
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अर्जुनधारा, १२ फागुन । अजुर्नधारा नगरपालिकाले भ्रमण वर्ष संन् २०२० को अवसरमा आयोजना गरेको नगर महोत्सव जारी राखेको छ । नगरले पर्यटन वर्षलाई सघाउ पु¥याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सोमबार वडा नं ११ मा सम्पन्न भएको छ । अभियान अन्तरगत सोमबार वडा नं. ११ मा कला, संस्कृति, साहित्य लगायतका कार्यक्रम गरियो । कार्यक्रममा स्वास्थ्य शिविर, कृषि, पशु सेवा लगायतका वडाबाट वडाबासीलाई सेवा प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न जातीय नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । जेष्ठ नागरिक बलिराज इङ्नामको प्रमुख आतिथ्य रहेको कार्यक्रम अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको विशिष्ट आतिथ्य रहेको थियो । वडा नं ११ का अध्यक्ष…
एजेन्सी, १२ फागुन । मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार राजीनामा दिएका छन् । प्रधानमन्त्री महाथिरले राजासमक्ष राजीनामा पत्र बुझाएको उनको सचिवालयले जनाएको छ । उनले नेतृत्व गरेको सरकारमाथि प्रश्न उठ्न थालेपछि उनले राजीनामा बुझाएका हुन् । यसबारे सत्तापक्ष र विपक्षी दल बीचको एक हप्ते वार्तामा नयाँ सरकार गठन गर्ने निर्णय गरेको रोयटर्सले जनाएको छ । नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न भन्दै उनले राजीनामा पत्र बुझाएका हुन् । महाथिरले अब फेरि अर्को पार्टीसँगको मिलेर सरकार बनाउनेरनबनाउने टुंगो भएको मलेसियाका गृहमन्त्री मुह्यीद्दिन यास्सिनले फेसबुकमा लेखेका छन् । साथै, उनको पार्टी बेर्साटुले पनि गठबन्धनको सरकार छोडेको बताएको छ ।
झापा, १२ फागुन । सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् । दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्थ अगाडि बढाएका छन् । यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए । सरकारका कामलाई प्रभावकारी बनाउन उनले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए । उनका अनुसार यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्नेछन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
झापा, १२ फागुन । कोरोना भाइरस संक्रमणका कारण दक्षिण कोरिया र जापानमा रहेका नेपालीहरु त्रासमा बसिरहेका छन् । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप कोरिया र जापानमा समेत महामारीका रुप लिन थालेपछि त्यहाँ रहेका नेपाली त्रासमा बसिरहेका हुन् । पछिल्लो तथ्याकंअनुसार कोरियामा ६ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । यस्तै, नेपालीको बाक्लो बसोबास रहेको जापानमा पनि १ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरियामा रहेका नेपालीले आफूहरु सुरक्षित तवरले बसिरहेको राजधानीसँग बताए । कोरियाका अधिकांश मुख्य सहरमा नेपाली कामदार र विद्यार्थी बस्दै आएका…
बिर्तामोड, १२ फागुन । झापाको दमक–६ स्थित सडकमा फेला परेको रू एक लाख आइतबार सम्बन्धित धनीलाई बुझाइएको छ । श्री २१ नम्बर बाहिनी अड्डा तोपगाछी झापामा कार्यरत प्युठ मेघबहादुर अधिकारीले दश दिनअघि दमक–६ फर्निचर लाइनको सडक किनारमा बेवारिसे अवस्थामा रू एक हजार दरको रू एक लाखको गड्डी फेला पारेका थिए । शिवसताक्षी–९ का ३९ वर्षीय भीमबहादुर लिम्बूले आज रकम आफ्नो भएको प्रमाण बुझाएपछि हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय दमकका प्रनाउ बिजयराज पण्डित, श्री २१ नं. बाहिनी तोपगाछीका सेनानी प्रभात किरण श्रेष्ठ, इलाका प्रशासन कार्यालय दमकका प्रतिनिधि, दमक नगरपालिका–७…
दमक, ११ फागुन । झापाको दमक–८ स्थित झापा मोडल अङ्ग्रेजी बोर्डिङ स्कुल (जेम्स) ले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई रु ५१ हजार आर्थिक सहयोग गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको हातामा सञ्चालित सो केन्द्रलाई विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउन सहयोग पुगोस् भन्दै स्कुलले सो सहयोग प्रदान गरेको प्रिन्सिपल सागर श्रेष्ठले बताउनुभयो । विद्यालयको एक टोली आज केन्द्रको कार्यालयमा पुगेर सो सहयोग हस्तान्तरण गरेको हो । विद्यार्थी, शिक्षक र स्कुल सञ्चालकबाट सङ्कलित सो सहयोग रकम केन्द्रका संस्थापक पुनलाई विद्यार्थीको हातबाट हस्तान्तरण गरिएको स्कुलका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले बताउनुभयो । त्यस अवसरमा आविष्कारक पुनसँग विद्यार्थीले विज्ञान र…
झिलझिले, ११ फागुन । लिग विजेता मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकपको उपाधि जितेको छ । उसले उपाधिसँगै नगद ६ लाख रुपैयाँ प्राप्त गरेको छ । आइतबार झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको फाइनल खेलमा थ्रि स्टार फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन भएको हो । उपविजेताथ्रि स्टारले ३ लाखमा चित्त बुझायो । लिग सकिएको एक सातापछि सताक्षी गोल्डकपको तेस्रो संस्करणमा उनीहरु मोफसलको पहिलो उपाधिका लागि खेलेका थिए । लिगको ५९ औँ खेलमा मच्छिन्द्रले थ्रि स्टारलाई २–० गोल अन्तरले हराएको थियो । लिगमा थ्रि स्टारविरुद्ध मच्छिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राई ’बी’ ले एकएक गोल गरेका…
अर्जुनधारा, ११ फागुन । अजुर्नधारा नगरपालिकाले भ्रमण बर्ष संन २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उद्येश्यले नगरका सबै वडामा संञ्चालित कार्यक्रम आईतवार वडा नं ६ मा सम्पन्न भएको छ । प्रमुख अतिथी संघीय सांसद पबित्रा निरौला खरेलले पर्यटन बर्ष सफल बनाउन नगरले संञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको बताइन् । उनले जनताको जीवनस्तर उठाउन सबै क्षेत्र लाग्नुपर्ने बताइन् । नगर भित्रका कला, संस्कृती, साहित्य, खेलकुद क्षेत्रमा समेत नगरले ध्यान दिएको निरौलाले बताएकी छन् । आइतवार वडा नं ६ मा कला, संस्कृती, साहित्य, खेलकुद कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शिवीर ,कृषि , पशु सेवा लगाएतका सेवा नागरिकका घर दैलोमै गएर…
बिर्तामोड, ११ फागुन । सहारा अटो मोबाइल्स प्रालिले रेनोल्ट कम्पनीको नयाँ उत्पादन ‘ट्राइबर’ सार्वजनिक गरेको छ । बिर्तामोड–२ मा रहेको शो रुममा आज एक कार्यक्रमका बीच ट्राइबर सार्वजनिक गरिएको हो । कार्यक्रममा सहारा अटो मोबाइल्सका अध्यक्ष महेन्द्रकुमार गिरी, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, एड्भान्स अटो मोबाइल्सका जीएम अधिरकुमार श्रेष्ठलगायतले संयुक्त रुपमा कार सार्वजनिक गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि कुमार भट्टराईले ग्राहकलाई गाडी बेच्ने मात्र नभई सर्भिसिङ, फाइनान्स, पाटपूर्जाको सहजताका बारेमा बिक्रेताले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ग्राहकलाई सन्तुष्ट बनाएर विश्वास जित्न सकेमात्र व्यावसायिक सफलता मिल्ने धारणा राख्नुभयो । उहाँले पछिल्लो समय मोटरसाइकल, गाडी लगायतका सवारी सधान…
यासोक, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो । आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास सरकारको उत्तिकै प्राथमिकतामा परेको बताउनुभयो । “हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले टाढाबाट कम्मरमा पानी बोकेर ल्याउनुपर्ने पीडा र दुःखसँग आफू साक्षात्कार रहेको बताउँदै मोटरबाटो, विद्युत्, खानेपानी…