झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उहाँले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने बाटो हुँदाहुँदै र संविधान संशोधन गर्ने व्यवस्था हुँदाहुँदै जनतामा फेरि अन्योल सिर्जना गर्ने काम भइरहेकामा चिन्ता प्रकट गर्नुभयो । जनताले छानेको संविधान र प्रणालीअन्तर्गत जनताले छानेको संसद् रहेको र न्यायाधीश पनि जनताको प्रतिनिधिको अनुमोदनबाट मात्रै हुन सक्ने भएकाले लोकतन्त्रमा जनता नै सर्वोपरि हुने बताउँदै विगतको उपलब्धिलाई रक्षा र वास्तविक सदुपयोग…

Read More

चलचित्र ुसम्हालिन्छ कहिले मनुको छायाँङ्कन लन्डनमा सुरु भएको छ। छायाँङ्कनको पहिलो दिन नायिका पूजा शर्मा र नवनायक सोनम तोप्देनले चलचित्रको पहिलो सट दिए। यो चलचित्रको छायाँङ्कन करिब दुई महिना लन्डनमा हुनेछ। चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन्। लन्डन प्रस्थान गर्नुअघि नायिका पूजा शर्माले चलचित्रको सम्पूर्ण छायाँङ्कन लन्डनमा हुने जानकारी दिएकी थिइन्। फिल्ममा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

Read More

काठमाडौँ, २८ माघ । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ । नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता तोकिएपनि विद्यालयको हिँउदे बिदा र अन्य बिदाका कारण फागुनको २१ देखि २३ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिदा र अन्य कारणले विद्यार्थीलाई खेलको पूर्वतयारी पूरा गर्न नसकेकाले नगर शिक्षा समितिको बैठक बसेर प्रतियोगिता फागुनमा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “नगरपालिकालाई खेलको माध्यामबाट विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । यसअघि नगरपालिकाले मेयरकप फुटबल प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ । बालसुधार माध्यामिक विद्यालय नयाँपाटीमा हुने प्रतियोगितामा नगरपालिकाभित्रका…

Read More

विराटनगर, २८ माघ। १ नम्बर प्रदेश अन्तर्गत सुनसरी र उदयपुर जिल्लामा आइतवार भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । साँझ पौने ८ बजे सुनसरीको रानधुनी नगरपालिका–४ बैठार चोकमा मोटरसाईकलको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ भने मोटरसाईकलमा सवार २ जना घाइते भएका छन् । साँझ ६ बजेको समयमा झुम्काबाट प्रकाशपुर तर्फ जाँदै गरेको बा. ५५ प. ६४३ नम्बरको मोटरसाईकलले को २ प. ४९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक रामधुनी– ४ बस्ने ३५ बर्षका कृष्ण परियार गम्भीर घाइते भई उपचारको लागि स्थानीय रामधुनी मेडिकल हुँदै थप उपचारको…

Read More

पशुपतिनगर, २८ माघ । प्रदेश नं १को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ । सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको हो । वर्षात्पछि बाक्लो हिमपात भएकाले इलामको नेपाल–भारत सीमाक्षेत्र मानेभञ्ज्याङदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्रमा अहिले यातायातका साधन चल्न सकेका छैनन् । वर्षात्सँगै भएको हिमपातले माथिल्लो क्षेत्रमा चार फिटसम्म हिमपात भएकाले शनिबारदेखि यातायातका साधन चल्न नसकेको सिंहलीला ल्याण्डरोभर एशोसिएसनका अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । पर्यटकीय क्षेत्रको पदमार्ग शुरु हुने मानेभञ्ज्याङस्थित लामीधुरादेखि तीन हजार ६३६ मिटर उचाइको सन्दकपुरसम्म शनिबार बाक्लो हिमपात भएको थियो…

Read More

काठमाडौँ, २८ माघ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ । प्रतियोगितामा एक÷एक जित निकालेको भारत र म्यानमारको समान तीन÷तीन अङ्क छ ।…

Read More

मोरङ, २८ माघ । मोरङको विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले आइतवार लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१० सन्सारी माईस्थानबाट प्रहरीले आइतवार राती लागूऔषध सहित २ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने २७ बर्षका विशुन प्रताप साह र सिन्धुली मरिण गाउँपालिका–४ बस्ने २४ बर्षका सुरेश माझीलाई पक्राउ गरेको हो । राती साढे ८ बजे शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्राभेट–३ हजार ट्याब्लेट फेला परेको थियो । बरामद लागूऔषध सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरमा राखि थप अनुसन्धान भईरहेको उक्त…

Read More

बुटवल, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा(का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभएको छ । पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको भन्दै उहाँले यो प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २०औँ साधारणसभा एवं दशौँ अधिवेशनको आज रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै महासचिव पौडेलले सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढङ्गले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने बताउनुभयो । महासचिव पौडेलले बुटवल–सुनौली छ लेन सडक निर्माण गर्न धेरै वर्ष लागेको प्रसङ्ग उल्लेख गर्दै यसको अनुभवबाट पाठ…

Read More

काठमाडौँ, २७ माघ । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले आजदेखि उक्त एप्स सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा निर्देशनालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले यातायात व्यवस्था ऐन २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुईवटा चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न उक्त एप्स सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टहरुमा जाँचकाक्रममा उही चालक भेटिएमा…

Read More

सुर्खेत, २७ माघ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादवले प्रदेशका अवस्था सङ्घले बुझ्न नसक्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित चार दिने ‘विपद् पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीको समापन कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा यादवले प्रदेशको आवश्यकता प्रदेश स्वयंले बुझ्न सक्ने जनाउनुभयो । मानव सूचाङ्कमा २ नम्बर र कर्णाली प्रदेशपछि परेकाले त्यसमा सरकारको विशेष जोड रहनुपर्ने उहाँले बताउनुभयो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेशमा समयमै संरचना र अधिकार नदिँदा प्रदेश सरकार समस्यामा परेको गुनासो गर्नुभयो । सङ्घीयताको सफल कार्यान्वयनका लागि सङ्घीय सरकार उदारतका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । स्वास्थ्य…

Read More