झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ईलाम, २६ माघ । इलामको सूर्योदय नगरपालिका(४ मा रहेको सुवास गुरुङको खाली घरबाट ठुलो परिणाममा अबैध समानहरु बरामद भएको छ । भारतबाट भन्सार छली अबैध रुपमा नेपाल भित्र्याएर गुरुङको घरमा भण्डारण गरेको भन्ने सूचनाका आधारमा शनिवार साँझ पौने ६ बजे ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले बिभिन्न किसिमका लत्ता कपडा, ईलेक्ट्रोनिक्स समानहरु गरी अन्दाजी १५ लाख बराबरको अबैध सामान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको सामानहरु आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय बुझाईने उक्त कर्यालयले जनाएको छ ।

Read More

र‌ो‌हित काफ्ले‌भद्रपुर‌, २६ माघ । झापामा स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रम सुरु भएको‌ छ । प्रदे‌श नं १ सामाजिक विकास मन्त्रालयको‌ अगुवाइमा झापाको‌ पहिलो‌ नगर‌पालिका भद्रपुर‌ नगर‌पालिकाबाट शनिबार‌ जिल्लामा कार्यक्रम शुभार‌म्भ गरि‌एको‌ हो‌ । बिहान भद्रपुर‌को‌ गुरुकूल वे‌द विद्याश्रममा आयो‌जित एक समार‌ो‌हका बीच प्रदे‌श नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिर‌े‌ले‌ स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रमको‌ उद्घाटन गर‌े‌ । मानिसको‌ खानपान, आहार‌ विहार‌, सर‌सफाइलगायतका महत्वपूर्ण विषयमा जनचे‌तना जगाउने‌, आयुवे‌र्दिक औ‌षधो‌पचार‌को‌ प्रवद्र्धन गनेर्‌, सूर्तीजन्य तथा मदिर‌ाजन्य पदार्थको‌ उपभो‌गलाई निरुत्साहित गनेर्‌लगायतका क्रियाकलाप सञ्चालन गनेर्‌ र‌ मानिसको‌ अस्वस्थ जीवनशै‌लीमा परि‌वर्तन ल्याई मानसिक एवम् शार‌ीरि‌क रुपमा स्वस्थ र‌ सक्षम जनशक्ति उत्पादन गनेर्‌ उद्दे‌श्यले‌ सामाजिक विकास मन्त्रालयले‌ यो‌ अभियान…

Read More

तित्रामान्छे‌ मर‌णशील प्राणी हो‌ । को‌ही न को‌ही, कतै‌ न कतै‌, कसर‌ी कसर‌ी मरि‌र‌हे‌कै‌ हुन्छन् । कति मान्छे‌ जीवनबाट वाक्क भएर‌ स्वै‌च्छिक अवकाश पनि लिन्छन् । कति जना झुण्डिदा डो‌र‌ी चुँडिएर‌, बिषपान गर्दा भार‌तीय नक्कली बिष पर‌े‌र‌, पो‌खर‌ी–खो‌लामा फाल हान्दा कसो‌–कसो‌ किनार‌ा लागे‌र‌ इच्छाएको‌ फल प्राप्त गर्न नसकी मो‌बाइलले‌ भने‌ झै‌ं पुनः प्रयास गर्नुपनेर्‌ पनि हुन्छ । मान्छे‌ जन्मिएको‌ हल्लाखल्ला हुँदै‌न, तर‌ मर‌े‌को‌ खबर‌ एफएमहरूले‌ भूइँमा खस्न दिंदै‌नन् । खै‌… को‌ मर्छ र‌ भनौ‌ंला भने‌र‌ पर्खी बसे‌कै‌ हुन्छन् कि ! मान्छे‌ मर‌े‌को‌ ठाउँमा ते‌ह्र दिनभित्र मानो‌चामल पुर‌्याउने‌, समवे‌दना दिन जाने‌ हामो‌ पर‌म्पर‌ागत चलन छ । दुःखको‌ बे‌लामा समवे‌दना, सहानुभूति प्रदान गर्न जाने‌ यो‌ र‌ाम्रो‌ चलन हो‌ ।…

Read More

सन्तोष शर्मा बिर्तामो‌ड, २६ माघ । तर‌कार‌ीमा विषादी नहाल्दा उत्पादन कम हुन्छ, तर‌ विषादीर‌हित तर‌कार‌ी उत्पादन गर्दा आत्मसन्तुष्टि र‌ गर्व लागे‌को‌ बताउँछन्, बिर्तामो‌ड–७ का कृषक हो‌मप्रसाद घिमिर‌े‌ । बजार‌मा विषादीयुक्त तर‌कार‌ी पाइने‌ गर‌े‌को‌ र‌ त्यसबाट क्यान्सर‌जन्य खतर‌नाक र‌ो‌ग लाग्ने‌ थाहा पाएपछि आफू विषादीर‌हित तर‌कार‌ी खे‌ती लागे‌को‌ उनले‌ बताए । ‘विषादीर‌हित तर‌कार‌ी उत्पादनका हिसाबले‌ कम हुन्छ’, आफूले‌ लगाएको‌ गो‌लभे‌ँडाको‌ बो‌ट दे‌खाउँदै‌ उनले‌ भने‌, ‘हे‌र्नुस् त, बो‌ट कस्तो‌ छ ?’ विषादीर‌हित तर‌कार‌ी विषादी हालिएको‌ तुलनामा कम चम्किलो‌ र‌ आकर्षक दे‌खिने‌ उनले‌ बताए । पाँचथर‌को‌ सुभाङबाट झापा झर‌े‌का अधिकार‌ी व्यावसायिक कृषक हुन् । पाँच कठ्ठा जग्गामा तर‌कार‌ी खे‌ती गर‌े‌र‌ उनले‌ र‌ाम्रो‌ आम्दानी गरि‌र‌हे‌का छन् । टमाटर‌, धनिया, र‌ायो‌…

Read More

बिर्तामो‌ड, २६ माघ । कृषि व्यापार‌ तथा निकासी प्रबद्र्धन के‌न्द्र निर्माणका लागि बिर्तामो‌ड नगर‌पालिका र‌ ने‌पाल उद्यो‌ग बाणिज्य महासंघबीच सम्झौ‌ता भएको‌ छ । बिर्तामो‌ड नगर‌पालिकामा एक समार‌ो‌हका बीच नगर‌पालिकाका प्रमुख ध्रुवकुमार‌ शिवाको‌टी र‌ महासंघका के‌न्द्रीय उपाध्यक्ष उमे‌शलाल श्रे‌ष्ठले‌ सम्झौ‌ता पत्रमा हस्ताक्षर‌ गर‌े‌का हुन् । सम्झौ‌ता पत्रमा दुवै‌ पक्षले‌ हस्ताक्षर‌ गर‌े‌सँगै‌ बिर्तामो‌डमा मुलुककै‌ ठूलो‌ कृषि व्यापार‌ तथा निकासी प्रबद्र्धन के‌न्द्र निर्माणका लागि प्रक्रिया सुरु भएको‌ छ । बिर्तामो‌ड नगर‌पालिका–८ स्थित दुर्गा गुठी भगवती मन्दिर‌को‌ आठ बिघा १३ कठ्ठा १५ धुर‌ जग्गामा संघीय सर‌कार‌, प्रदे‌श सर‌कार‌ साथै‌ विकास साझे‌दार‌ संस्थाको‌ सह लगानीमा प्रबद्र्धन के‌न्द्र निर्माण हुने‌ भएको‌ हो‌ । ने‌पाली कृषि उपजको‌ प्रशो‌धन, टे‌स्टिङ, अक्सन लगायत…

Read More

झापा, २६ माघ । भारतले आफ्ना आयातकर्तालाई नेपालबाट प्रशोधित पाम आयल आयात गर्न अनुमति दिएसँगै १ महीनादेखि रोकिएको भारततर्फको पाम आयल निर्यात सुचारु हुने भएको छ । भारतको वैदेशिक व्यापार निर्देशनालयले भारतीय आयातकर्तालाई नेपालबाट पाम आयल ल्याउन अनुमति दिएको हो । यससँगै १ महीनादेखि रोकिएको प्रशोधित पाम आयलको भारत निकासी खुलेको छ । भारतका आधा दर्जन व्यवसायीले आयातको अनुमति लिइसकेको वीरगञ्जको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिका सञ्चालक प्रभुदयाल अग्रवालले बताए । आयात अनुमति लिए पनि नेपालबाट अहिलेसम्म निकासी भने शुरू भएको छैन । सीमावर्ती भारतीय रक्सौल भन्सारमा प्रक्रियागत कागजात पुर्‍याउन नसकिएकाले निकासी नभएको अग्रवालले बताए । सोमवारदेखि निर्यातको तयारी भएको एक…

Read More

झापा, २६ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ । नेपाल ट्रस्टको कार्यालयले यही माघ ३ गते सार्वजनिक रुपमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्णरुपमा खाली गर्न प्रेरणालाई सूचित गरेको थियो । सो मिति सकिन अब १२ दिन मात्र बाँकी छ । सार्वजनिक रुपमा सूचना प्रकाशित गरेपछि प्रेरणाले आफूलाई ट्रस्टको कार्यालयले हटाउन खोजेको उल्लेख गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, २६ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्ना मन्त्रालय मतहतका निकायमातहत समयमै काम नगर्ने ठेकेदारहरूसँगको ठेक्का रद्द गर्न निर्देशन दिएका छन् । मन्त्रालय मातहतका तथा सरोकारवाला निकायका अधिकारीहरूसँगको छलफलमा मन्त्री पुनले कुनै पनि बहानामा ठेक्का लम्ब्याउने काम रोक्न र निर्धा्रित समयमै सक्ने गरी सक्रियता देखाउन निर्देशन दिएका हुन् । छलफलमा पछिल्लो दुई वर्षको अवधिमा रुग्ण र काम हुन नसकेका आयोजनाका ठेक्का सङ्ख्या उल्लेख्य कमी आएको प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन विज्ञ बाबुराम दाहालले जानकारी दिएका थिए । दाहालका अनुसार सिँचाइ विभागअन्तर्गत अघिल्लो आर्थिक वर्षको मङ्सिर मसान्तसम्म २३५ वटा ठेक्का समस्याग्रस्त रहेकामा यो वर्ष १३० मा झरेको…

Read More

झापा, २६ माघ । काँकरभिट्टामा भोलिदेखि (माघ २६ देखि) छ दिवसीय एसियन ग्रामीण पर्यटन महोत्सवको हुने भएको छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सव उद्घाटनका लागि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई आउने भएका छन् । समितिका अध्यक्ष अर्जुनकुमार कार्कीले भारत र भूटानबाट समेत स्टल आउने र कुनै पनि स्टल अवलोकन गर्न शुल्क नलाग्ने जानकारी दिए । महोत्सवमा भारतको सिक्किमका मुख्यमन्त्री पीएस गोलले शुभकामना सन्देशसहित प्रतिनिधिमण्डल पठाउने भएका छन् भने बेलायतको फोक्सटन सिटीका मेयर एक प्रतिनिधिमण्डलसहित सहभागी हुने निश्चित भएको अध्यक्ष कार्कीले बताए । काँकरभिट्टाको मुख्य रमणीय स्थान देवकोटा पार्कमा स्टल निर्माण गरिएको छ…

Read More

भद्रपुर, २५ माघ । राष्ट्रिय हात्ती पाइले रोग निवारण कार्यक्रमको आज झापामा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठले संयुक्त रुपमा औषधि सेवन गरेर सुभारम्भ गरेका छन् । जिल्ला जनस्वास्थ कार्यालयले झापाका १५ वटै पालिकामा माघ २५ गतदेखि औषधि खुवाउन सुरु गरिने बताउँदै कार्यक्रमको शुक्रवार चन्द्रगढीमा सुभारम्भ गरेको हो । झापासहित देशभर १३ वटा जिल्लामा चलाइने अभियानमा माघ २५ गते शनिवारदेखि औषधि खुवाउन सुरु गरिने जनस्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले बताए । उनले प्रत्येक पालिकाका विभिन्न स्थानमा ४१३ स्वास्थ्यकर्मीसहित ६१३ जना स्वयमसेविका खटाइसकेको बताए । उनका अनुसार यस बर्ष प्रदेश नम्बर १ का झापा, मोरङ र…

Read More