झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ६ फागुन । ‘डा ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यू–२१ फुटबल टोली आज अपराह्न भारत प्रस्थान गरेको छ । नेपाली टोली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर हुँदै भारतको गुहावटी गएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोली भद्रपुरसम्म विमानबाट र भद्रपुरबाट भारतको बागडोरासम्म स्थलमार्ग हुँदै सिलगुडी पुग्नेछ । एन्फाले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने २० सदस्यीय टोलीको बिदाइ गरेको हो । गुवाहाटी जाने टोलीमा २० खेलाडी र आठ अफिसियल समावेश छन् । प्रतियोगिता यही फागुन ७ देखि १४ गतेसम्म हुनेछ । टोलीमा गोलकिपर सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी डिफेन्डरमा छिरिङ गुरुङ ९कप्तान०, रन्दीप पौडेल,…

Read More

बिर्तामोड, ६ फागुन । निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले निसानको उत्कृष्ट गाडी “किक्स” नेपाल भित्रिए सँगै झापामा पनि बिक्रि सुरु गरेको छ । फागुन ५ गते नेपाली बजारमा भित्रिए सँगै सोमबारबाट झापाको बिर्तामोडमा समेत यसको आधिकारीक रुपमा बिक्रि सुरु गरिएको झापाका लागि आधिकारी बिक्रेता केशरिचंद भन्वरलालका निर्देशक केशब बंसलले बताए । आइतबार बिर्तामोडमा यो गाडीको एक कार्यक्रमका बिच बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष कुमार भट्टराईले औपचारीक उद्घाटन गरेका छन् । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहित आरामदायी सेवा दिने केशरिचंद भन्वरलालका निर्देशक बंसलले बताए । यसको फराकिलो भित्री भाग र स्टाइलिष्ट (आकर्षक) बाहिरी…

Read More

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ । भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । उहाँहरुले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा पनि जोड दिनुभयो । सांसद अमृता थापा र गणेश पहाडीले दोषी देखिए पाठकलाई कारवाही हुनुपर्ने माग गर्नुभयो । सांसद अमरेशकुमार सिंहले गायक शर्माको हालै सार्वजनिक गीतलाई रोक लगाइएको भन्ने सूचना सही हो भने त्यसले लोकतान्त्रिक अधिकार हनन हुने टिप्पणी गर्नुभयो । सांसद झपटबहादुर रावलले गायक शर्माको…

Read More

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्यमन्त्री लालबाबु पण्डितले ‘सङ्घीय निजामती सेवा विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको होे । छलफलका क्रममा सांसदहरुले उठाउनुभएका जिज्ञासामा मन्त्री पण्डितले विधेयक सङ्घीयताको मर्मविपरीत नरहेको स्पष्ट पार्दै यसले समावेशीको सिद्धान्तलाई आत्मसात गरी कर्मचारीलाई सक्षम बनाउने व्यवस्था गरेको छ भन्नुभयो । उहाँले राष्ट्रसेवकको मनोबल उच्च बनाई सरकारका सेवा प्रवाह र विकासमा इमान्दारीतापूर्वक जिम्मेवारी पूरा गराउनु पर्ने आवश्यकता रहेकाले सोही मर्मअनुसार विधेयकमा व्यवस्था गरिएको बताउनुभयो । मन्त्री पण्डितले सांसदहरुका…

Read More

केही दिनदेखि एउटा गीत निकै चर्चामा छ। त्यो हो गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको लोक गीत। गीत रिलिज भएको २४ घण्टा नपुग्दै युट्यूबको ट्रेन्डिङ नम्बर १० मा पुगेको थियो। सरकारको आलोचना गरेको भन्दै सत्तापक्षले आक्रोश पोखेपछि गीत युट्यूवबाट हटाइएको थियो। यो गीत हटाइएपछि चौतर्फी आक्रोश समेत पोखिएको छ। कसै कसैले त पञ्चायतकाल फर्केको भन्दै सामाजिक संजालमा आक्रोश पोखेका छन्। यस्तैमा कलाकारहरुले समेत यसको बिरोध गरेका छन्। निर्माता तथा अभिनेता दिपकराज गिरीले आफ्नो फेसबुकमा यही गीतलाई बंग्याएर यसको बिरोध गरेका छन्। उनले लेखेका छन्, ‘लुट्न सम्म लुट कान्छा लुट्न सम्म लुट धेरै बोले कारवाही हुन्छ चुपलागेर सुत…गुड नाइट’…

Read More

काठमाडौँ, ६ फागुन । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यकपर्ने रकम आफ्नै स्रोतबाट खर्च गर्ने भएको छ । यसका लागि रु सात अर्व ५२ करोड लाग्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । विस २०७५÷०७६ को बजेट वक्तव्यमा ‘पाँचवर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुरुप अगामी वर्ष १५ जिल्लामा कार्यक्रम विस्तार गरिने छ’ भन्ने उल्लेख गरिएको छ । तर विभागले तीन वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने योजना कार्यान्वयन शुरु गरेको छ । विभागका महानिर्देशक दीपक काफ्लेले प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सो जानकारी दिँदै राष्ट्रिय परिचयपत्र वितरणमा लाग्ने खर्च नेपाल सरकार आफैँको हुने…

Read More

श्रीनगर, ६ फागुन ।– भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो । गत बिहीबार भएको आत्मघाती आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेको बताइएको छ । भिडन्तका क्रममा एक सैनिक र अर्का एक सर्वसाधारण घाइते भएका छन् । भारत प्रशासित काश्मिरको प्रमुख शहर श्रीनगरबाट ४० किलोमिटर दक्षिणमा यो गोली हानाहान भएको बताइएको छ । पुल्वामामा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात रहेको भारतले दाबी गर्दै आएको छ । भारत प्रशासित काश्मिरमा भारतीय…

Read More

मैमाना, ६ फागुन । अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिनु भएको छ । सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकूका कमाण्डर मवलावी इस्माट इस्माटयारसहित १७ तालिबान लडाकूको घटनास्थलमा मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका रेजाईले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । यस सुरक्षा कारबाहीको क्रममा तीन सुरक्षा अधि कारीहरुले पनि ज्यान गुमाएका र अन्य चार सुरक्षा अधिकारी सामान्य रुपमा घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । यस कारबाहीको तालिबान आतङ्ककारी समूहले भने…

Read More

फिक्कल, ६ फागुन । मिर्गौला रोगपीडित दीपक शिवाको उपचारका लागि स्थापित ‘दीपक शिवा बचाऊ अभियान’मा रकम जुट्ने क्रम जारी छ । देउमाई नगरपालिका मङ्गलबारेस्थित त्रिवेणी युथ क्लबले सञ्चालन गरेको अभियानमा देश तथा विदेशबाट रकम जम्मा हुन थालेको हो । क्लबका सदस्य तथा देउमाई नगरपालिका–४ मङ्गलबारे बजार निवासी शिवाको दुबै मिर्गौलाले काम गर्न छोडेपछि उहाँ अहिले काठमाडौँस्थित क्रिष्ट अस्पतालमा उपचाररत हुनुहुन्छ । शिवाको उपचारका लागि रकम अभाव भएकाले क्लबले रकम जुटाउन दुई महीना अघिदेखि शुरु गरेको अभियानमा हालसम्म तीन लाख ८४ हजार सात सय पाँच रुपैयाँ सङ्कलन भइसकेको छ । दक्षिण कोरियाकास्थित इलामेली समाजका केदार निरौला र छुङछुङ नेपाली समाजका लोकेन…

Read More

सुनसरी, ६ फाल्गुन। सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङगेमा सोमवार प्रहरीले गोरु (बाच्छो) काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु–छोरालाई पक्राउ गरेको छ । दिउँसो १२ बजे सोही स्थान बस्ने धन बहादुर तामाङको घरमा अन्दाजी ६० किलोको गोरु (बाच्छो) काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङसहित निजको छोरा १९ वर्षका गोपाल तामाङलाई पक्राउ गरेको हो । गोरु काट्दैछ भन्ने सूचना पाएसँगै प्रहरी चौकी बाङगेबाट प्रहरी टोली खटिन गई दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More