहरू (प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल) छलफलमै हुनुहुन्छ।…
झापा, १४ वैशाख । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ महिना नै लागे पनि शैक्षिक सत्र भने वैशाख नै कायम गरिनेछ । आर्थिक वर्ष र नयाँ शैक्षिक सत्रलाई एकसाथ मिलाएर लैजाने विषयमा कुनै छलफल नै नगरिएको सरकारी अधिकारीहरूले स्पष्ट गरेका छन् । नेपालमा साउनबाट नयाँ आर्थिक वर्ष र वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको छ । शैक्षिक सत्र परिवर्तनले शिक्षाका साथै मुलुकको धेरै क्षेत्रमा दूरगामी असर तथा दीर्घकालीन प्रभाव पार्ने भएकाले…
झापा, १४ वैशाख । वैदेशिक रोजगारीमा रहेका नेपालीबारे सरकार अन्योलमा परेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसका कारण १० लाख नेपाली घर फर्कन सक्ने जानकारी गराएको छ । विश्वका अधिकांश मुलुकमा जारी लकडाउन खुलेलगत्तै ती नेपाली श्रमिक फर्कने भएकाले उनीहरुको व्यवस्थापनका लागि तयारी थाल्न सरकारलाई सुझाव समेत दिइएको छ । शनिबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिडियो कन्फेरेन्समा रसियाबाट बोल्दै संघका उपाध्यक्ष बद्रि केसीले लकडाउनको अन्त्यपछि १० देखि १२ लाख नेपाली घर फर्कन सक्ने सम्भावना देखिएको बताए । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, १४ वैशाख । महिना दिनअघि बजारमा हाहाकार भएको खाना पकाउने एलपी ग्यासको अहिले माग घटेको छ । महिना दिनअघि बजारमा खाना पकाउने एलपी ग्यासको माग अत्यधिक बढेपछि एउटा सिलिन्डर भर्न उपभोक्तालाई घन्टौं लाइन बस्नुपरेको थियो । एउटा ग्यास सिलिन्डर भर्न उपभोक्ताले लामो लाइनबस्नु पर्ने भएपछि नेपाल आयल निगमले ग्यासको सहज आपूर्तिका लागि ग्यास उद्योगीलाई आधा सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको थियो । अधिकांश उपभोक्ताले दुई महिनालाई पुग्ने ग्यास घरमा थन्क्याएको र होटेल रेष्टुरेन्ट बन्द भएकाले पनि अहिले खाना पकाउने एलपी ग्यासको खपत आधा नै घटेको हो । आजको राजधानी दैनिकमा खबर छ ।
काठमाडौं, १४ वैशाख । बैशाख ५ गते बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएको हो । उनीहरुमा कोरोना पुष्टि भएसँगै अहिले क्रसर रहेको क्षेत्र र त्यस वरपर उच्च निगरानी र सतर्कता अपनाएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रबार पत्र लेखेर यस बारे जानकारी दिएपछि मात्रै उनीहरु संक्रमित रहेको नेपाली पक्षले थाहा पाएको थियो । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरुको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको प्रजिअ लामिछाने…
बिर्तामोड, १४ वैशाख । झापाको दमकमा आजदेखि स्वाब संकलन गरिने भएको छ । एक जनामा ६२ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि कोरोनाको संक्रमण फैलिन नदिन स्वाब संकलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । “कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रका मानिसको स्वाब संकलन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “यसबाट संक्रमण नियन्त्रण र रोकथाममा सहयोग पुग्नेछ ।” कोरोना पुष्टि भएपछि दमक नगरपालिकाले संक्रमण देखिएको वडा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । नगर उपप्रमुख गीता अधिकारीले संक्रमितको घर र नजिकैको भुटानी शरणार्थी शिविरसमेत शील गरिएको बताउनुभयो ।
सन्तोष शर्माझापा, १४ वैशाख । झापाको सीमावर्ती भारतीय क्षेत्रमा दुई सयभन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् । झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्यांकी, नक्सलबासी क्षेत्रमा करिब दुई सयभन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । “कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन्”, सभापति ढकालले भन्नुभयो, “स्वदेश आउनका लागि १५० जनाले नाम टिपाएका छन्, अरु ५०÷६० जना रहेको जानकारी आएको छ ।” उनीहरुलाई स्वदेशमा ल्याउन पहल भइरहेकाले पूर्व तयारी भइरहेको उहाँले बताउनुभयो । उनीहरुलाई स्वदेश प्रवेश पछि बस्नका लागि भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण शुरु गरिएको…
काठमाडौँ, १३ वैशाख । सरकारले हालसम्म कूल ४९ हजार ३३६ बराबरको परीक्षण गरेकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर परीक्षण सङ्ख्या नौ हजार ६६६ रहेको छ भने ¥यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट गरिएको परीक्षण ३९ हजार ६७० पुगेको छ । त्यस आधारमा कूल परीक्षण ४९ हजार ३३६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा मात्रै थप एक हजार ९४५ नमूना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार १६० परीक्षण गरिएको छ । प्रदेश नं २ मा कूल पाँच हजार ४४, वाग्मती…