झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १६ माघ । नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी देवी सिंहले २० दिनभित्र खाली गर्नुपर्ने भएको छ । सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे पनि सर्वोच्चले ११ पुस २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपकुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले घर जग्गा दाइजो नठहर्ने फैसला गरेको थियो । नेपाल ट्रस्टले सर्वोच्चको फैसला कार्यान्वयन गर्न भन्दै सिंहको नाममा पत्र काटेपछि पुनरावलोकनको माग गर्दै उनले निवेदन दिएकी थिइन् । सर्वोच्चबाट भएको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दिएपछि नेपाल ट्रस्ट केही समय हच्किएको थियो । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, १६ माघ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार,…

Read More

काठमाडौं,१५ माघ । काठमाडौंमा बंगलादेशी ४५ वर्षीय मोहिद्दिन अहमदको ह’त्या भएको छ । सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा उनको ह’त्या भएको हो । अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् । एक हप्ताअघि उनको ह’त्या भए पनि ढिला गरी सार्वजनिक भएको हो । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरले बोतलले टाउकोमा हानेको अवस्थामा उनको शव भेटिएको बताए । अहमद क्यासिनोका नियमित ग्राहक भएको बताइएको छ । उनीसँगै होटलमा बसेका एक जना फरार छन् ।

Read More

बिर्तामोड, १५ माघ । हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन सामुहिक प्रतिबद्धता गरिएको छ । झापाको बिर्तामोड नगरपालिकाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान अन्तरगत बुधबार आयोजना गरेको ‘नगरपालिकास्तरीय योजना तर्जुमा गोष्ठी’का सहभागीले अभियान सफल बनाउने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प ्रमुख तुलसी पोखरेलले औषधिका विषयमा जनमानसमा भ्रम रहेकाले उद्देश्य भेट्टाउन नसकिएको बताए । उनले अभियान सफलताका लागि सरकार मात्र नभई राजनीतिक दल, स्वास्थ्यकर्मी र आममानिसको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘अभियान जसरी पनि सफल बनाउनु हामी सबैको साझा दायित्व हो ।’ कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले हात्तीपाइले विरुद्धको औषधि सबैलाई सेवन गर्न आग्रह गरे ।…

Read More

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताउनुभएको छ । वसन्तपञ्चमीका अवसरमा उहाँले आज दिनुभएको शुभकामना सन्देशमा सरकारले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाउँदै लगेको बताउँदै प्रधानमन्त्री ओलीले समाजमा सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेकामा जोड दिनुभएको छ । उहाँले वैदिक कालदेखि नै प्रज्ञाप्रकाशको प्रतीकका रुपमा सरस्वती पूरा गरी मनाइँदै आएको यस पर्वका अवसरमा काव्यविनोदी स्रष्टा, सर्जक, साहित्य, सङ्गीत, कला साधक तथा ज्ञानका अध्येतामा समेत शुभकामना व्यक्त गर्नुभएको छ । “वैदिक मान्यताअनुसार सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत…

Read More

आफ्नो जन्मदिनकै दिन हास्यकलाकार विल्सनविक्रम राई तक्मेबुढा बाबु बनेका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जाल मार्फत आफु छोराको बाबु बनेको बताएका हुन् । एक वर्षअघि गुपचुपमै बिहे गरेका उनी छोराको बाबु बनेपछि खुशी व्यक्त गरेका छन् । बिहे गरेको ६ महिनापछि मात्रै बिहे भएको खबर सार्वजनिक भएको थियो । १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राई आज ३४औं जन्मदिन मनाएका छन् ।

Read More

झापा, १५ माघ । मादक पदार्थ सेवन गरी आफ्नै सात वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ बाट एक ३० वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिमाथि हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

Read More

मोरङ, १५ माघ । फेसबुकमा अनलाइन पसल देखाएर लाखौँ ठगी गर्ने एक गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद ६७ लाख १९ हजार ७५०, ३७ वटा एटीएम कार्ड, ५८ वटा चेकबुक लगायत विभिन्न सामान बरामद गरिएको हो । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–३ का निरन्जनप्रसाद आचार्य, जन्तेढुंगा गाउपालिकाका शिवजी खड्का, देवी चौलागाई, सुनसरी धरान नगरपालिकाकी भवना राई, सरिता परियार, वर्षा कार्की, सानु गौतम र लक्ष्मी कार्की रहेका छन् । उनीहरुले सामान फेसबुकमार्फत अर्डर गरी ह्वाट्स एपमार्फत बैकमा पैसा हाल्न लगाउने र सामान नै नदिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

Read More

काठमाडौँ, १५ माघ । मिर्गौलाको नियमित डायलाइसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो ९चार घण्टाको० क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिएका थिए । उनले हालैसम्पन्न मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई निरन्तरता दिएर तीन महिनाको ग्रेसमार्क दिइएको बताउँदै बिदा हुन मन भए मार्गप्रशस्त रहेको बताए । उनको भनाइ थियो, ‘सरकारको कार्यकाल दुई वर्ष पुग्न लागेको बेला मिडियाले थुप्रै कुरा लेखेका छन् । कतिपय सन्दर्भ आलोचनात्मक, आक्रोशपूर्ण र अतिरञ्जित पनि छन् । तर केही प्रशंग मिलेका पनि छन् । मन्त्रीहरुको कार्यशैली, कार्यसम्पादन, प्रस्तुति चित्त नबुझ्दो भएको कुरामा म पनि सहमत छु ।’ ‘कर्मचारीलाई काम लगाउन सकिएको छैन ।…

Read More

काठमाडौँ, १५ माघ । हत्या गरेको आरोप लागेका प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अनुसन्धान प्रक्रियाको विवरण ३० दिनभित्र पठाउन मङ्गलबार सर्वोच्च आदालतले गृह मन्त्रालयलगायतका निकायलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश भएको मितिले ३० दिनभित्र प्रगति विवरण पठाउन आदेश दिएको हो । व्यक्ति हत्याजस्तो गम्भीर आरोप लागेका व्यक्तिलाई व्यवस्थापिका संसद्को शीर्ष नेतृत्वमा पदासीन गराउने गैरसंवैधानिक, गैरकानुनी र अन्तर्राष्ट्रिय मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More