झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्तोष शर्माबनियानी, ६ भदौ । झापामा जडीबुटी उत्पादन तथा प्रवद्र्धन गर्ने उद्देश्यले छ वटा स्थानीय तहमा जडीबुटी पकेट क्षेत्र निर्धारण गरिएको छ । सरकारको जडीबुटी विकास कार्यक्रम अन्तरगत जिल्लाका कमल गाउँपालिका, भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकामा जडीबुटी पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यक्रम अन्तरगत कमलमा हर्वो, वर्रो, अमला, बेल, भद्रपुरमा सिट्रोनेला, लेमनग्रास, कनकाईमा अश्वगन्धा, सर्पगन्धा, मेचीनगरमा पचौली, रुद्राक्ष, गुर्जा, अर्जुनधारामा पचौली, बेल र बिर्तामोड नगरपालिकामा निमको पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । कृषक, उद्यमी तथा सामुदायिक वनलाई कार्यक्रम अन्तरगत…

Read More

झापा, ६ भदौ । ने‌पाल बहुउद्दे‌श्यीय सहकार‌ी संस्था लिमिटे‌डले‌ १३ बै‌शाख २०७२ बाट एनएमसी दूध डे‌र‌ी सञ्चालनमा ल्याएपछि किसान उत्साहित बने‌ । उत्पादित दूधको‌ बजार‌ ग्यार‌े‌न्टीसहित सहकार‌ीले‌ ऋण लगानी गर‌े‌पछि झापामा व्यावसायिक रूपमा गाईपालन गनेर्‌ किसानको‌ संख्या पनि बढ्यो‌ । तर‌, किसानको‌ उत्साह लामो‌ समय टिक्न सके‌न । गाईको‌ दानाको‌ मूल्य बढे‌सँगै‌ दूधको‌ उचित मूल्य नपाउँदा किसानका लागि सहकार‌ीको‌ आश्वासन गलपासो‌ बन्यो‌ । एनएमसीले‌ बजार‌ मूल्यभन्दा कम मूल्य दिएपछि सहकार‌ीबाट ऋण गर‌े‌र‌ शुरु गर‌े‌को‌ गाईपालन व्यवसाय निल्नु न ओ‌कल्नु भएको‌ किसानहरूको‌ गुनासो‌ छ । ‘पहिले‌ डे‌र‌ीका सञ्चालकहरूले‌ तपाईंहरू गाई पाल्नुहो‌स्, हामी लगानी गरि‌दिन्छौ‌ँ । दूध पनि हामी नै‌ किनिदिन्छौ‌ँ । अब किसानलाई टाई–सुटमा ठाँटिएर‌ हिँंड्ने‌ बनाउँछौ‌ं भने‌र‌…

Read More

झापा, ६ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज झापाका चार स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका १५ स्थानीय तहमध्ये दुई गाउँपालिका बुद्धशान्ति, गौरीगञ्ज र दुई नगरपालिका मेचीनगर र गौरादहले उक्त अवसरमा आज सार्वजनिक बिदा दिएको छ । ती स्थानीय तहले सूचना जारी गर्दै बिदा बारे जानकारी गराएका छन् । नगरपालिकामा बसेको बैठकले बिदा दिने निर्णय स्वीकृत गरेको मेचीनगर नगरपालिकाका नगरप्रमुख बिमल आचार्यले जानकारी दिनुभयो । ‘स्थानीय तहले स्थानीय चाडपर्वमा बिदा दिन पाउने कानूनी व्यवस्था छ’, उहाँले भन्नुभयो, ‘नगरपालिकामा भएको बैठकबाटै बिदा स्वीकृत गरेका हौँ ।’ गाउँपालिकाको हिजो बसेको बोर्ड बैठकले जन्माष्टमीमा बिदा दिने निर्णय गरेको गौरीगञ्ज गाउँपालिकाका प्रमुख…

Read More

गाईघाट, ६ भदौ । जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका ब८ला८त्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालको एकल इजालासले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ लालपताका ४५ वर्षीय रामबहादुर विकलाई छ वर्षीया बालिकालाई ब८ला८त्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताउनुभएको छ । आफ्नो छिमेकीका छ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर ललाईफकाइ २०७५ माघ १८ गते बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रामबहादुरलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा…

Read More

पोखरा, ६ भदौ । वडाध्यक्षले अरुलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारले चित्तदुखाइ छ । ‘निर्वाचित हुनुअघि वडाअध्यसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरु सबै सदस्यलाई तपाईं भन्नुहुन्छ, मलाई भने ‘तिमी’ भन्नुहुन्छ ।’ आफू दलित भएकैले हेपेर सम्बोधनमा विभेद गरिएको उनको बुझाइ छ । वडाध्यक्ष प्रकाश पौडेलले आफूहरुसँग सरसल्लाह नै नगरी काम गर्ने गरेको समेत परियारले गुनासो गरिन् । परियारका अनुसार दलित विद्यार्थीलाई पोसाक वितरण कार्यक्रमको उनी संयोजक थिइन् । वडामा १ लाख रुपैयाँबराबरको विद्यालय पोसाक बाँड्ने योजना थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

ओखलढुंगा, ६ भदौ । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् । कुन तहको खाना खर्च कति ? मानेभन्ज्याङ : २० लाख १४ हजार खिजीदेम्बा : १९ लाख १९ हजार सिद्धिचरण : १८ लाख ६९ हजार चम्पादेवी : ११ लाख ३४ हजार सुनकोशी : ६ लाख ८१ हजार चिसंखुगढी : ३ लाख ६७ हजार जम्मा : ७९ लाख ८५ हजार यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, ६ भदौ । झापाको शिवसताक्षी नगरपालिका–१० सुकुम्बासी बस्तीका साहेब सरदार माई खोला तर्ने क्रममा खोलाले बगाएर बिहीबार बेपत्ता भएका छन् । सुकुम्बासी बस्तीका अन्दाजी ४२÷४३ वर्षीय सरदार खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर अस्थायी प्रहरी चौकी माईधारमा प्राप्त भएपछि स्थानीयको सहयोगमा उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै, झापाको हल्दिबारी गाउँपालिका –१ डिम्माखुट्टी बस्ने रमेश मड्डीको छोरा वर्ष ३२ को सुरेश मड्डी सोही ठाउँ बस्ने दुर्गा पौडेलको घरमा काम गर्न जाने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । बिहीबार ४ बजे हल्दिबारी १ स्थित प्रहरी चौकी गोलधापमा मड्डीको खेतमा लडेर…

Read More

काठमाडौं, ६ भदौ । संविधानतः संघीय संसद्प्रति जवाफदेही र उत्तरदायी रहने संवैधानिक अंगहरुका प्रमुखमाथि प्रधानमन्त्रीले प्रत्यक्ष निगरानी गर्ने व्यवस्थासहितको विधेयक संसदीय समितिबाट पारित भएको छ । संवैधानिक व्यवस्थालाई चुनौति दिँदै संसद्को अर्थ समितिले संवैधानिक अंगहरुका प्रमुखले वित्तीय उत्तरदायित्व बहन गरे÷नगरेको सम्बन्धमा निगरानी गर्ने अधिकार प्रधानमन्त्रीलाई दिने प्रावधान राखेर विधेयक पारित गरेको हो । संवैधानिक अंगहरु संघीय संसद्प्रति उत्तरदायी हुने संविधानमा उल्लेख छ । अर्थ समितिले पारित गरेर संसद्मा पेस गर्ने तयारी गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन, २०७६ मा संविधानले संविधानिक निकायलाई दिएको अधिकार कर्तव्यसँग बाझिने प्रावधान राखेको छ । आजको नागरिक दैनिकमा खबर छ…

Read More

काठमाडौं, ६ भदौ । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाएका छन् । एकीकरण पूर्व अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो । बिहीबार बसको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वाथ्योउपचारका लागि सिंगापुर जाने भएकाले प्रचण्डको अध्यक्षमा चाँडै सचिवालय बैठक बसेर सांगठनिक एकताका बाँकी कामबारे निर्णय गरिने बताए । आजको समाचार नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक‘अप्रिय’ बन्यो । बैठकमा ठोस एजेन्डाबारे छलफल भएन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन । सहभागी एक नेताका अनुसार संवाद यतिसम्म तल पुग्ने कि नेपालले ‘स्वाथ्य लाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले ‘तपाईँको स्वस्थ्य लाभको कामना चाहिएन’ भन्दै अस्वीकार गरे । पार्टीका गत शुक्रबार र आइतबारको बैठकका निर्णयलाई लिएर नेता नेपालले सातबुँदे लिखित असहमति राखेका थिए । बिहीबारको बैठकमा त्यही लिखित असहमति र त्यसपछि नेताहरुबीच उत्पन्न तरंगले प्रवेश पायो । आजको कान्तिपुर दैनिकमा खबर…

Read More