झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अनिलदेब राई शिवसताक्षी, ३१ साउन । झापाको शिवसताक्षी नगरपालिकाको सवै वडाहरुलाई सडक सञ्जालसँग जोडिपछि विकासका पूर्वाधार पनि बढ्दै गएका छन् । ११ वडा रहेको शिवसताक्षी नगरपालिकामा गत आर्थिक वर्ष २०७४÷०७५ मा ८३ दशमलब ४ किलोमिटर ग्राभेल र २ दशमलब ७० मिटर कालोपत्रे र नाला निर्माण भएको छ । शिबसताक्षीमा करीब सोह्र करोड ४६ लाख ८७ हजार नौ सय ९७ रुपैयाको योजना सम्पन्न भएको छ । विषयगत योजना सम्पन्न पश्चायत नगरको ११ वटा वडाहरुमा सडक ग्राभेल, कालोपत्रे र नाला निर्माणले नजीकका गाउँबस्तीलाई नगरपालिकाको कार्यालय व्याङडाडासंग नजिक्याएको छ । वडा नं १ मा ९.७ किलोमिटर, २ मा ४.७ किलोमिटर, ३ मा ४.२…

Read More

बिर्तामोड, ३१ साउन । मेचीनगर ४ बाहुनडाँगीका स्थानियबासीले हात्तीकै कारण सबै परिवार सँगै बसेर खाना खान पाउँदैनन् । श्रीमानले खाना खान थाले श्रीमती बाहिर बसेर हात्ती हेर्नुपर्छ भने, श्रीमतीले खानथाले श्रीमानले । यसरी खाना खान थालेको एक, दुई दिन होईन वषौँ भईसक्यो । यसो नगरे कतिबेला हात्ती आउँछ र घर भत्काउँछ थाहा हुँदैन । ‘छोराछोरी र श्रीमती सँगै बसेर खाना खाँदा कस्तो होला ? कल्पना मात्र गछौँ, हात्ती नरुगे घर सँगै ज्यानै जाने डर हुन्छ ।’ बाहुनडाँगीका स्थानिय शम्भु ढुङ्गेल दुखेसो पोख्छन् । दुई वर्ष अघि घाँस काट्न घर नजिकै गएका ६७ वर्षीय बुबा मनहरी ढुङ्गेललाई हात्तीले मारेपछि ढुङ्गेल परिवार…

Read More

कनकाई, ३० साउन । कर बृद्धिको विरोध गर्दै नेपाली कांग्रेस कनकाई नगर समितिले आज कनकाई नगपालिकामा ज्ञापनपत्र बुझाएको छ । जनताको ढाड सेकिने गरी कर वृद्धि गरेको भन्दै तत्काल हटाउन माग गर्दै कांग्रेसले ज्ञापन पत्र बुझाएको हो । कांग्रेस नगर सभापति नेत्रप्रसाद चिमरिया नेतृत्वको टोलील नगरप्रमुख राजेन्द्रकुमार पोखरेललाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सम्पति कर र भुमीकर मालपोत लिनु पर्नेमा एकिकृत सम्पति करका नाममा सम्पतिको मूल्यांकन बढाको तथा घरको मूल्यंकन र जग्गाको मूल्याङ्कन अत्याधिक कर बृद्धि गरिएकोमा आपत्ति जनाइएको छ । ज्ञापनपत्रमा सहकारीलाई लगाएको कर, वडाहरुमा हुने बजेट बिनियोजनमा देखिएको असमानाता, विकास निर्माण कार्यका लागि उपभोक्ता समिति गठन…

Read More

काठमाडौँ, ३० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम समयमै पूरा गर्न सम्बद्ध सबैपक्षलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित राष्ट्रिय मूल समितिको आज प्रधानमन्त्री कार्यालयमा भएको दोस्रो बैठकमा आगामी भदौ १४ र १५ गते राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सन्दर्भमा भएका तयारीबारे जानकारी लिँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । सम्मेलनस्थल पुग्ने सडकको मर्मतसम्भार, काठमाडाँै महानगरको साजसज्जा तथा सरसफाइलगायत सम्मेलन तयारीसम्बन्धी आ–आफ्नो जिम्मेवारीका काम समयमै पूरा गर्न सबै मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले राससलाई बताउनुभयो । बैठकमा हालसम्म…

Read More

काठमाडौँ, ३० साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)को आज यहाँ बसेको बैठकले उत्कृष्ट सङ्घसहित विभिन्न पुरस्कारको घोषणा गरेको छ । सङ्घको ३१ औँ स्थापना दिवसका अवसर पारेर बसेको बैठकले सुनसरी जिल्ला बचत सङ्घलाई नेफ्स्कून सर्वोत्कृष्ट जिल्ला सङ्घबाट सम्मान गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ सहकारी नेपालका सम्पादक एवम् अन्नपूर्णपोष्ट दैनिकका तुलसीराम सुवेदीलाई दिने निर्णय गरेको नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । यसैगरी संस्थापक अध्यक्ष पुरस्कार बाँकेका मीना सिग्देल र दोलखाका यज्ञराज ढुङ्गेललाई तथा नेफ्स्कुन सर्वोत्कृष्ट संस्था पुरस्कार दोलखाको हाम्रो जनकल्याण साकोस र मकवानपुुरको महिला जागरण साकोसलाई दिइने भएको छ । प्रदेशस्तरीय…

Read More

काठमाडौँ, ३० साउन । अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ । यसअघि प्रदेश तहमा सङ्घ (केन्द्र)ले कर्मचारी खटाउँदै आएकामा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । ‘‘अब हामीप्रदेश सरकारका लागि एकमुष्ट कर्मचारी पठाउछौँ’’, उहाँले भन्नुभयो, ‘‘अनि मुख्यमन्त्रीको कार्यालयले आवश्यक पर्ने ठाउँमा कर्मचारी पठाउँछ ।’’ मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिवलाई कर्मचारी खटाउने अधिकार प्रदान गरेको छ । कर्मचारी समायोजन ऐन २०७४ अनुसार तीन तहमा कर्मचारी समायोजन नभएसम्मका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयले नै कर्मचारी खटाउने व्यवस्था गरिएको उहाँले…

Read More

काठमाडौँ, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने एशियाली खेलकूद प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रको प्रतिष्ठा उच्च राख्दै पूर्ण अनुशासित भएर स्पर्धा गर्न आह्वान गर्नुभएको छ । उक्त प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रपति कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले खेलकूदको मर्म र भावनाअनुरुप प्रतिस्पर्धामा खरो उत्रन आग्रह गर्नुभयो । उहाँले देशभित्रै खेलकूदका पूर्वाधार निर्माण गर्न सकेमा अन्तर्राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्न सकिने बताउँदै त्यसतर्फ सम्बन्धित निकायको ध्यान आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले खेलाडीलाई जीवन निर्वाहका साथै उनीहरुको स्वास्थ्यका बारेमा पनि आवश्यक व्यवस्था गर्न…

Read More

उर्लाबारी, ३० साउन । खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मोरङ लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा हालिएको विषादीयुक्त पानी खाँदा त्यहाँ अध्ययनरत २८ विद्यार्थी बिरामी परेको घटनाको छानबिन गर्न आज सो समिति गठन गरिएको हो । समितिलाई घटनाका बारेमा छानबिन गरेर जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउने जिम्मेवारी दिइएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । समितिले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा छानबिन शुरु गरिसकेको जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा…

Read More

काठमाडौँ, ३० साउन । नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी निर्माण व्यसायीले गलत काम गरेको स्थितिमा व्यवसायीलाई कारबाही गर्न हालको विद्यमान कानून नै पर्याप्त रहेको अवस्थामा नयाँ कानून ल्याउनुको कुनै अर्थ नरहेको जनाएको छ । कार्यक्रममा महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले ऐनका त्यस्ता प्रावधान फिर्ता नभए देशभरका व्यवसायीले आ–आफ्नो अनुमतिपत्र सरकारलाई बुझाउने चेतावनी दिनुभयो । निर्माण कार्यमा कमजोरी देखिनुमा व्यवसायीको मात्र दोष नरहेको भन्दै अध्यक्ष श्रेष्ठले दोषी रहेका अन्य सबै पक्षलाई पनि…

Read More

सन्तोष शर्मा झापा, ३० साउन । झापामा नेपाल कम्युनिष्ट पार्टी एकीकरणको प्रक्रिया अघि बढेको छ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रबाट जिल्ला तहमा एकीकरण भइरहेको अवस्थामा झापामा पनि एकता प्रक्रिया अघि बढेको हो । एकता प्रक्रियाका लागि एमाले र माओवादी केन्द्र झापाबीच साउन २८ देखि काठमाडौँको गौशालामा शुरु भएको संयुक्त बैठक आज निष्कर्षमा पुगेको माओवादी केन्द्र झापाका अध्यक्ष विजय साम्पाङ (मणि)ले जानकारी दिनुभयो । ‘पार्टीको विधान, नियमावली र निर्देशनलाई आत्मसात गरी दुवै पार्टीका प्रतिनिधि बस्यौँ’, उहाँले भन्नुभयो, ‘पार्टी एकता मात्र नभई भावनात्मक एकतालाई पनि जोड दिएका छौँ ।’ बैठकमा जिल्ला कमिटीमा सहभागिता, पदाधिकारी, स्थानीय कमिटीमा सहभागिता र पार्टी कार्यालय कहाँ राख्ने…

Read More