
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भैरहवा, १ जेठ । २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् । मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन् । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरलाई कार्यस्थलमा फाउण्डेसनले घुम्ती सेवाबाट खाना खुवाउने छ ।
रूपेन्द्र शेर्माउर्लाबारी, १ जेठ । मोरङ, पथरीकी व्यवसायी २९ वर्षीय रिना बस्नेतको हत्या नभएको अहिलेसम्मको प्रहरी अनुसन्धानबाट खुलेको छ । शवको अन्तिम पोष्टर्माटम रिर्पोटका आधारमा रिनाको हत्या नभएको प्रहरीले बताएको हो । फरेन्सीक (विधि विज्ञान) ल्याब रिपोर्टसँगै प्राप्त अन्तिम पोस्टमार्टम रिपोर्टले उनको हत्या नभएको पुष्टि गरेको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिनाको शव पोस्टमार्टम गरिएको थियो । रिनाको मृत्युको घटनालाई जोडेर तीन व्यक्तिसँग गरिएको पोलिग्राफ परीक्षणको अन्तिम रिपोर्ट सोमबार प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । प्रहरीले रिनासँग मोबाइल सम्पर्कका आधारमा ५० जनासँग सोधपुछ गर्दै अनुसन्धान गरेको थियो । प्रहरीले मृतक रिनाका…
काठमाडौं, १ जेठ । सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । ती जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमुख रहेका छन् । हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ । त्यस्तै, दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख रहेका छन् । अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र ५९ जिल्ला एसपीलाई खटाउन लागिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
धनगढी, १ जेठ । बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका लागि धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार पाँच सय रुपैयाँमा सम्झौता गरिसकेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भने युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । ‘केही दिनमै भाषा कक्षा सुरु हुन्छन् । प्रदेश सरकारको रातो किताबमा…
काठमाडौँ, १ जेठ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्याउन सांसदहरुले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरुले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा यो कार्यक्रममार्फत चार करोड रुपैयाँ दिइँदै आएको थियो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई लिएर सांसदहरु तीन धारमा विभाजित देखिएका छन् । अधिकांश सांसदले कार्यक्रमको रकम बढाएर १० करोड बनाउन माग गरिरहँदा केहीले भने यो कार्यक्रम हटाउनुपर्ने बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौँ, ३१ वैशाख । अरब देशको दातृ निकाय ‘कतार च्यारिटी’ले नेपालका विभिन्न जिल्लामा गरीब तथा विपन्न परिवारको आयआर्जन विकासमा सहयोग गर्दै आएको छ । पछिल्लो एक वर्षमै उक्त संस्थाले सीप विकाससँगै आयआर्जनका कार्यक्रम सयौँ गरीब तथा विपन्न समुदायलाई समेटेर कार्यक्रम सञ्चालन गरेको छ । रमजानको महीना पारेर ‘रमजान फुड प्याकेट डिस्ट्रीब्युसन’ कार्यक्रमअन्तर्गत हालैमात्र २०० भन्दा बढी गरीब, एकल महिला, असहाय परिवारलाई २५ किलो चामल, पाँच किलो पिठो, तीन किलो चना, तीन किलो चिनी, पाँच लिटर तेल र एक किलो नुन सहयोग गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्सादअलि शेखले जानकारी दिनुभयो । हुनेले नहुनेलाई सहयोग गर्नु मानवीय जिम्मेवारी भएको भन्दै…
सान नेपालगौरादह, ३१ बैशाख । के तपाँई आप्mनो जमिनबाट विजुलीको तार टांग्ने अनुमति दिन सक्नु हुन्छ ? त्यो पनि ५÷६ फिटकै उचाइमा ? तर यो यथार्थ गौरादह ९ मा देख्न सकिन्छ । यहाँका मानिसहरु बिजुलीको तार फिताले नाप्ने गरेका छन् । यो वास्तविकता देखेर जो कोहीलाई हैरानी हुने गरेको छ । यो स्थान गौरादह न.पा. कार्यालयबाट करिव ३ कि.मी.पूर्वतर्पm किष्ने खोला पारि रहेको छ । नाप्नु त टाढाको कुरा मात्र ५ फिट उचाइ भएको मानिसको घाँटीसम्म आउने गरीको तार टांगिएको यो दृश्य देख्दा नेपाल विद्युत प्राधिकरण कतिसम्म लापरवाही गर्न सक्छ भन्ने सिधा अन्दाज गर्न सकिन्छ । तस्विरमा देखिए अनुसार जमिनबाट…
इन्दु पूर्वेलीझापा, ३१ बैशाख । सरकारले सदनमा पेश गरेको मिडिया काउन्सिल, आमसञ्चार लगायतका पत्रकारितालाई नियन्त्रण गर्ने प्रकृतिको प्रावधान रहेका विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियनले ज्ञापनपत्र बुझाएको छ । नेपाल प्रेस युनियनको देशव्यापी विरोध कार्यक्रम अन्तरगत देशभरका सबै जिल्ला प्रशासनमार्फत राष्ट्रियसभाका सभामुख र संघीय संसदका सभामुखलाई ज्ञापन पत्र बुझाइएको हो । देशव्यापी कार्यक्रम अन्तरगत नेपाल प्रेस युनियन झापाले पनि जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र पठाएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, प्रदेश–१ का सदस्य रेजिना…
मोरङ, ३१ वैशाख । मोरङको ग्रामथान गाउँपालिका–७ नेता चोकबाट प्रहरीले बालुवासहित आज २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका–५ कसेनीमा निषेधित क्षेत्रको लोहान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेर लैजाँदै गरेको अवस्थामा को १ त ९७२० र को १ त ३८०२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । ट्याक्टरका दुवै चालक फरार रहेकाले खोजी कार्य भईरहेको तथा बालुवा सहित ट्याक्टरलाई इलाका प्रहरी कार्यालय हरैँचामा राखिएको छ ।
मोरङ, ३१ वैशाख। मोरङको रतुवामाई नगरपालिका–४ कटघरा भन्ने स्थानमा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती १ बजे हावाहुरी, बर्षासँगै खसेको चट्याङले लागेर सोही स्थान बस्ने ५० बर्षीया सञ्जोदेवी गनगाँई सिंहको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । त्यसैगरी निजको देवर ५० वर्षका बुधलाल सिंह र निजको छोरा १५ वर्षका सुरेश सिंह सामान्य घाइते भई रंगेली अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन ।