
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ फागुन । नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवतजावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्रीनिवास बालुवाटार पुगिरहन्थिन् । त्यहीबीचमा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आयो । उनी पटकपटक बिरामी पर्न थाले । प्रधानमन्त्रीलाई बीचबीचमा रगत चढाउनुपर्ने अवस्था पनि आयो । प्रधानमन्त्रीको रगत ‘ओ नेगेटिभ’ अर्थात् दुर्लभ समूहको छ । संयोगले समीक्षाको पनि ‘ओ नेगेटिभ’ नै हो । त्यसैले उनले मामालाई रक्तदान पनि गरिन् । तर, ओलीको मिर्गौलाको कार्यक्षमतामा निरन्तर ह्रास आयो । अन्ततः मिर्गौला प्रत्यारोपण नै गर्ने टुंगो भयो । तर, कसको मिर्गौला लिने भन्ने विषयमा छलफल भयो । रक्तदान गर्दै आएकी…
बिर्तामोड, २२ फागुन । झापा अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले बुधबार छ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द–३ का २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समिर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जुङ, १८ वर्षीय दिपेन नेम्वाङ, झापा अर्जुनधारा–६ का १८ वर्षीय रोशन गुरुङ र इलाम तेनपा–२ का २० वर्षीय सन्तोष तामाङ रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द्रप्रसाद रिजाले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सुराका आधारमा इप्रका अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ३९.२९ ग्राम ब्राउनसुगर बरामद गरेको…
लीलाराज झापालीझापा, २२ फागुन । तत्कालीन पंञ्चायती शासकद्वारा २०२९ साल फागुन २१ गते झापाबाट जेल सार्ने बहानामा सुखानीको जंगलमा लगि हत्या गरिएको झापा विद्रोहका ५ सहिदको सम्झनामा स्मृति सभा गरिएको छ । कोरोना भाइरसका कारण ठुलो स्मृतिसभा स्थगित गरिएपछि नेकपा अर्जुनधारा नगर कमिटी र नेकपाको बिद्यार्थी संगठन अनेरास्वियुद्धारा स्मृतिसभाको आयोजना गरि शहिदको सम्झना गरिएको हो । नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले अझैपनि सहिदको सपना साकार हुन नपाएको भन्दै निजि स्वार्थ र गलत क्रियाकलापका कारण सहिदका सपना पूरा हुन नपाएको बताउँनुभयो । विगतमा भएका गल्ती कमीकमजोरीलाई सच्चाउदै आत्मसमिक्षा गर्दै पाएको अवशरको पुरा सदुपयोग गरेर बाकी अविभारा पुरा गर्नुको विकल्प नभएको…
सन्तोष शर्माबिर्तामोड, २२ फागुन । झापाको बिर्तामोड–१० का राजेन्द्र कडरियाले विगत आठ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनी बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख हुन् । तरकारी खेतीबाटै उनले मनग्ये आम्दनी गरिरहेका छन् । मौसमीभन्दा पनि बेमौसमी तरकारी खेतीबाट कृषकले राम्रो लाभ लिन सक्ने उनी बताउँछन् । तरकारी खेतीबाट आफूले वार्षिक आठ लाख रुपैयाँ आम्दानी गनेर् गरेको उनले बताए । कृषि विषय अध्ययन गरेका कडरियाले झापामा पहिलो पटक टर्कीबाट ‘पार्थिनोकार्पी’ जातको काँक्राको बिउ ल्याएर बेमौसमी काँक्राखेती थालेका छन् । ‘ग्रीन हाउस’ भित्र एक कठ्ठा जग्गामा एक हजार काँक्राका बिरुवा लगाइएको छ । ‘यो काँक्राको बिउ टर्कीबाट ल्याइएको हो, एउटा बिउको १२ रुपैयाँ पर्छ’, उनले…
झापा, २२ फागुन । राष्ट्रिय सभामा २ वर्षे पदावधि सकिएपछि मंगलवार राजीनामा दिएका डा। युवराज खतिवडाले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । तर, पहिलो कार्यकालमा आफैले राखेको आर्थिक सूचकांकको लक्ष्य भेट्न उनलाई सकस पर्ने देखिएको छ । सत्तारूढ पार्टी्भित्रै तीव्र विवादका बीच प्रधानमन्त्री ओलीको दह्रो साथ पाएर पुनः मुलुकको अर्थतन्त्रको कमान सम्हालेका खतिवडाको दोस्रो कार्यकाल चुनौतीपूर्ण देखिएको छ । कमजोर पूँजीगत खर्च तथा राजस्व असुली, निजीक्षेत्रको घट्दो मनोबललगायत समस्या सम्बोधन गर्नुपर्ने त थियो नै, अब कोरोना भाइरसको बहुआयामिक असरबाट अर्थतन्त्रलाई जोगाउने थप जिम्मेवारी उनको काँधमा छ । बुधवार पदबहाली गरेलगत्तै उनले यो चुनौतीको सामना…
झापा, २२ फागुन । कोरोना (कोभिड १९) भाइरसका कारण कच्चा पदार्थको मूल्य बढ्दा र आपूर्ति असहज हुँदै गएकाले नेपाल औषधि उत्पादक संघले सरकारसमक्ष औषधिको मूल्य समायोजन गर्नुपर्ने प्रस्ताव पठाएको छ । संघले अघिल्लो शुक्रबार औषधि व्यवस्था विभागलाई अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बताउँदै नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्नुपर्ने पत्र पठाएको हो । औषधिको मूल्य सरकारले तोक्ने भएकाले मूल्य निर्धारण समितिलाई सक्रिय पार्न संघले अनुरोध गरेको हो । नेपाली औषधि उत्पादकहरूका अनुसार कोरोनाका कारण पछिल्लो समय आपूर्ति शृंखला (सप्लाई चेन) मा अवरोध आएकाले कच्चा पदार्थको मूल्य भारतमा ७० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । नेपाली उत्पादकले अधिकांश औषधिजन्य…
झापा, २२ फागुन । कसिलो मौद्रिक नीतिको कारण सवारी साधनको बिक्री घटेको छ । पोहोरको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा साढे चार अर्ब रुपैयाँ कमका सवारी साधन आयात भएका छन् । भन्सार विभागका अनुसार यो वर्षको माघसम्म ५२ अर्ब ३४ करोड ७४ लाख रुपैयाँका सवारी साधन तथा पार्टपुर्जा आयात भएका छन् । पोहोर सोही अवधिमा ५६ अर्ब ९८ करोड ११ लाख रुपैयाँका सवारी आयात भएको थियो । यो तथ्याकं हेर्दा पोहोरको तुलनामा चार अर्ब ६३ करोड ३६ लाख रुपैयाँको सवारी साधन कम आयात भएको देखिन्छ । विगतमा खरिद गरेका सवारी साधनको मर्मत गर्न पार्टपुर्जा प्रर्याप्त आयात भए पनि सवारी…
झापा, २२ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन दिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेकाले जुनसुकै समयमा पनि समस्या उत्पन्न हुन सक्ने भन्दै सचिव कोइरालाले निजी अस्पतालले आपतकालीन सेवाअन्तर्गत १० शय्या खाली गर्नुपर्ने र नगरिए कारबाही गरिने चेतावनी दिए । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त सचिव कोइरालाले अस्पतालहरु सेवामुखी हुनुपर्ने बताए । पदभार कार्यक्रमपछि निजी अस्पताल सञ्चालकसँगको भेटमा सचिव कोइरालाले कोरोना भाइरस संक्रमण फैलिएमा नियन्त्रण गर्न सरकारी र निजी संयन्त्रलाई समन्वयात्मक रुपमा परिचालन गरिने बताए । आजको राजधानी दैनिकमा खबर छ…
सुनसरी, २० फागुन । सुनसरी बराहक्षेत्र–७ देबिघाट बस्ने पुर्णबहादुर लिम्बुको छोरा १९ बर्षीय पारस लिम्बु मृत अवस्थामा फेला परेका छन । हिजो दिउँसो साढे २ बजे घरबाट कोहि कसैलाई नसोधि हिडेका लिम्बु बराहक्षेत्र–६ ठाकुरबारीको कोशी किनारमा पानी जमेको खाल्टोमा मृत अवस्थामा फेला परेका हुन । हिजै सोही स्थानमै देबिघाट बस्ने १५ बर्षीया मौसम बर्देवा मृत अवस्थामा फेला परेकी थिईन । घटनास्थलमा पुगेका पारस लिम्बुको बुबाले सोही स्थानमा आफ्नो छोराको मोबाईल र चप्पल देखेपछी आफ्नो छोराको खोजीका लागी प्रहरीमा खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पानीमा तैरिएको अवस्थामा बालिकाको शव निकाल्ने क्रममा सोही पानी जमेको खाल्टो…
काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ । सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ । उहाँका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ र उहाँ विशेषज्ञको निरन्तर निगरानीमा हुनुहुन्छ । दोस्रो मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ । डा ज्ञवालीको…