
बुद्धशान्ति, ७ साउन । झापा बुद्धशान्ति गाउँपालिका ३ का प्रशान्त पोखरेल नेपालकै चर्चित गायन रियालिटी सो मेरो भोइस युनिभर्स सिजन २ को प्रतिस्पर्धामा छन् ।
उनी प्रतिस्पर्धामा टप १० मा पर्न सफल भएका छन् । उनले उत्कृष्ट प्रस्तुती दिएर आम दर्शकमाझ प्रिय बनेका छन् । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका उनी अहिले भोटिङ राउण्डको चरणमा टप १० बाट थप प्रतिस्पर्धामा जान सबैसँग भोट मागिरहेका छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका प्रशान्तलाई अब अत्याधिक भोटको खाँचो छ । त्यसैले उनले अहिले आम देशवासीमाझ आफुलाई भोट गरेर अगाडि बढाउन अनुरोध गरिरहेका छन् ।
बुद्धशान्ति गाउँपालिका निवासी पोखरेल पहिलो चरणको भोटिङ राउण्ड सफलतापूर्वक पार गरेर दोस्रो चरणको प्रतिस्पर्धाका लागि तयारी गर्दै आएका छन् । निर्णायक मण्डलले ५० प्रतिशत र दर्शकवर्गले ५० प्रतिशत भोट गरेको अंक एकमुष्ट जोडिने भएकाले उनको परिवारले प्रसान्तलाई जिताउन भोट गरिदिन आग्रह गरेका छन् ।
उनलाइ भोट गर्न भोट गर्न के गर्ने ?
प्रशान्तलाई भोट गर्न नेपालभित्र रहनुहुने दर्शकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गएर MVU टाइप गरेर एक स्पेस दिइ ०८ लेखेर ३७००० मा मेसेज गर्न सक्नुहुनेछ भने देश तथा विदेशमा रहनुभएका दर्शक श्रोताहरुले MY INTRA APP मार्फत भोट गर्न सक्नुहुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


