
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २६ माघ । वाग्मती सरसफाइ ३००औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो । शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर,सामाजिक संघसंस्थाका अभियन्ता, समाजसेवी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले पहिलेको जस्तै वाग्मतीको पानी पिउनसक्ने बनाए मात्र अभियानको सार्थकता हुने बताउनुभयो । उहाँले वाग्मती सरसफाइ अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै वाग्मतीलाई पुरानै स्वरुपमा बनाउनुपर्नेमा जोड दिनुभयो । ‘‘वाग्मतीको मुहानमा वर्षातको समयमा पानी सङ्कलन गरेर पानीको बहाव बढाउनुपर्दछ’’ उहाँले भन्नुभयो,‘‘जुन बहावले वाग्मतीमा भएको फोहरमैलालाई बगाएर…
कोलम्बियामा एक महिलाले आफ्ना १० वर्षीय छोरा सँगै हाम फालेर आत्महत्या गरेको दृश्य अहिले भाइरल बनेको छ । ऋणमा डुबेकी ति महिलाले अन्ततः आत्महत्याको बाटो रोजेकी थिइन्। उनी आफ्ना १० वर्षीय छोरालाई काखमा लिएर आत्महत्या गर्न पुलमा पुगेकी थिइन् । प्रहरीले थाहा पाउँने बितिक्कै त्यहाँ गएर उनलाई अपिल गर्यो। तर, उनको कदम देखेर ति प्रहरीनै रुँदै फर्के। काखमा रहेका छोरा समेत आमालाई हाम नफाल्न गुहार गरिरहेका थिए। अधिकारीहरूका अनुसार ३२ वर्षीया जेसी माउला परुज कु्रजले ऋणदाताले घरबाटै निकालिदिएपछि उनले यस्तो अवस्थामा पुगेकी हुन्। टोलिमास्थित ला भेरेन्टि पुलबाट ३३० फिट गहिराइमा उनले हाम फालेकी थिइन् । एजेन्सी
खस्यौली, २६ माघ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताउनुभएको छ । आज बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको छ भन्नुभयो । अध्यक्ष केसीले सङ्घीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै गणतन्त्रमाथि कालो बाँदल मडारिएको बताउनुभयो । राजनीतिक दलले हरेक ठाउँमा भागबण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै उहाँले नीतिगत भ्रष्टाचार अहिले झन बढेको दाबी गर्नुभयो । मुलुकमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन नहुने उल्लेख…
इलाम, २६ माघ । इलामको माङसेवुङ गाउँपालिका–४ मा शुक्रवार राती खुकुरी प्रहारबाट १ जना घाइते भएका छन् । खुकुरी प्रहारबाट सोही स्थान बस्ने २७ बर्षका सन्देश राई घाइते भएका हुन् । राईलाई राती ११ बजेको समयमा सोही स्थान बस्ने ५५ बर्षका अमृत प्रसाद राईले चोर भनि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट राईको टाउको, ढाड र हातमा चोट लागेर उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड.सी. अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । खुकुरी प्रहार गर्ने राईलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २६ माघ। जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका १ जना कैदीको मृत्यु भएको छ । जवरजस्ती करणी मुद्धामा १० बर्ष कैद सजाय भएका भद्रपुर नगरपालिका–७ महेशपुर घरभएका २५ बर्षका अनिल उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। । क्षयरोग सम्बन्धी बिरामी भई उरावलाई शुक्रवार साँझ ६ बजे उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा आज बिहान साढे १० बजे सोही अस्पतालमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
बलिउड सुपर्स्टार सलमान खान यो वर्ष विवाह गर्दैछन् । उनकी दुलही हुनेछिन् कट्रिना कैफ । सलमान र कट्रिनाको विवाहको तयारी पनि भइसकेको छ । तर यी दुईको विवाह ‘रियल’ मा नभई ‘रिल’ लाइफमा हुँदैछ । डिएनएको रिपोर्ट अनुसार सलमान र कट्रिनाको अपकमिङ फिल्म भारतका लागि वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन् । रिपोर्टका अनुसार यो एक विवाहको गीत हुनेछ । यो एक अपबीट गीत हो । यो गीतका लागि फिल्मको सेट फूलले सिंगारिँदै छन् । भारतको सेटबाट सामाजिक सामाजिक सञ्जाल ईन्स्टाग्रामबाट कट्रिनाको एउटा फोटो पनि सार्वजनिक गरेकी छिन् जसमा उनी बेहुलीको अवतारमा देखिएकी छिन् । यसअघि सलमान र कट्रिनाले माल्टामा…
काठमाडौँ, २६ माघ । लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँसहित देशैभर वर्षा भएको छ । केही स्थानमा भारी वर्षा तथा अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षा भएको छ । काठमाडौँमा २१।५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी भैरहवामा ५९, सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११, डडेलधुरामा…
सिन्धुली, २६ माघ । सिन्धुलीमा आज पानी, हावाहुरीसँगै परेको चट्याङ लाग्दा दुईजना घाइते भएका छन् । कमलामाई नगरपालिका– ५ चिसापानी झोरा निवासी २१ वर्षीय रवि श्रेष्ठ र १० वर्षीया प्रज्ञा श्रेष्ठ घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । अहिले घाइतेलाई उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको छ । दुवैजनाको हात र ढाडमा चोट लागेको र उनीहरुको अवस्था सामान्य नै रहेको उहाँले जानकारी दिनुभयो । सिन्धुलीमा बिहानैदेखि, हावाहुरी, केही स्थानमा असिना पानी परिरहेको छ । मेघ गर्जनसहित जिल्लाका धेरै भू–भागमा पानी परेको भएपनि क्षतिको भने अहिलेसम्म कतैबाट जानकारी नआएको उहाँले जानकारी…
विराटनगर, २६ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको जानकारी दिनुभयो । मन्त्री ढकालले मुलुकको ३३९ कानूनमध्ये १६५ निर्माण भइसकेको जानकारी दिँदै थप कानून संशोधन र निर्माण प्रक्रियामा छ भन्नुभयो । वाइडबडी जाहाजका विषयमा उत्पन्न विवादलाई समस्या समाधान गर्न छानबिन समिति बनिसकेको छ भन्दै मन्त्री ढकाले सत्य निरुपण मेलमिलाप आयोगका पदाधिकारीको म्याद समाप्त भए पनि आयोगको म्याद समाप्त नहुने उल्लेख गर्नुभयो । चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले…
द्रोण अधिकारी भद्रपुर, २६ माघ । भद्रपुर स्थित सडक स्तरीकरणको काम भइरहेका सडक निर्माण स्थलको अनुगमनमा खटिएका सुपरभाइजर कार्यस्थलमा नबस्दा गुणस्तरीय काम हुन नसकेको पाइएको छ । सघन शहरी विकास कार्यक्रम अन्र्तगत ६ वटा प्याकेजमा सडक स्तरीकरणको काम भइरहेका नगरमा चालु रहेका २० वटा निर्माण स्थलका लागि १२ जना सुपरभाइजर स्थलगत अनुगमनका लागि खटिएका भए पनि कार्य स्थलमा नबस्दा निर्माण कम्पनीको चाहना अनुसार काम भइरहेको पाइएको हो । सव ओभरसियर प्राविधिकका रूपमा खटाइएका भनिएका अधिकाम्स सुपरभाइजर कार्यस्थलमा बस्ने गरेका छैनन् । उनीहरूलाई खरिदार स्तिरको तलव भत्ता सहित करारको नियुक्ति दिएर सघन सहरी विकास आयोजनाले स्थलगत अनुगमनमा पठाएको जनाए पनि निर्माण…