
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
नायिका सोनाक्षी सिंहले मंगलबार मात्र उनको नयाँ चलचित्र ‘कंलक’को छायांकन सकाएकी छिन् । मल्टिस्टारर यस चलचित्रको छायांकन सकिएको भन्दै उनले ट्विटरमा फोटो पोस्ट गरेकी छिन् । सोनाक्षीले आफू यो चलचित्रको एक सदस्य बन्न पाएकोमा आफूलाई भाग्यमानी मानेकी छिन् । उनले लेखेकी छिन्–‘ ‘नयाँ वर्षको सुरुवात र नयाँ चलचित्रको अन्त्य । मेरो लागि ‘कंलक’ सकिएको छ । यो एउटा यस्तो प्रोजेक्ट बन्यो, जसको एक अंश बन्न पाउँदा म निकै आफूलाई भाग्यमानी ठान्छु । तपाइहरुले हेर्ने समयसम्म म पर्खन सक्दिनँ ।’ अभिषेक वर्मान निर्देशित चलचित्रमा आलिया भट्ट, वरुण धवन, संजय दत्त, माधुरी दिक्षित र आदित्य राय कपुरको पनि मुख्य भूमिका छ ।…
काठमाडौँ, २६ पुस । सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । “राज्यबाट कृषिमा जाने अनुदानबारे हामी पुनःमूल्याङ्कन गर्दैछौँ, व्यक्तिले लगेको अनुदान दुरुपयोग भयो, हामीले स्वीकार्नै पर्छ, अनुदानको पैसा लियो, उद्यम शुरु ग¥यो तर उपभोक्ताले राहत पाए–पाएनन् भन्ने प्रश्न छ । त्यसैले सरकारले पुनरावलोकन गर्न लागेको हो”, आजदेखि काठमाडौँमा शुरु सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशालामा मन्त्री खतिवडाले भन्नुभयो । सहकारी संस्थामार्फत कृषि अनुदान गयो भने दुरुपयोग नभई प्रयोग हुनसक्ने र राज्यको लगानीको प्रतिफल आउनसक्ने निष्कर्ष सरकारको छ । यसका…
काठमाडौँ, २६ पुस । तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि प्रकारको दुःख नदिन निर्देशन दिएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिङ्गल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धतासमेत जनाएको छ । कहीँ कतै त्यस्तो व्यवस्था लागू नभएको…
काठमाडौँ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बताउनुभयो । प्रधानमन्त्री ओलीको अनुरोधलाई सकारात्मक रुपमा लिएको र जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त…
बिर्तामोड, २६ पुस । झापाको सुरुङ्गास्थित टप्पुमा अत्याधिक मादक पदार्थ सेवन गरेर मोटरसाइकल कुदाउँदा एक युवाको अनाहकमै ज्यान गएको छ । कनकाई नगरपालिका–३ टप्पुमा घर आउने क्रममा आज राति १२ बजेतिर मोटरसाइकल अनियन्त्रित भई बाटोबाट तल झरेको थियो । जसमा मे ५ प ९१५८ नम्बरको मोटरसाइकल र मोटरसाइकलका चालक कनकाई नगरपालिका का ३ का १९ वर्षीय हपना मुर्मुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सँगैसँगै पछाडि रहेका अर्का साथीसमेत दुर्घटनामा परी घाइते भएको र पछि होस् खुल्लानाथ बिहान ५ बजे आफ्फै प्रहरीमा पुगेर घटनाका बारेमा जानकारी गराएका थिए । प्रहरीले घटनाको मुचुल्का र अनुसन्धान थालेको जनाएको छ…
काठमाडौँ, २६ पुस । सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका पिएहरूको शैक्षिक योग्यता कति हो ? संसद्मा कतै अभिलेख छैन । सांसदले आफ्नो पिएको नागरिकताको फोटोकपी मात्रै संसद्मा प्रस्तुत गर्छन् । त्यसैका आधारमा सांसदको खातामा पिएको तलब पठाइन्छ । तलब सुविधासम्बन्धी संसद्को ऐनअनुसार सांसदका पिएले शाखा अधिकृतसरहको पारिश्रमिक पाउँछन् । तर, सांसदले श्रीमान्, श्रीमती, सालासाली र भान्जाभान्जीलगायत आफन्तलाई नियुक्त गरेका छन् । ‘सांसदहरूले आफ्नो पर्सनल असिस्टेन्ट आफैँ नियुक्त गर्नुहुन्छ । कति योग्यताको पिए आफूलाई चाहिने…
बिर्तामोड, २६ पुस । झापाको बिर्तामोडमा बृहत सांगीतिक कन्सर्ट हुने भएको छ । कन्सर्ट लोकप्रिय गायक विपुल क्षेत्री तथा द ट्राभलिङ वेण्डले बिर्तामोडको टावर टेम्पल स्कुलमा माघ १२ गते कन्सर्ट गर्न लागेको हो । आयोजक संस्था पुर्वाञ्चल रकले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजनाको तयारी गरेको जानकारी दिएको हो । देशभर ६ स्थानमा कन्सर्ट गर्ने पूर्वाञ्चल रकका प्रबन्ध निर्देशक रवि श्रेष्ठले बताए । बिर्तामोडपछि पाल्पा, हेटौँडा, वुटवल, पोखरालगायतका स्थानमा कन्सर्ट गर्न लागेको पत्रकार सम्मेलनमा बताइएको छ । ‘पूर्वाञ्चलको बिर्तामोड, दमक जस्ता ठाउँमा राम्रा कन्सर्ट आइपुग्नै पाउँदैनन्’, प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘बिर्तामोडमा पनि राम्रो कन्सर्ट ल्याउने उदेश्यले पूर्वाञ्चल रकले आयोजना गरेको…
काठमाडौँ, २६ पुस । महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई बुधबार दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिनुभयो । ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताउनुभयो ।
प्रकाश उप्रेती बिर्तामोड, २६ पुस । नेपाली सांगीतिक क्षेत्रका युवा ‘पप’ गायक समिर घिसिङ ‘भि–टेन’ बिर्तामोड महोत्सव–२०७५ मा मंगलबार साँझ स्तब्ध भएका छन् । पूर्वमा पहिलो पटक आफ्नो पप गीत प्रस्तुत गर्न बिर्तामोड आएका भि–टेनले स्टेजमा आफ्ना गीत गाउन नपाउँदा स्तब्ध भएका हुन् । दुइवटा गीत मात्रै गाएका थिए । महोत्सव परिषरमा प्रवेश गर्ने दर्शकको माहोल तातेपछि भि–टेनले गीत गाउन नसक्ने अवस्था भयो । संयुक्त युवा परिवारका स्वयम् सेवक, इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटेको प्रहरीको टोलीले पनि दर्शकलाई थाम्न नसक्दा स्टेजमै दर्शक पुगेका पुगेका थिए । उनले भने, यस्तो त मैले पहिलो पटक बिर्तामोडमा देखें । उनले स्टेज भन्दा ५०…
काठमाडौँ, २६ पुस । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिनमा भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको र्मत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दुतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२ जना, साउदी अरबमा १ सय , कतारमा १ सय ४१, यूएकईमा १ सय ३, कुवेतमा ४ दक्षिण कोरियामा एक सय २६, ओमनमा ११ बहराइनमा १०, जोर्डनमा ४ इजराइलमा ३, युगान्डामा र नाइजेरियामा एक÷एक नेपालीको ज्यान गएको छ…