
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
उर्लाबारी, २७ माघ । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । मोरङको उर्लाबारी नगरपालिकामा आज स्थानीय राजपत्र सार्वजनिक गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन सकेन भने समस्या सिर्जना हुने बताउनुभयो । उहाँले जनतालाई सरकारको अनुभूति दिन पनि तीनवटै सरकार मिलेर अघि बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो । उहाँले स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यबीच पनि समन्वय र सल्लाह हुनुपर्ने बताउनुभयो । उहाँले विकास निर्माणका विषयमा तीनवटै सरकारका जनप्रतिनिधिबीच समन्वय र सल्लाह भएमा मात्र विकासले सही गति लिने विचार राख्नुभयो । उपसभामुख तुम्वाहाङ्फेले प्रतिनिधिसभाको तेस्रो अधिवेशन विधेयक…
पश्चिम बंगालमा तृणमूल कांग्रेसका विधायक सत्यजीत विश्वासको हत्या भएको छ । गएराती सरस्वती पूजा गरेर मञ्चबाट ओर्लने क्रममा उनको गोली हानी हत्या भएको हो । विधायक विश्वासको हत्याको अभियोगमा २ जनालाई पक्राउ गरिएको छ । साथमा हंसखली थानाका इन्चार्जलाई निलम्बन गरिएको छ । विश्वासलाई शनिबार राती गोली हानिएको थियो । उनलाई तत्काल नजिकको अस्पताल लगिएकोमा अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए । घटनाको समयमा उनी फुलबारी इलाकामा सरस्वती पूजाको कार्यक्रममा सहभागी भएका थिए । पुलिसका अनुसार आक्रमणकारीले उनलाई अत्यन्तै नजिक (प्वाइन्ट ब्ल्यांक रेन्ज) बाट गोली हानेका थिए । त्यस क्षेत्रमा ठूलो मात्रामा पुलिस तैनाथ गरिएको छ । सत्यजित नादिया…
नेपाली युवास्टार अनमोल केसी अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भएको छ। चलचित्रको टिजर बुढासुब्वा डिजिटलको युट्युबमार्फत आइतबार रिलिज भएको हो। एक मिनेट १३ सेकेन्ड लामो टिजरमा नायक केसी र नायिका सुहाना थापाबीचको प्रेम देखाइएको छ। यस चलचित्रबाट नायिका तथा निर्देशक थापाले आफ्नी छोरी सुहानालाई चलचित्र क्षेत्रमा डेब्यु गराउँदैछिन्। ‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानासँगै अर्पण थापा, सलोना बस्नेत, रवीन्द्र झालगायतको अभिनय रहेको छ। यो चलचित्रको रिलिज मिति आगामी चैत्र २९ लाई तोकिएको छ। चलचित्रमा सञ्जय लामाको छायाँङ्कन, रोशन श्रेष्ठका द्वन्द्व निर्देशन रहेको छ।
काठमाडौँ, २७ माघ । नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५ फागुनमा हुने भएको छ । ‘रन फर फन’ भन्ने मूल नारा रहेको उक्त प्रतियोगिता आगामी फागनु १८ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिने सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका केन्द्रपति शशीकिरण रायमझीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितमा विभिन्न पाँच विधाको स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ४२।१९५ किमिको म्याराथन, हाफ म्याराथन महिला ÷पुरुष तथा ४५ वर्षमाथि उमेर समूहको दौड, १० किमि दौड, पाँच किमिको वाकाथन र सैनिक विद्यालयकका छात्रछात्राको लागि पाँच किमिको दौड हुनेछ…
मेचीनगर, २७ माघ । लायन्स र लियो क्लब अफ अनारमनीले मेचीनगर नगरपालिका–१ स्थित मेचीडाँडामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्थानीय पारिजात महिला समूहको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा १ सय ५६ जनाले सेवा लिएका छन् । विष्णुकुमार पोखरेलको अध्यक्षता तथा मेचीनगर–१ का वडा सदस्य रामकुमार राईको प्रमुख आतिथ्यमा भएको शिविरमा डा. गौरीशंकर झाले स्त्री तथा प्रसूति, डा. प्रमोदकुमार शाहले मुटु तथा छाती र डा. डिकेश पोखरेलले पेट रोगका बिरामीका लागि सेवा दिएको लायन्स क्लब अफ अनारमनीका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए । लायन्स र लियो क्लब अफ अनारमनीले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको लियो क्लबकी कोषाध्यक्ष समिरा…
काभ्रेपलाञ्चोक, २७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपु¥याउन सबैमा आग्रह गर्नुभएको छ । बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार क्रमैसँग विकासनिर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।” उहाँले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले नेपाली नागरिकलाई भूमिहीन नबनाउन गाँस, बास र कपास उनीहरुको अधिकार हो भनेर कानून ल्याइएको बताउँदै भन्नुभयो, “जब जनताका कानून बन्दै गर्छन्, आउँदै गर्छन्, जनता बलिया हुँदै जान्छन्, अनि सुखी नेपाली समृद्ध नेपालको सपना पूरा हुन्छ । बनेपा नगरपालिका र स्थानीयवासीको सहयोगमा…
धादिङ, २७ माघ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ एम ९४८४ नं को भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले चेकजाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनाइ ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद गरएको हो । प्रहरीले चरेस कारोबारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला…
इलाम, २७ माघ । १ नम्बर प्रदेशको मोरङ र ईलाम जिल्लामा आइतवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मोरङको विराटनगर महानगरपालिका(३ बरगाछी चोकमा ट्रिपरको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । बिहान पौने ८ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ७०९२ नम्बरको ट्रिपरको ठक्करबाट तत्काल पहिचान खुल्न नसकेका मागी खाई हिड्ने पैदल यात्री अन्दाजी बर्ष ३५ को पुरुष व्यक्तीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालक सुनसरी खनार(५ बस्ने बर्ष ५६ को नुना सरदारलाई प्रहरीको नियन्त्रणमा राखिएको…
काठमाडौँ, २७ माघ । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँमा आधा दर्जन भन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । विदेशमा काम गरेर कमाएको पैसा अनउत्पादक क्षेत्रमा बढी खर्च गर्ने प्रवृत्ति बढ्न थाले पनि सरकारले नेपालमा हाल व्यवस्था रहेका सहुलियत ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना बनाएको हो । विदेशबाट फर्किएका युवाका लागि हाल नेपालमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा र भूकम्पपीडितहरुको…
काठमाडौँ, २७ माघ । नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिनुभयो । यसरी एसएसपी बढुवा सिफारिश भएकामा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम…