झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ७ साउन । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार उद्धव पुरी पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को नामबाट स्थापना गरेको डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार पुरी पुरस्कृत भएका हुन् । पुरस्कारको राशि रू ४२ हजार रहेको छ । प्रेस सेन्टर झापाले आज बिर्तामोडमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं झापा इन्चार्ज रन्जित तामाङले उहाँलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो। करिब दुई दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार पुरी हाल शब्दपत्र डट कममा आबद्ध हुनुहुन्छ ।

Read More

राजेश ढुंगाना वर्तमानमा एमाले र नेपाली कांग्रेसको गठबन्धन विरुद्धको माहोल ह्वात्तैसँग चुलिएको छ । एकातर्फ, उपेन्द्र यादवको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने स्वयम् गठबन्धन सरकारका साझेदार कांग्रेस–एमालेभित्र पनि गठबन्धन र यसको नेतृत्वप्रति असन्तुष्टि र आक्रोश स्पष्ट रुपमा देखिन थालेको छ । कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले निकै पहिलेदेखि यो गठबन्धनप्रति मसिनो स्वरमा भए पनि असन्तोष र असन्तुष्टि जनाएकै हुन् । तर, यतिबेला उनको त्यो विरोधको स्वर अत्यन्त तीक्ष्ण, तिखो र स्पष्ट भएको छ । प्रमुख प्रतिपक्ष भएकाले माओवादीको धर्म नै हो, भइरहेको सरकार जुनसुकै सम्बैधानिक उपाय र दबाबले ढाल्न खोज्नु । वर्तमान गठबन्धन बनेदेखि नै…

Read More

सुर्खेत, ७ साउन । गए राति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा टिपर खस्दा चालकसहित तीनजना बेपत्ता भएका छन्। जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट रिम्नातर्फ आउँदै गरेको यती विल्डर्सको भेरी करिडोरमा काम गरिरहेको रा १ क १५०१ नम्बरको टिपर नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाले जनाएको छ। प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार उक्त टिपरमा चालकसहित तीन जना सवार थिए। बेपत्ता भएकाको खोजीका लागि जाजरकोट र रुकुमपश्चिमबाट प्रहरी टोली परिचालन गरिएको छ। तर भेरी नदीमा पानीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ। बेपत्ता व्यक्तिहरूको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Read More

बिर्तामोड, ७ साउन । झापामा गत आर्थिक वर्षमा केन्द्रीय सरकारको साढे ४ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार गएको आर्थिक वर्ष २०८१–८२ मा ४ अर्ब ५२ करोड ८३ लाख ४१ हजार ५३४ रुपैयाँ फ्रिज भएको हो । कुल बजेटको ८३.७८ प्रतिशत रकम खर्च भई बाँकी फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सूर्य भण्डारीले बताए । उनका अनुसार चालुतर्फ ९२ प्रतिशत र पुँजीगततर्फ ७०.०६ प्रतिशत खर्च भएको हो । गत वर्ष झापाको बजेट २८ अर्ब १६ करोड २७ लाख ६९ हजार ७२९ रुपैयाँको थियो । त्यसमध्ये पुँजीगततर्फ ७ अर्ब ८८ करोड…

Read More

बुद्धशान्ति, ७ साउन । झापा बुद्धशान्ति गाउँपालिका ३ का प्रशान्त पोखरेल नेपालकै चर्चित गायन रियालिटी सो मेरो भोइस युनिभर्स सिजन २ को प्रतिस्पर्धामा छन् । उनी प्रतिस्पर्धामा टप १० मा पर्न सफल भएका छन् । उनले उत्कृष्ट प्रस्तुती दिएर आम दर्शकमाझ प्रिय बनेका छन् । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका उनी अहिले भोटिङ राउण्डको चरणमा टप १० बाट थप प्रतिस्पर्धामा जान सबैसँग भोट मागिरहेका छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका प्रशान्तलाई अब अत्याधिक भोटको खाँचो छ । त्यसैले उनले अहिले आम देशवासीमाझ आफुलाई भोट गरेर अगाडि बढाउन अनुरोध गरिरहेका छन् । बुद्धशान्ति गाउँपालिका निवासी पोखरेल पहिलो चरणको…

Read More

राजेश ढुंगाना.तिमीसँगमैले के माग्ने रतिमीलेमलाई के दिने ?तिमीलेमसँग के माग्ने रमैलेतिमीलाई के दिने ?.आँखाहरू जुधाएरआँखाहरू दिन सकिन्थ्योमन फुकाएरमनहरू बाँड्न सकिन्थ्योमुटु फुटाएरमुटुुकै पनिभएभरिको रगत नैसमेत दिन सकिन्थ्योड्डतरआँखाहरूयतिबेला छरपष्ट भएका छन्मनहरूबादल झँै फाटेका छन् यो समयरमुटुहरूरगताम्य भएका छन्.भन,हामीलेयतिबेलादुबैसँगके माग्ने रदुबैले दुबैलाई के दिनेदुबै सम्पूर्णमा रित्तिएको यो बेला !

Read More

निशान निरौलाझापा, ७ साउन । अभिनय क्षेत्रमै सक्रियता बढाइरहेका पूर्वेली कलाकार भुवन खड्का अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। समाजमा घटेका घटनालाई समेटेर निर्माण गरिएको यस भावनात्मक (सेन्टिमेन्टल) गीतमा खड्काले जीवन्त अभिनय प्रस्तुत गरेका छन्। पूर्वमा बसेर निरन्तर अभिनय यात्रालाई अघि बढाइरहेका खड्काले यसअघि पनि दर्जनौं म्युजिक भिडियो, चलचित्र र टेलिसिरियलहरूमा अभिनय गरिसकेका छन्। यसपटकको भिडियोमा कौशिला राजवंशी र मनिषा विश्वकर्मा ले अभिनयमा साथ दिएका छन्। गीतका शब्द प्रकाशकला श्रेष्ठ ले लेखेकी हुन् भने डिम्पल अधिकारी को सुमधुर स्वरले गीतमा भावनात्मकता थपिएको छ। कम्पोज काव्य रेकर्ड स्टुडियो दमकले गरेको हो भने अशोक थापा को संगीत संयोजन रहेको छ। भिडियोको…

Read More

झापा, ७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More

झापा, ६ साउन । साफ महिला यु–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली मङ्गलबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)-की केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले टोलीलाई स्वागत गरेका थिए । नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले उपविजेता बन्नुको प्रमुख कारण थकान रहेको बताउनुभयो। उहाँले २४–२४ घण्टाको अन्तरमा पाँच खेल खेल्नुपरेकाले खेलाडीहरूलाई पर्याप्त विश्राम नपाएको उल्लेख गर्नुभयो । यही कारणले टोली बङ्गलादेशसँग दुवै खेलमा पराजित भएको प्रशिक्षक गुरुङको तर्क छ । नेपालले प्रतियोगितामा श्रीलङ्का र भुटानलाई पराजित गरे पनि बङ्गलादेशसँग दुईपटक हार बेहोरेको थियो । ढाकास्थित वसुन्धरा किङ्स…

Read More

हल्दिबारी, ६ साउन । झापाको हल्दीबारी गाउँपालिकाले यहाँका ११ जना अपाङ्गता भएकालाई विभिन्न सामग्री प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तीहरूको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले विभिन्न सिपमुलक तालिम दिएर आवश्यकता र मागका आधारमा उनीहरूलाई विभिन्न सामग्री प्रदान गरिएको हो ।  गाउँपालिकामा आज आयोजित एक संक्षिप्त कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रविन्द्र लिंगदेन उपाध्यक्ष लक्ष्मीदेवी मैनाली प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) लगायतले उनीहरूलाई सामग्री वितरण गर्नुभयो । गाउँपालिकाले हल्दीबारी-४ का राम टुडूलाई एड्भान्स मोबाइल मर्मत सामग्री, सुरेश भण्डारीलाई इलेक्ट्रिसियन किट, हल्दीबारी-१ का लेखबहादुर योङ्हाङलाई सेकुवा बनाउने चुलो, हल्दीबारी-५ की पूर्णिमा खड्कालाई ठेला गाडी, हल्दीबारी-३ का रविलाल दाहाललाई एक थान डिजिटल काटा…

Read More