झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ, ६ माघ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्सानेस्थित पूर्ब–पश्चिम राजमार्गमा ३ वटा सवारी साधनले एक आपसमा ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेको समयमा पूर्बबाट पश्चिमतर्फ जादै गरेको बा१५ च ४०५० नम्बरको जिपर पश्चिमबाट पूर्बतर्फ आउदैगरेकोको १४ प ९२०५ नम्बरको मोटरसाईकल र सोहि दिशा तर्फ जादै गरेकोमे १ ख २६६६ नम्बरको बस एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक सोहि स्थान बस्ने १९ बर्षीय आकाश खत्री घाईते भई उपचारको लागि धरानको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । उपचारको क्रममा रहेका खत्रीको सोही दिन दिउँसो सँवा ४ बजेको समयमा मृत्यु भएको थियो भने जिपरबसका चालक…

Read More

झापा, ६ माघ । झापाको दमक नगरपालिका–१० दङदङगेमा आफ्नै हजुरबुवालाई कुटपिट गर्ने नाती पक्राउ परेका छन । शुक्रबार साँझ ६ बजेको समयमा २० बर्षीय सागर कार्कीले आफ्नै हजुरबुबा –७५ बर्षका धनबहादुर कार्कीलाई सामान्य बादबिबादको क्रममा कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाईते भएका धनबहादुरलाई उपचारकोलागि गोदाबारी हस्पिटल उर्लाबारीमा राखिएको छ भने कुटपिट गर्ने सागर कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

विर्तामोड, ६ माघ । लेखिका भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को वृहत चर्चा गरिएको छ । विर्तामोडमा शनिबार एक कार्यक्रमको आयोजना गरी लेखिका ढुंगेलको कृति ‘प्रेमिल’ बारे चर्चा गरिएको हो । लेखिका ढुंगेल तथा लेट्स रन नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लेखिका ढुंगेलको उपन्यास प्रेमिलको चर्चा परिचर्चा सँगै कवि नवराज पराजुलीले आप्mना कविता कार्यक्रममा बाचन गरेका थिए । साहित्यिक फाँटका अग्रजहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सुरज ओलीको प्रमुख आतिथ्य रहेको थियो भने तेजराज खतिवडा तेराखको विशिष्ट आतिथ्यता रहेको थियो । सो कार्यक्रममा कोमलप्रसाद पोखरेल, कुमार खड्का, मात्रिका संग्रौला, प्रेमप्रसाद पोखरेल लगायतको आतिथ्यता रहेको थियो । प्रेमिलका बारेमा कुमार भट्टराई…

Read More

भद्रपुर, ६ माघ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गर्नुभएको छ । आज यहाँ प्रेस क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको बजेट रोकेका कारण निर्माण पूरा नभएको आरोप लगाउनुभएको छ । वर्तमान प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विसं २०७२ असार २८ गते सो सभागृहको संयुक्त शिलान्यास गर्नुभएको थियो । भद्रपुर नगरापालिका–८ मा मेची रङ्गशालाको पश्चिममा निर्माणाधीन सो सभागृह निर्माणका लागि प्रेरा शाह जेबीले रु १२ करोड ७२ लाख ६९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण थालिएको…

Read More

नरेश गुरुङ/ यात्रा संस्मरण सहकर्मी तिलक योञ्जनको भेटले सात बर्षपछिको खुदुनाबारीको दोस्रो पटकको यात्रा जु¥यो । इलाम रोङ गाउँपालिका वडा नं. –२ का स्थायी बासिन्दा तामाङ परिवारका एक सदस्य २२ बर्षीय ललितको मृगौला फेल भएपछि उपचारका लागि सहयोगको खोजीमा थिए । खुदुनाबरी बजारमा अवस्थित शनिअर्जुन नगरपालिका वडा नं. २ र ३ को संयुक्त कार्यालय परिषरमा भएको पत्रकार भेटघाट कार्यक्रममा सहभागी भइयो । त्यस कार्यक्रममा स्थानीय समाजसेवी, आफन्तजन, परिवारजन लगायतको उपस्थिति थियो । उनको परिवारको अवस्था थाहा पाउँदा लाग्यो थोरै भएपनि सहयोग गरौं । कार्यक्रम पछिको भेटमा ललित बचाउँ अभियानका एक सहयोगी दाइसँगको भेटले भोली बुधबार ११ बजे माई नगरपालिकास्थित चेप्टे भन्ने…

Read More

काठमाडौं, ६ माघ । तराईका जिल्लामा पेसेवर रुपमा आपराधिक गतिविधिमा संलग्नविरुद्ध प्रहरीले आक्रामक कारबाही सुरु गरेको छ। केही आपराधिक समूहले ‘टाउको उठाउने’ तयारी गरेको सूचना प्राप्त भएको भन्दै प्रदेश २ र ५ मा प्रहरीले गम्भीर किसिमका अपराधमा संलग्नलाई देख्नेवित्तिकै गोली हान्ने रणनीति लिएको छ। प्रहरीको रणनीति कारबाहीअन्तर्गत पछिल्लो एक सातामा तीनजनामाथि गोली प्रहार भएको छ। एकजनाको मृत्यु र दुई घाइते भएका छन्। सिरहा र बाँकेमा दुईजनालाई खुट्टामा गोली हानेर पक्राउ गरेको छ भने रुपन्देहीमा एकको ज्यान गएको छ । शुक्रबार सिरहामा एक हतियार कारोबारीलाई गोली प्रहार गरी घाइते बनाएर पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ससिरहाको टोलीले हतियार ओसारपसारमा संलग्न…

Read More

काठमाडौं, ६ माघ । यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेका छ । सवारी तथा यातायत व्यवस्था निमावाली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ । विगतमा अञ्चलको नाममा रहेको मोटरसाइकल अब प्रदेशको नामका आधारमा रहनेछन् । जुनसुकै अञ्चलमा दर्ता भए पनि सुरुमा अञ्चलको अगाडिको अक्षरसहित ‘लट समुह’ र ‘प’ राखिन्थ्यो । निजी गाडीमा भने अन्तिममा ‘च’ सरकारीमा ‘झ’ ट्याक्टरमा ‘त’ र सार्वजनिक गाडीमा ‘ख’ राख्ने गरिएको छ ।

Read More

काठमाडौं, ६ माघ । संसारका धनी मुलुकहरुको क्बल मानिने विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलो पटक प्रवेश पाएको छ। स्विट्जरल्याण्डको डावसमा सोमबारदेखि हुन लागेको विशव आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कूटनीतिक क्षेत्रका तीन हजारभन्दा बढी सहभागी हुने मञ्चमा नेपालको यो पहिलो औपचारिक सहभागितता हो। लामो राजनीतिक अस्थितरतापछि विकास र समृद्धिको बाटोमा पाइला चाल्दै गरेको नेपालका लागि यो स्वर्णिम अवसर भएको अर्थशास्त्रीहरुको भनाइ रहेको छ। विश्वका धनी राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने मञ्चको ५० वर्षे इतिहासमा नेपालले प्रवेश…

Read More

काठमाडौं, ६ माघ । सरकारले विगत वर्षमा जस्तै खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा करिब ढेड खर्ब रुपैयाँ थुप्रिएको छ । राजस्व उठाउने तर पुँजीगत खर्च गर्न नसक्ने प्रवृतिका कारण माघ ३ गतेसम्म सरकारले खर्च गर्न पाउने रकम नै एक खर्ब ५४ अर्ब पुगेको हो । सरकारी आय व्यको तथ्याङ्क राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसाम्म सरकारी ढुकुटीमा एक खर्ब ४४ अर्ब बचत थियो । माघ ३ गतेसम्म यस्तो रकम १० अर्बले बढेको हो । यसबाहेक सरकारका विभिन्न कोषमा रहेको रकम करिब सवा खर्ब छ । यो रकम भने सरकारले आफ्नो तजविजबाट खर्च गर्न पाउँदैन् । सरकारले पुस मसान्तसम्म…

Read More

धरान, ६ माघ । धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गर्यो । छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो । बैठकले सात जना गान्तोक जाने सिफारिस गर्यो । कार्यवाहक मेयर मञ्जु भण्डारी भने ३० जनाको टोली लिएर गइन् । तर, उनीहरु पदाधिकारीको जन्मदिन र व्यवसायीको वैवाहिक वर्षगाँठ मनाउन व्यस्त छन् । धरान उपमहानगरपालिकामा केही समययता बजेट दुरुपयोग बढेको समाचार आइरहेका छन् । त्यसैलाई पुष्टि गर्नेगरी वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाको जन्मदिन गान्तोकमा मनाइएको छ । उनले जन्मदिन मनाएको तस्बिर फेसबुकमा राखेका थिए । कार्यवाहक मेयर भण्डारीको नेतृत्वमा बुधबार धरानबाट हिँडेको टोलीमा प्रशासकीय अधिकृत खतिवडा, अन्य जनप्रतिनिधि, यातायात व्यवसायी,…

Read More