झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३ जेठ । झापा र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगरसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ २ गते मोरङ रतुवामाइ नगरपालिका–२ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ रतुबामाई–८ का ३३ वर्षीय नबिन नेपालीको साथबाट २ ग्राम ५०० मिलिग्राम, रतुवाम–९ का २५ वर्षीय मनिस राई र ३३ वर्षीय डिकेन्द्र तामाङको साथबाट ७ ग्राम ४ सय ३० मिलिग्राम, मोरङ पथरी शनिश्चरे–२ का ३१ वर्षीय बुद्धिराज राई र ३० वर्षीय सूर्य बिकको साथबाट ४ ग्राम ७ सय ५० मिलिग्राम, मोरङ कानेपोखरी–७ क ३८ वर्षीय जोनी…

Read More

भद्रपुर, ३ जेठ । झापाको शिवसताक्षीमा कुखुरी प्रहारबाट एक जना घाइते भएका छन् । आज बिहान शिवसताक्षि नगरपालिका–३ पाराबारीका ४० वर्षीय मनकुमार तामाङ र उनका छोरा १८ वर्षीय सुसन तामाङबीच घरयासी कुरामा विवादका क्रममा मनकुमारले सुसनमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट सुसनको टाउको र दाहिने खुट्टाको घुँडा पछाडि काटिएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी धरमपुरबाट प्रहरी टोली खटिएको छ । घाइतेलाई उपचारका लागि निम्स अस्पताल दमक पठाइएको छ भने उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खुकुरी र खुकुरी प्रहार गर्ने मनकुमारलाई प्रहरी चौकी धरमपुरको नियन्त्रणमा राखिएको छ भने इप्रका झिलझिलेबाट थप…

Read More

काठमाडौँ, ३ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ८१ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ६३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ६३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।…

Read More

हल्दिबारी, ३ जेठ । झापाको हल्दिबारी गाउँपालिका–२ राईटोलका आगलागीपीडित विष्णु कट्टेलको परिवारलाई सामाजिक अभियन्ता तथा सहयोगी दाताको पहलमा निर्माण गरिएको सुरक्षित आवास औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। २०८१ चैत ११ गते राति भएको आगलागीबाट घर पूर्णरूपमा नष्ट भएपछि घरवारविहीन भएका कट्टेल परिवारलाई न्यानो छाना दिने उद्देश्यले सामाजिक अभियन्ताहरू जुटेका थिए । त्यसैको परिणामस्वरूप करिब ६ लाख ५० हजार लागतमा निर्मित नयाँ घर अब उनीहरूको नाममा हस्तान्तरण गरिएको हो। भवन हस्तान्तरण कार्यक्रम हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रको प्रमुख आतिथ्य तथा वडा सदस्य एवम् सामाजिक अभियन्ता विष्णु राईको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि वन, वडा अध्यक्ष शुकलाल…

Read More

बिर्तामोड, ३ जेठ । झापाको बिर्तामोडमा शुक्रबारदेखि राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । बिर्तामोड चेस क्लबको आयोजना तथा किरात याक्थुम चुम्लुङको सह–आयोजनामा ‘उभौली पर्व प्रथम राष्ट्रियव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता’ शुरु भएको हो । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले चेसको गोटी चालेर संयुक्त रूपमा गर्नुभएको थियो । आज भएको पहिलो र दोस्रो चरणको खेलमा नेपाल च्याम्पियन रुपेश जैशवाल, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, राजन सुवेदी, पुरुषोत्तम चौलागाईं, झापाका प्रकाश नेपाल, ज्वाला लिम्बू, पाँचथरका रिसोन थापा, महेन्द्र साम्वाहम्फेले दुवै खेलमा सफलता हात पारेर दुई अंक जोड्न सफल हुनुभयो । बिर्तामोड…

Read More

झापा, ३ जेठ । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ । एशियाली विकास बैंकको सहयोगमा रु. १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ । निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न आज पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख ई। सुनिलबाबु पन्तले बताउनुभयो । मनसुनी वर्षा सुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायात समेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक रहेको उहाँको भनाई छ । “डाइभर्सन बनाइएका स्थानमा खाल्डाखुल्डी भएकाले बर्षाको…

Read More

झापा, ३ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि…

Read More

बिर्तामोड, २ जेठ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुटेको छ । रोटरी क्लब अफ बिर्तामोड, अग्रसेन भवन बिर्तामोडका अध्यक्ष तथा उद्योगी सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले आज गृहले स्थापना गरेको कोषलाई नगद २१ हजार रुपैयाँ प्रदान गरेका हुन् । आज भएको सहयोग हस्तान्तरण कार्यक्रममा नारी सञ्चार गृह झापा अध्यक्ष रेजिना गौतम, सहसचिव तथा अक्षयकोष व्यवस्थापन समितिका संयोजक जोश्ना श्रेष्ठ, सदस्य दिपा सापकोटा, सदस्य तथा नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष विनिशा शर्मा सहभागी थिए । यसैबीच, कोषमा ५० लाख २१ हजार रुपैयाँ पुगिसकेको छ भने हालै सहारा नेपाल साकोसका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले…

Read More

चूडामणि वशिष्ठ‘श्रद्धा’ विनोद न्यौपानेद्वारा लिखित मुक्तक संग्रह हो । २०८! सालमा समकालीन साहित्य प्रतिष्ठान–बेलायतबाट प्रकाशित यस कृतिको भूमिका होम सुवेदीले लेख्नु भएको छ भने घनेन्द्र शर्माले शुभकामना अर्पण गर्नु भएको छ । !!२ पृष्ठमा !७० मुक्तकहरूलाई बिटो कस्ने काम कविले गर्नु भएको छ । जीवन जगत शीर्षकमा !०९, प्रेम शीर्षक !४, राजनीति शीर्षक ४० र बालसुलभ शीर्षकमा ७ वटा मुक्तक प्रकाशित भएका छन् । वासुशशी शर्माप्रति समर्पण गरिएको प्रस्तुत पुस्तक कविको !! औं प्रकाशित पुस्तकाकार कृति हो । म कवि विनोद न्यौपानेलाई चिन्दिन । उहाँका यो बाहेक अरू !० वटा पुस्तक पनि देखेको छुइँन । त्यसकारण म यस पुस्तकका सम्बन्धमा…

Read More

झापा, २ जेठ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ । आज न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै मिश्रलाई उनका कानुन व्यवसायीको जिम्मा लगाएर तत्काल रिहा गर्न आदेश गरेको हो । मिश्रका तर्फबाट श्रीमती सारिका कार्कीले मंगलबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । शुक्रबार सर्वोच्चले थुनामुक्त गर्न आदेश गर्दै मिश्रसँग सम्बन्धित अधिकांश प्रमाण संकलनको कार्य सम्पन्न भइसकेको देखिएको र थप प्रमाण संकलन गर्नुपर्ने भएमा संकलन गर्न नसकिने अवस्था पनि नरहेको उल्लेख गरेको छ । तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा गत चैत १५…

Read More