
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय भएको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा। मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा। नारायण खड्का, मानबहादुर विश्वकर्मा, बन्दी पाण्डेलगायत नेता प्रस्तावित मन्त्रीको सूचीमा छन् । सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने तयारी छ । ‘हामीले सरकारका कामलाई नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने पूर्वघोषणाअनुसार सम्बन्धित मन्त्रालय हेर्ने संयोजकको लगभग टुंगो लगाएका छौँ,’ कांग्रेस स्रोतले भन्यो, ‘घोषणा हुँदासम्म तोकिएका नाममा मन्त्रालयको हेरफेर हुन सक्छ, तर नाम…
काठमाडौं, २१ बैशाख । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन् । स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवर्द्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा। जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन् । बेलायतका विभिन्न क्षेत्रबाट काउन्सिलरको दौडमा रहेका नेपाली समुदायका अन्य उम्मेदवार भने पराजित भए । बेलायतमा धेरै नेपाली बस्दै आएको अल्डरसटमा केसी पहिलोपटक नेपाली समुदायबाट निर्वाचित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार केसी ३ सय २८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले २ सय ८६ मत प्राप्त गरेका छन् । यसअघि लेबरले जित्दै…
काठमाडौं, २१ बैशाख । बंगालको खाडीमा आएको चक्रवात ‘फानी’को असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने जनाएको छ । शनिबार पूर्वीसँगै मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् मीनकुमार अर्यालले बताए । यस्तै, मध्यदेखि पश्चिमका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना रहेको उनले बताए । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने अनुमान छ । यस्तै, आइतबार पनि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य वर्षा हुने…
काठमाडौं, २१ बैशाख । पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको ‘सिगंटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ । अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा। मनुश्री गोयल भन्छन्, ‘हामीले २० देखि ८२ वर्षसम्मका दुई सय पाँच जनामाथि यो अध्ययन गरेका थियाँै । यी सबै मानिस पूरै स्वस्थ थिए,’ उनले भनिन्, ‘हामीले यो देख्न चाहेका थियौँ कि उमेरसँगै कसरी मेटाबोलिजम परिवर्तन हुन्छ ।’ मेटाबोलिजम मस्तिष्कमा हुने अक्सिजन तथा ग्लुकोजको मात्रा हो । यसको आधारमा मस्तिष्कले काम गर्छ । खानाबाट प्राप्त हुने ग्लुकोज…
विर्तामोड, २० बैशाख । लाली गुराँस टोल विकास संस्था विर्तामोड–४ ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ओमसाई हस्पिटल भद्रपुरको सहयोगमा सञ्चालित विशेषज्ञसहितको शिविरमा १८१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । सो अवसरमा एक लाख ७५ हजार मूल्य बराबरको निःशुल्क औषधी समेत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिए । विर्तामोड नगरपालिका–४ नम्बर वडाका वडाध्यक्ष कुलप्रसाद संग्रौलाले उद्घाटन गरेको शिविरमा कार्यक्रमको औचित्य माथि प्रकाश तथा स्वागत अम्बिकाप्रसाद न्यौपानेले गर्नुभएको थियो भने प्रेमा भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गोपी अधिकारीले गर्नु भएको थियो । शिविरमा फिजिसियन, स्त्री रोग, नाक, कान, घाँटी लगायतका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य…
झापा, २० बैशाख । बहुउद्देश्यीय लक्ष्य राखेर नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्धिका लागि विर्तामोड नगरपालिका वडा नंम्बर–९ की वडाध्यक्ष पवित्रा पाठकले १० हजार रुपैयाँ सहयोग प्रदान गरेकी छिन् । नारी सञ्चारगृहले काँकरभिट्टामा आयोजना गरेको तीनदिने अन्तरक्रिया तथा पत्रकारिता तालिमका क्रममा निर्वाचित महिला जनप्रतिनिधीले भोग्नु परेका समस्या र चुनौति विषयक अन्तरक्रियामा वडाध्यक्ष पाठकले नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् । रकम ग्रहण गदै अध्यक्ष भण्डारीले संस्थाको अभियानमा सहयोग गर्ने पाठक पहिलो जनप्रतिनिधी भएको जानकारी दिंदै पाठकको सहयोगले संस्थाको अभियानमा ईँटा थपिएको बताउँदै धन्यवाद दिइन् ।
विर्तामोड, २० बैशाख । झापाको काँकरभिट्टामा आयोजित प्रेस स्वतन्त्रता र सरकार विषयक अन्तरक्रियाले निर्वाचित सत्ता निरंकुश हुने निष्कर्ष निकालेको छ । नारी सञ्चारगृहको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तीनदिने अन्तरक्रिया तथा पत्रकारिता तालिमको अन्तिम दिन विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित अन्तरक्रियाबाट यस्तो निष्कर्ष निकालिएको हो । अन्तरक्रियाका प्रमुख अतिथि तथा सहजकर्ता खोज पत्रकारिता केन्द्रका अध्यक्ष शिव गाउँलेले निर्वाचित सत्ता निरंकुश बन्ने क्रम विश्वभरमै देखिएको उल्लेख गर्दै नेपालमा पनि त्यही संकेत देखिएका बताए । सरकार सत्ता र पत्रकारको सम्बन्ध लुकाउने र खोस्नेको कुस्ता कुस्ती भएको बताउँदै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका गाउँलेले अदालतको निष्पक्षता ढलपल नभएसम्म…
दिपक चापागाईं म श्रमिक हूँ मेरो सपनाहरु समुद्रको छालहरु झैं निरन्तर छछल्किँदै पसिना र रगत मिसिएर नदीको पानीसरि अविरल बगिरहेको छ । मालिक बन्ने सपना बोकेर दिन–रात पसिना बगाउँदा धाँजा फाटेका खेत झैँ मेरा हातका औंलाहरुले मेरी प्रेमिकाको यौवन र जवानी मुसारी रहँदा, उसको खिस्स हाँसो मेरो यौवन र जवानीको निम्ति उकालीमा भारी बिसाएर बस्ने चौतारी बनेर आइदिन्छ मुस्ताङका स्याउ झैं उनका गाला चन्द्रमुखी उनको अनुहारमा यौवनको बहाव आएको जब देख्छु अनि म भित्तामा झुण्डिएको ऐनामा महुरीले रस चुसेको फुल झैं मालिकले श्रम चुसेको मेरो अनुहार जुधाएर हेर्दा म झसंग हुन्छु मेरो आमाले चुसेका ती भुक्के मेरा गालाहरु सम्पन्नता खोज्दा…
विराटनगर, २० बैशाख । मोरङको बिराटनगर महानगरपालिका–१२ मंगलबारेमा ट्याक्टरको ठक्करबाट १ बालिकाको मृत्यु भएको छ । भित्रि सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ त २१२४ नम्बरको ट्याक्टरले सोही स्थान बस्ने दिप नारायण राजवंशीको छोरी अरूणोदय आधारभूत बिद्यालयमा कक्षा–४ मा अध्ययनरत वर्ष १० की चन्द्रकला राजवंशीलाई बिहान साढे ९ बजे स्कुल जाने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको प्रहरी चौकी बखरीले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजी भइरहेको उक्त कार्यालयले जनाएको…
बिर्तामोड, २० बैशाख । झापाको बुद्धशान्ति गाउँपालिका–४ जोरलाभरमा आज स्कुलबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान सवा ९ बजे भित्री सडक खण्डमा कर्णाली उच्च माध्यमिक बोर्डिङ स्कूलको मे १ ख १८१९ नम्बरको स्कुल बसको ठक्करबाट सोही स्थानका पैदलयात्री ४१ वर्षीय राजेन्द्र जबेगुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि प्रहरीले बस र चालक सोही बुद्धशान्ति–१ का ४६ वर्षीय गोपाल बराइलीलाई नियन्त्रण लिएको छ भने मृतकको शव कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको जिप्रका झापाले जनाएको छ ।