झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २५ साउन । सभामुख कृष्णबहादुर महराले सकारात्मक सोच एवं चिन्तनले नै समाज रुपान्तरण गर्न सकिने बताउनुभएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा आज यहाँ आयोजित ‘नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले नकारात्मकभन्दा पनि सकारात्मक सोचले समाज रुपमान्तरण गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “म भौतिकवादमा विश्वास गर्छु, अध्यात्मवादको पनि अध्ययन गर्न थालेको छु । समाजलाई अगाडि बढाउन यी दुवै वादका भूमिका आ–आफ्नै रहन्छ ।” विशेष गरी राजनीतिक नेतृत्वले सबै विचार सुन्नुपर्छ भन्दै सभामुख महराले समाजलाई सही मार्गमा लैजान आशावादी हुनुपर्ने बताउनुभयो । राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले आफ्नो घरमा बेदको पुस्तक भए पनि तत्कालीन…

Read More

पोखरा, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उहाँले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताउनुभयो । राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उहाँले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गर्नुभयो । पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पु¥याएर जनताको मन जित्नुपर्नेमा उहाँको जोड छ । गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय…

Read More

बाँके, २५ साउन । बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा श्रीमान्बाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षीया साकरुन बेहनाको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । उनकै बयानका आधारमा शव भेटिएको हो । भारतको श्रावस्ती जिल्लामा माइत भएकी साकरुनको दुई छोरा छन् । शेषले दिएको बयानका आधारमा उनले श्रीमतीलाई नेपाल–भारत सीमास्थित भारतीय जंगल नजिकै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । डेढ महिनाअघि विदेशबाट आएका ३० वर्षीय शेषले श्रीमतीको आचरणमाथि शंका लागेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । गत मंगलबार…

Read More

कमल खत्री बेनी, २५ साउन । बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन् । सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्ने रहर बेनीमा रहेको उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदिएको छ । पुन जस्तै पढ्ने रहर अधुरै भएका कतिपय आमाहरुका लागि यो विद्यालय साक्षर बन्ने सपना पूरा गर्ने थलो बनेको छ । कक्षा १ मा भर्ना भएर अध्ययन गरिरहेकी पुन अहिले खुशी छिन् । अक्षर र अंकसमेत…

Read More

रमेश लम्साल काठमाडौँ, २५ साउन । नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भयो । द्विपक्षक्षीय समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गर्नुभएको छ । नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशले लामो समयदेखि नै संयुक्त लगानी गर्न चासो व्यक्त गरिरहेको बेला दुई देशका उच्च अधिकारीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रअनुसार दुई देशबीच सहकार्यका लागि ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र सहसचिवस्तरमा संयुक्त प्राविधिक समूह गठन हुनेछ । आगामी दुई महिनाभित्रै…

Read More

अर्जुनधारा, २५ साउन । एक साताअघि यौनहिंसामा परेकी अर्जुनधारा–२ की चार वर्षीया बालिकाको परिवारलाई सहयोग प्रदान गरिएको छ । पीडित लाम्गादे परिवारलाई अर्जुनधारा वडा कार्यालय, सामाजिक संघसस्था, सामाजिक अगुवाहरुले सहयोग रकम सहित खाद्यान्य उपलब्ध गराइएको हो । पीडित बालिका परिवारलाई अर्जुनधारा–२ वडा कार्यालयले २ हजार २ सय रुपैयाँ, स्थानीय शान्ति सामुदायिक वन उपभोक्ता समूहले ५ हजार रुपैयाँ, सामाजिक अगुवाहरुबाट संकलित १९ सय रुपैंयाँ नगद रकमसहित चामल, दाल, खाने तेल खाद्यान्य समेत हस्तान्तरण गरिएको हो । पीडित बालिकाको घरमा पुगी उक्त रकम उपचार खर्चमा सहज होस् भन्ने उद्देश्यले हस्तान्तरण गरिएको सामाजिक अगुवा योगेन्द्र आचार्यले बताए । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले…

Read More

काठमाडौँ, २५ साउन । चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् । हातहतियार, लागू औषध ओसारपसार तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका निम्ति दुवै सुरक्षा बलले संयुक्त रुपमा गस्ती गर्न र जनमैत्री व्यवहारका निम्ति सुरक्षा कर्मचारीलाई तालीमको व्यवस्था गर्न पनि दुवै देश सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ । उच्च नेतृत्व र कार्यक्षेत्रमा खटिएका अधिकारीबीच नियमित छलफल तथा अनुगमन गर्न पनि दुवै देशका सुरक्षा बल सहमत…

Read More

चितवन, २५ साउन । गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताउनुभयो । “कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उहाँले भन्नुभयो । एक प्रश्नमा मन्त्री थापाले भन्नुभयो, “म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उहाँले बताउनुभयो । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिकरुपमा र प्रशासनिकरुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले बताउनुभयो ।…

Read More

ताप्लेजुङ, २५ साउन । हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् । बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ । नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् । आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक—पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ । किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

बलिउड अभिनेत्री सनी लियोनीले आफ्नो बायोपिकबाट मानिसहरुले प्रेरणा लिन सक्ने बताएकी छन् । उनले भनिन् , ‘म आफ्नो जिन्दगीलाई निकै मन पराउँछु । मेरो कहानी पूरै साँचो हो र मानिसहरुले यसमाथि भरोशा गर्छन् ।’ सनी लियोनी चाहना आफ्ना बच्चाहरु पनि आफूजस्तै मेहनती बनुन् । उनी भन्छिन्, ‘मलाई यो थाहा छ कि असल आमा बन्नका लागि बच्चासँगै रहनुपर्छ ।’ स्मरण रहोस्, सनी लियोनी र उनका पति डेनियल वेबरका तीन बच्चा छन् । सनी र डेनियलले यस वर्ष मार्चमा जुम्ल्याहा बच्चा (नोआ र अशर)लाई आफ्नो सन्तान बनाएका थिए । दुवैको जन्म सेरोगेसीमार्फत भएको थियो । सनीले निशालाई आफ्नो सन्तान बनाउँदा उनी २१…

Read More