
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ माघ । निर्माण व्यवसायीको लापरवाहीका कारण मुलुकभर ९६ वटा पुल अलपत्र अवस्थामा रहेका छन् । सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब २ हजार ९१ वटा पुलमध्ये निर्माण व्यवसायीको लापरवाहीका कारण ९६ वकटा पुल अलपत्र अवस्थामा पाइएको छ । सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले पुल निर्माण कार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने मौन रहेको भन्दै आक्रोश व्यक्त गरे । अन्तरमन्त्राल समन्वय हुन नसक्दा विकास निर्माणका कामहरु प्रभावित भएको भन्दै समन्वयकारी भूमिका कमजोर भएकोप्रति ध्यान दिनुपर्ने बताएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
रमेश समदर्शी,खुदुनाबारी । झापा अर्जुनधारा २ की क्रिष्टिना न्यौपाने अब स्वास्थ्य कार्यकर्ता बन्ने भएकी छन् । शहरबाट मात्र नभइ चोकबजारबाट पनि टाढा बसोबास गर्ने क्रिष्टिनाले स्वास्थ्य कार्यकर्ता बनेर गाउँमै स्वास्थ्य सेवा गर्ने लक्ष्य लिएकी छन् । क्रिष्टिनालाई स्वास्थ्य कार्यकर्ता बन्ने अवसर स्थानीय शान्ति सामुदायिक वन उपभोक्ता समूहले जुराइदिएको हो । स्वास्थ्य कार्यकर्ता बन्नका लागि उनले आज (सोमबार)देखि सुरु तीन महिने सामुदायिक स्वास्थ्य कार्यकर्ता तालिममा सहभागिता जनाएकी छन् । ‘बाफ दिइरहनुपर्ने, अक्सिजन लगाएर राख्नुपर्ने अवस्थामा बुवा हुनुहुन्थ्यो’, क्रिष्टिनाले भावुक हुँदै भनिन्, ‘उहाँ भर्खरै बित्नुभयो, गाउँघरमा स्वास्थ्यकर्मी नहुँदाको पीडा मैले भोगेकी छु ।’ १० रुपैयाँको औषधि किन्न १ सय रुपैयाँको गाडी भाडा…
झापा, २१ माघ । संघीय सरकारबाट प्रदेश तथा स्थानीय सरकारलाई विकास निर्माणका लागि ठूलो मात्रामा अनुदान जाने गरे पनि त्यसको प्रभावकारी उपयोग भने हुन नसकेको देखिएको छ । केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई समपूरक, सशर्त, वित्तीय समानीकरण र विशेष गरी चार शीर्षकमा अनुदान दिँदै आएकोमा समयमै खर्च हुन नसक्दा संघीय सरकारको सञ्चित कोषमा सो अनुदानबापतको रकम फिर्ता हुने गरेको सरकारी तथ्यांकले नै देखाएको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७५।७६ मा प्रदेश र स्थानीय सरकारले रू. ४० अर्बबराबरको अनुदान खर्च गर्न सकेनन् । अनुदानबापत गएको रकममध्ये रू. २० अर्ब ३ करोड प्रदेशहरूले खर्च नगरेको सो कार्यालयले बताएको…
नेदरल्याण्ड, २१ माघ (एजेन्सी) । नेदरल्याण्डमा १० हजार एक सय ५६ जनाले सरकारसँग (इच्छा मृत्यु) का लागि आवेदन दिएका छन् । स्वास्थ्य मन्त्री तथा डच सांसद ह्यूगो डि जोङ्गले इच्छा मृत्युबारे संसदमा जानकारी दिएका हुन् । उनले शुक्रबार उक्त जानकारी संसदलाई दिएका हुन् । जोङ्गले एक रिपोर्ट पेस गर्दै इच्छा मृत्यु माग्नेमा ५५ वर्षभन्दा माथि उमेर भएका मानिस रहेको बताएका छन् । उनले संसदमा भनेका छन्, ‘उनीहरूले आफ्नो जिन्दगी आफै अन्त्य गर्ने बाटो चाहन्छ, तर उनीहरू कुनै विरामी भएर यस्तो निर्यण लिन खोजेका होइनन् ।’ उक्त रिपोर्ट ‘ब्यान विजगार्डन कमिशन’ले तयार बनाएको हो । उक्त रिपोर्ट प्रस्तुत गर्दै जोङ्गले जनताको…
झापा, २१ माघ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्यवृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९९ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन…
झापा, २१ माघ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा गठिन कार्यदलले काम शुरु गरेको छ । पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको हिजो बसेको बैठकमा एमसिसी सम्झौतासम्बन्धी के कस्ता विषय अध्ययन गर्ने भन्नेबारे छलफल भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ । आइतबार सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले एमसिसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हुनुहुन्छ । एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न रु ५१ अर्ब दिने सम्झौतामा उल्लेख छ…
राजबाबु शंकर सबैलाई थाहा छ– निजी स्कूल÷कलेजहरूले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट कुस्त रकम असुल्ने गरिरहेका छन् । औंसी–पूणेर्मा जस्तो सरकार र विविध नामधारी विद्यार्थी संगठनहरूले ती ‘इंग्लिश बोर्डिङ’को ट्याग भिरेका र कतिपय नभिरेका पनि निजी स्कूलहरूले लिइरहेका शुल्क घटाउन निदेर्श गर्छन्, भनेको नमाने कार्वाही वा ताला लाउने चेतावनी पनि दिने गर्छन् । तर, ‘अरुले भनेको को मान्छ, आफ्नो बानी को छोड्छ ?’ भन्दै एकादेशमा एउटी बुहारीले दाल–तरकारी पकाउँदा चलाएको डाडु–पन्यु चाटेको कथा झैं बेहोरा स्कूलहरूको रहँदै आएको छ । न उनीहरूले शुल्क घटाएका छन्, न फेरि पनि विभिन्न नाममा शुल्क थप्न छोेडेका छन् ! उनीहरूको शैक्षिक व्यापार अकण्टक र सदावहार छ । कुनै ठाँगेले तिनलाई…
अर्जुनधारा, २० माघ । अर्जुनधारा नगरपालिकामा रहेको जलेश्वर सामुदायिक सिकाई केन्द्रको आयोजनामा कपडाका झोला निर्माण तथा प्लाष्टिक व्यवस्थापन सम्बन्धी १० दिने तालिम सुरु भएको छ । अर्जुनधारा जलेश्वरधामको सभाहलमा आयोजित तालिममा नगरक्षेत्रका २२ जना महिलाको सहभागिता रहेको छ । तालिममा लीला मिश्रले सहजीकरण गरिरहेकी छन् । महिलाद्वारा निर्मित झोला अर्जुनधारा र बिर्तामोडका बजारमा बिक्री हुँदै आएको केन्द्रका सदस्य सचिव निशा गौतमले बताइन् । झोला निर्माणका लागि केन्द्रले आयोजना गरेको यो तालिम दोस्रो पटक हो । गत वर्षको माघमा आयोजना गरिएको तालिमपछि सहभागी महिलाले झोला उत्पादन गरेर आत्मनिर्भर भइरहेको जानकारी गौतमले दिइन् । उनीहरुले उत्पादन गरेका कपडाका झोला केन्द्रले आफैँ खरिद…
विराटनगर, २० माघ । प्रदेश नं. १ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुङ्ग्याउने सम्भावना देखिएको छ । नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको हुनुपर्नेमा प्रदेशसभा सांसदको माग रही आएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनले २०७५ वैशाख २३ गते प्रदेशको राजधानी विराटनगरलाई कायम गरेको थियो । पाँचाँै अधिवेशनअर्थात् हिउँदे अधिवेशन यही माघ २३ गतेबाट शुरु हुने हुँदैछ । विसं २०७४ फागुन ३ गते गठन भएको प्रदेश सरकारले हालसम्म ४३ कानून निर्माण गरी गरिसकेको छ । पाँचौँ अधिवेशनबाट प्रदेशको नामलाई छिनोफानो लगाइने तथा नयाँ आठ विधेयक पारित हुनसक्ने बताइएको छ । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएका विधेयक प्रदेशसभामा दर्ता भएमा…
झापा, २० माघ । ६ दिनदेखि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक ११ बुँदे प्रस्ताव पारित गर्दै आइतबार सम्पन्न भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भएका विषयलाई बैठकले संशोधनसहित पारित गरेको छ । नेकपाको अन्तरिम विधानको धारा ६० क ९१० मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एकपटक बस्ने व्यवस्था भए पनि पहिलो बैठक बसेको करिब २० महिनापछि बैठक बसेको हो । ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपश्चात् बृहत् छलफल नै गर्ने गरी पहिलोपटक बैठक बसेको हो । १० जेठ २०७५ मा हस्ताक्षर गर्न…