
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २ फागुन । झापाको मेचीनगर–१२ स्थित कालीझोडामा फागुन ७ गतेदेखि ‘जिल्लास्तरीय फुटबल प्रतियोगिता–२०७५’ हुने भएको छ । नव कालिका युवा क्लबको संरक्षणमा रहेको नव कालिका खेल मैदानलाई रंगशालामा स्तरोन्नती गराउने उद्देश्यले प्रतियोगिता आयोजनामा गर्न लागिएको खेल संयोजक बसन्त सुब्बाले जानकारी दिए । ‘खेल मैदानलाई क्षेत्रीय रंगशालाको रुपमा स्तरोन्नती गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो’, प्रतियोगिताबारे जानकारी दिन बिहीबार मेचीनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । फागुन ७ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन १४ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाभरका आठ वटा टीमको सहभागिता रहने क्लबका सचिव जनक ल्वागुनले बताए । प्रतियोगितामा दमक फुटबल टे«निङ सेन्टर, काँकरभिट्टा फुटबल टे«निङ…
भद्रपुर, २ फागुन । झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ । एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको रु २५ हजारले चारवटा बाख्रा किनेर पाल्न शुरु गरेको हो । हाल विद्यालय परिसरमै रु दुई लाखभन्दा बढीका आठ खसीबाख्रा रहेको बाल क्लबका संरक्षक शिक्षक रमेश दाहालले बताउनुभयो । जिल्लाकै नमूना क्लबका रुपमा रहेको यस क्लबमा आबद्ध विद्यार्थीले नै बाख्राको हेरचाह गर्दै आएका छन् । “बाख्राको हेरचाह र खानपानको व्यवस्था आफैँ विद्यार्थीले गर्छन्”, उहाँले भन्नुभयो, “बिहान बेलुका भने विद्यालयमा रहेका पालेले सहयोग गर्नुहुन्छ ।” विद्यालयमा प्राविधिक…
काठमाडौँ, २ फागुन । सबै नागरिकलाई रोजगारीको प्रत्यायभूत गर्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक समारोहबीच प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणा गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैलाई रोजगारी अनिवार्य भएको बताए । सरकारले सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारीको अवसर सिर्जन गरी आगामी पाँच वर्षमा कुनै पनि नेपाली नागरिकले बाध्यकारी वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरेको जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार कार्यक्रम सञ्चालन गर्न प्रदेशको सहकार्यमा रोजगार सूचना केन्द्र स्थापना गरी ७ सय ५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रियासमेत अगाडि बढाइसकेको छ । कार्यक्रमको औपचारिक शुभारम्भ…
एजेन्सी । बलिउड फिल्म ‘गली ब्वाई’ मा रहेको अभिनेत्री आलिया भट्ट र रणवीर सिंहबीचको ‘किसिङ सिन’मा सेन्सर बोर्डले कैची लगाएको छ । सो सिनले टेलिभिजनलगायतका दर्शकलाई नकारात्मक असर पार्ने र १३ सेकेन्डको ‘किसिङ सिन’ ले युवामा भ्रम पैदा हुने भएकोले केही काटछाट गरिएको सीबीएफसीले जनाएको छ । साथै किसीङ सिनको ‘क्लोजअप’लाई हटाएर ‘वाइडर शट’ बनाइएको छ । फेब्रुअरी १४ मा रिलिज हुने यो फिल्म एक र्याप गायकको जिन्दगीमा आधारित रहेको छ ।
झापा, २ फागुन । झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षीय किशोरी ईश्वरा गदाल हराएको १० महिना बितिसकेको थियो । आमा भीममायाले पनि छोरी फर्किन्न होला भनेर लगभग माया मारिसकेकी थिइन् । तर दुई साताअघि मेचीनगर नगरपालिकाबाट खबर आयो ‘छोरी भारतको कोचविहारमा छिन् ।’ दस महिनादेखि बेपत्ता छोरीलाई भेट्दा उनले बुधबार आँसु थाम्नै सकिनन् । ‘छोरी अब फर्किन्न होला भन्ने लागेको थियो,’ भनिन्, ‘आँखाअघि छोरीलाई देख्दा ज्यादै खुसी लागको छ ।’ पश्चिम बंगालको कोचविहारस्थित सरकारी स्वामित्वको बालिका आवस गृहबाट आएको एक टोलीले ईश्वरालाई स्थानीय सरकारसमक्ष बुझायो । उनी १० महिनादेखि त्यही बालिका गृहमा आश्रित थिइन् । नगरका सामाजिक विकास अधिकृत अनन्त…
सान नेपाल नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशहरुमा अध्यात्म अभियन्ताको रुपमा चर्चित नाम हो डा. जय प्रकास अग्रवाल । दशकौँ देखि आध्यात्मिक जागरण अभियानमा विश्वव्यापी रुपमा देखापर्नु भएका डा. अग्रवाल नेपालीहरुका लागि पनि निकै लोकप्रिय नाम हो ।हिन्दी, अंग्रेजी, नेपाली, तिब्बतीयन र मारवाडी भाषामा प्रवचन दिन सक्ने अग्रवालको जन्म २००३ सालमा भारतको कालिङ्पोङ्मा भएको हो । स्कोटिस् युनिभर्सिटी मिसन इन्स्टिच्युट दार्जीलिङबाट प्रारम्भिक र कलकत्ता विश्वविद्यालयबाट उच्च शिक्षा लिनु भएका अग्रवाल न्योरोलोजी (मेडिकल साइन्स) विषयमा विद्यावारिधी गर्नु भएको हो । मेटा फिजिकल अर्थात् अपरा विद्याको विषयमा धारावाहिक प्रवचन दिँदै चर्चाको शिखरमा पुग्नु भएका दार्शनिक व्यक्ति अग्रवाल, अध्यात्म र विज्ञान बीचमा…
काठमाडौं, २ फागुन । सरकारले १८ देखि ५९ वर्षका बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने भन्दै बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । यस वर्ष यो कार्यक्रमका लागि बजेटमा तीन अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस कार्यक्रमले ५ वर्षभित्र झन्डै ७ लाख रोजगार सिर्जना हुने श्रम रोजगरा तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ । मन्त्रालयले यो कार्यक्रम प्रदेश र स्थानीय तहसँग समन्वय गरी रोजगार सेवा केन्द्रमार्फत कार्यान्वयन गर्नेछ । सूचीकृत बेरोजगार परिवारलाई सरकारले एक सय दिनको न्यूनतम तलबको ५० प्रतिशत (झन्डै २२,४१७ रुपैयाँ) निर्वाह भत्ता दिनेछ । स्थानीय तहमा स्थापना हुने रोजगार सेवा केन्द्रले आउँदो चैत्र महिनाभरि…
काठमाडौं, २ फागुन । समाजिक सञ्जाल ९फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायत०लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरको छ । यसअघि सञ्जाल नियमन गर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार एनेअनुसार कारबाही चलाउँदै आएको थियो । सरकारले बुधबार संसद सचिवालमा ल्याएको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधयकमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म जेल सजाय हुने कानुन प्रस्ताव गरिएको छ । विद्युतीय कारोबार ऐनलाई खारेज गरेर यो कानुन ल्याउन लागिएको हो । विधेयकमा सामाजिक सञ्जालबाट कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्रापकलाई भ्रममा पार्न नपाइने…
भद्रपुर, २ फागुन । ‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ । ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो । अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्,’ उनी भन्छिन् । गुलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन् । अब उनी छोरीको पढाइ यहीं रोकिदिन चाहन्छिन् । किनभने उनलाई छोरीको बिहे नहुने चिन्ता छ । ‘मेरी छोरीले धेरै पढेकैले २१ वर्ष पुग्दा पनि बिहे हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘१२ सम्म पढाउँदा त यस्तो छ । अझ बढी पढाउने हो भने के…
काठमाडौं, २ फागुन । वैदेशिक रोजगारीमा जाने युवालाई स्वेदेशमै रोजगारी दिने मुख्य लक्ष्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कार्यक्रम शुभारम्भ गरे । स्वदेशमा रोजगारका अवसर नपाएको भन्दै बिदेसिने युवाको संख्या घट्न नसकेपछि श्रम, रोजगारतथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रमको योजना बनाएर कार्यान्वयनमा ल्याएको हो । ‘सबैका लागि रोजगार ः संवैधानिक अधिकार’ नारा दिइएको कार्यक्रमले सकेसम्म युवलाई श्रम गर्ने विभिन्न १३ क्षेत्रमा रोजगारी दिने र त्यति गर्दा युवाले रोजगारी नपाए वर्षको ५० दिन बराबरको प्रतिदिन चार सय ४८ रुपैयाँ पारिश्रमिकका दरले २२ हजार चार सय रुपैयाँ निर्वाह भत्ता दिने ग्यारेन्टी गरेको छ ।…