झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पशुपतिनगर, २२ माघ । कैदीले पाएको सीपबाट इलाम कारागार अहिले बाँस, ढाका र काठका फर्निचर निर्माण गर्ने उद्योगको रुपमा विकास भएको छ । कैदी–बन्दीलाई कारागारमा बस्दा पीडा अनुभव गर्नेभन्दा पनि सुधारिएर समाजमा पुनःस्थापना गराउने उद्देश्यले सीपमूलक तालीम दिइएकाले कारागार उद्योगको रुपमा विकास भएको हो । दुईसय एकाउन्न कैदी रहेको यस कारागारमा फर्निचर, बाँसका सामग्री, ढाका र घर सजावटका सामग्री बनाउने तालीम दिएपछि उद्योगजस्तै बनेको कारागार प्रशासन प्रमुख भक्तबहादुर खड्काले बताउनुभयो । कारागारका ४० कैदीले बाँसका फर्निचर, २० ले काठको फर्निचर, ६० भन्दा बढीले ढाका कपडा र बाँकीले घर सजावटका सामग्री उत्पादन गरी बजारमा बिक्री गर्दै आएका छन् । कैदीले उत्पादन…

Read More

रसियाको काजानस्थित एक बैंकले ऋण नदिएपछि एक युवतीले बैंक म्यानेजरलाई फकाउन अचम्मको तरिका अपनाएकी छिन् । अडिटी सेन्ट्रलका अनुसार २५ वर्षे युलिया कुजमिना नयाँ कार किन्नका लागि बैंकसँग ऋण लिन चाहन्थिन् । यसका लागि उनले सबै फारम भरिन् तर बैंकले उनको निवेदन खारेज गरिदियो । ऋण प्रबन्धक (लोन म्यानेजर)सँग अनुनय बिन्ती गरेपछि आफूले ऋण नपाउने पक्का भएपछि कपडा फुकालेर फकाउने कोसिस गरिन् । रसियाको सोसल मिडिया साइट कोन्ताक्तेमा भाइरल भएको भिडियोमा देखिए अनुसार उनी नाम नखुलाइएको बैंकका ऋण प्रवर्तकको अगाडि बसिरहेकी छिन् । उनको निवेदन अस्विकार भएपछि उनी जुरुक्क उठ्छिन् र भटाभट आफ्नो लुगा खोल्न थाल्छिन् । उनले ती म्यानेजरलाई…

Read More

एक समय नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका चकलेटी हिरो आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएको चार वर्षपछि पिता बन्ने भएका छन् । विशेष स्रोतका अनुसार, आर्यन पत्नी सपना भण्डारी ७ महिनाको गर्भवती छिन् । आर्यन र सपनाको वि।सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो । विवाह अगाडि उनीहरु करीब ४ वर्ष प्रेम सम्बन्धमा थिए । सपना, आर्यनको ‘डाइहार्ट’ फ्यान थिइन् । उनी आर्यनभन्दा ७ वर्ष कान्छी हुन् ।

Read More

धरान, २२ माघ । प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो । सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून निर्माणमा अवरोध भएको सभामुख भण्डारीले बताउनुभयो । प्रदेश १ बाट सबैभन्दा बढी कानून पारित भएको उहाँका भनाइ थियो । हालसम्मका ९७ बैठक तथा २३ कानून पारित गर्दा कुनै विवाद नभएको र बैठकसमेत…

Read More

काठमाडौँ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको सम्मान र इज्जत बढाएकामा बधाई तथा शुभकामना दिनुभएको छ । इतिहासमा नाम लेखाउन सफल सो टोलीसँग आज आफ्नै निवास खुमलटामा भेटवार्ताका क्रममा उहाँले यस्तो सद्भाव व्यक्त गर्नुभएको हो । अध्यक्ष दाहालले नेपालको ऐतिहासिक जितले आफू र आफ्नो पार्टी खुशी भएको पनि बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । देश समृद्धिको यात्रामा अघि बढेका बेला राष्ट्रिय एकतालाई मजबुत पार्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने रङ्गशालाबाट क्रिकेट…

Read More

बाँके, २२ माघ । बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ । बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन् । बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ । घाइते दुवै जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि ल्याइए पनि शाहीको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरी चौकी जमुनीका इन्चार्ज प्रहरी नायब निरीक्षक लोकेन्द्र कार्कीका अनुसार गौघाटबाट सीतापुर जाने पक्की पुलको बाटोमा सोमबार साँझ उनीहरुमाथि पाटेबाघले आक्रमण गरेको थियो । नहर छेउ नजिकै रहरबारीमा रहेको पाटेबाघले स्थानीय चन्द्रबहादुर…

Read More

भद्रपुर, २२ माघ । बेलायतको फक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङलाई आगामी फागुन ३ गते काँकडभिट्टामा साङ्गीतिक अवतारमा देख्न पाइने भएको छ । झापाको मेचीनगर–६ काँकडभिट्टामा घर भएका उहाँ बेलायतमा काउन्सिलर निर्वाचित हुने प्रथम नेपाली हुनुहुन्छ । बेलायती गोर्खा सैनिकको १८ वर्षे जीवन गुजारेका उहाँलाई काउन्सिलर बनेपछि राजनीतिक अवतारमा देख्न पाइएको थियो । फौजी र राजनीतिक अवतारपछि अब उहाँलाई साङ्गीतिक अवतारमा देख्न पाइने भएको हो । द गोर्खा मेमोरियल फाउण्डेशन नेपाल र काँकडभिट्टा भेट्रान फुटबल क्लबको संयुक्त आयोजनामा फागुन ३ गते ‘धनकिरण गुरुङ, गोर्खा साङ्गीतिक साँझ’ हुन लागेको छ । कार्यक्रममा पूर्व काउन्सिलर गुरुङले आफैँ गिटार बजाउँदै आफ्नो सुमधुर स्वरले…

Read More

भरतपुर, २२ माघ । चितवनमा चार जना किसानले एकसाथ तरकारी खेतीमा डोजर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि सोमबार चितवन खैरही नगरपालिका, १ ज्यामिरेका नवराज भुसाल, इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी र मुलाखेती नष्ट गरेका हुन् । दुई साताअघि खैरहनी नगरपालिका, ६ तुलसीपुरका किसान पुरन महतोले १५ कठ्ठा क्षेत्रफलमा लगाएको लाखौँ मूल्य बराबरको बन्दा र मुला नष्ट गरेको थिए । सित्तैमा लैजानु भन्दा पनि बिचौलियाले मानेनन् ज्यामिरेका नवराज भुसालले चार जना किसानले २४ कठ्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको बन्दा नष्ट गरेको जानकारी दिए । आफूहरुले लगाएको बन्दा एक रुपैयाँमा उठाउन आग्रह गर्दासमेत नगगेको उनको…

Read More

गौरादह, २२ माघ । झापाको गौरादह–६ को आरती नगरी (बनियाँटोलीमा) नगरपालिका भित्रका कृषक समूहहरुबीचको अन्तरक्रियात्मक विचार गोष्ठी सम्पन्न भएको छ । आदर्श मुल कृषक समूहले आयोजना गरेको गोष्ठीमा नगरभरका कृषक समूहका प्रतिनिधिको उपस्थिति रहेको थियो । मा कार्यक्रम सम्पन्न भएको हो । गोष्ठीमा किसानहरुलाई खेती गर्दा आइपर्ने समस्या सामधान तथा कृषक समूहले खेल्नुपर्ने भूमिका, नगरपालिकाले कृषि सम्बन्धी शीर्षकमा विनियोजन गरेको बजेटको सदुपयोग तथा यसबाट प्राप्त उपलब्धि तथा किषकको हकहितका लागि सम्बन्धित निकायले खेल्नुपर्ने भूमिका, किसानहरुको जिम्मेवारी लगायतका विषयमा छलफल गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष कामेश्वर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला नेता मदन अधिकारीले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको…

Read More

अनिल वाग्लेबुधबारे, २२ माघ । बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य शाखाले कुष्ठरोगको उपचार गरिसकेका कुष्ठ प्रभावित व्यक्तिहरुलाई बाँकी दिनमा आफूले गर्नुपर्ने स्वहेरचाह र सर्तकता विधिबारे जानकारी गराएको छ । सोमबार शान्तिनगर स्वास्थ्य चौकीमा शान्तिनगर क्षेत्रमा कुष्ठ प्रभावितहरुलाई सो बारे जानकारी गराइएको हो । उनीहरुलाई बुद्धशान्ति स्वास्थ्य शाखाका दीपक सापकोटा, नेपाल कुष्ठरोग संगती झापाका सुपर भाइजर पर्शुराम पोखरेल, स्वास्थ्य चौकी शान्तिनगरकी प्रमुख मेनुका दाहाल, सोहि स्वास्थ्य चौकीका सिनियर अहेव भरत खतिवडा लगायतले कुष्ठ प्रभावितहरुलाई आगामी दिनमा गर्नुपर्ने स्वहेरचाह र सर्तकताका बारेमा जानकारी गराएका हुन् । यस अघि बुधबारे क्षेत्रका कुष्ठ प्रभावितहरुलाई सो बारे जानकारी गराइसकिएको छ । कुष्ठ प्रभावितहरुलाई गाउँपालिकाले जुत्ता, वाकर, लौरो,…

Read More