झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मङ्गलबारे, ९ माघ । इलामको फाकफोकथुम गाउँपालिकामा सोमबारदेखि शुरु भएको एकीकृत घुम्ती शिविरमा २९० ले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा आयोजित दुई दिने शिविरमा २९० ले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयका नासु लक्ष्मण पाण्डेले बताउनुभयो । त्यस्तैगरी २५० जनाले तस्वीरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्लास्थित सात वटा कार्यालयले सेवा प्रवाह गरेका थिए । शिविरमा कृषि ज्ञान केन्द्र इलामबाट माटोको नमूना परीक्षण गरिएको थियो । फाकफोकथुम–१, ३ र ६ का ८२ जना कृषकको माटोको नमूना परीक्षण गरिएको छ । नेपाल टेलिकमबाट ४१ लाई सहुलियतमा मोबाइलको सिमकार्ड वितरण गरिएको छ । आयुर्वेद…

Read More

भद्रपुर, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “ सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हुँदा भ्रमण वर्षको यो लक्ष्य पूरा हुन्छ ।” मन्त्री अधिकारीले सन् २०१९ को अगष्टतिर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने र सन् २०२० सम्ममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यसमेत सम्पन्न भइसक्ने हुँदा सन् २०२० देखि नेपालमा बाह्य…

Read More

बिर्तामोड, ९ माघ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ । कोषले यस वर्ष झापा घर भई काठमाडौँ बस्दै आएकी स्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार कृष्ण धराबासीलाई सम्मान गर्ने निर्णय गरिएको कोषका महासचिव छविलाल खतिवडाले जानकारी दिनुभयो । एक दर्जन बढी कृतिका सर्जक धराबासी यसअघि मदन पुरस्कारबाट समेत सम्मानित व्यक्तित्व हुनुहुन्छ । कोषले विष्णुकुमार भट्टराईको संयोजकत्वमा उत्कृष्ट कृति तथा दीर्घ साहित्य सेवा सम्मान छनोट उपसमिति…

Read More

विभा झा स्त्री र पुरुषबिना संसार चल्दैन । घर गृहस्थी सुखपूर्वक धान्न सकिँदैन । संघर्षशील जीवनमा मिठास रहँदैन– यही नै संसारको सत्य हो । स्त्री र पुरुष एकअर्काका परिपुरक र समान महत्वका पृथक मानवहरु हुन् । तर, समयक्रमसँगै पितृसत्तात्मक समाजको वर्चस्व बढ्दै जाँदा स्त्रीलाई केवल उपभोग्यवस्तु वा दासको रुपमा घोषित वा अघोषित रुपमा सीमित गरियो । यो परिस्थिति परिवार अनुसार कम वा बेसी अझै विद्यमान छ । महिलालाई अझ पनि दोयम दर्जाको रुपमा सोचिन्छ, रोजिन्छ, अनुभव गरिन्छ र महसुस गराइन्छ । यद्यपि, संविधानमा महिलालाई उसको वर्ण, वर्ग, जात, लिङ्ग, क्षेत्र, आदिको आधारमा पुरुषभन्दा कम अधिकार नभएको व्यवस्था छ । अर्थात्…

Read More

इटहरी, ९ माघ । सुनसरीको दुहबी नगरपालिका–८ फुटानी चोकमा मंगलवार मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत सोनापुरबाट दुहबी जाँदै गरेको को १ ह. ४२५४ नम्बरको सिटी सफारीलाई ईटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को.१ ख. ६७१० नम्बरको मिनी ट्रकले दिउँसो पौने २ बजे ठक्कर दिएको थियो । ठक्करबाट सफारी चालक दुहबी–९ छातावेलीका ५० वर्षीय कलिम मियाँ र सफारीमा सवार बेलबारी नगरपालिका–१ का २८ वर्षीय मनकुमार मगर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारको लागि दुहबीस्थित सामुदायिक हस्पिटल पठाईएकोमा सफारी चालक मियाँको उपचारको क्रममा सोही हस्पिटलमा मृत्यु भएको…

Read More

तेह्रथुम, ९ माघ । तेह्रथुमको छथर गाउँपालिका–१ आङदिममा भ्रुण हत्या गरेको आरोपमा मंगलवार दिउँसो आमा–छोरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । भ्रुण हत्या गरेको आरोपमा सोही स्थानकी २० वर्षीया दालमु शेर्पा र उनकी आमा ४५ वर्षीया कल्पना शेर्पालाई पक्राउ गरिएको हो । छोरी दालमु शेर्पाको गर्भमा रहेको भ्रुण हत्या गरेको आशंकामा स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले भ्रुण हत्या गरेर नजिकै रहेको उतिस घारीमा खाल्डो खनेर ढुंगा, माटोले पुरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी…

Read More

जनकपुर, ९ माघ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्तिसमेत बेचिएका छन् । गुठीकै जग्गामा बसेको जनकपुर गुठीलाई आफ्नै जग्गा जोगाउन गाह्रो छ । भूमाफियाहरू जग्गा किनबेचमा सक्रिय छन् । गुठी संस्थान शाखा कार्यालय जनकपुरले जनाएअनुसार ३० बिघा जग्गा अतिक्रमण भएको छ तर यो तथ्यांकको कैयौं गुना बढी अर्बौं मूल्यको जग्गा भूमाफियाको कब्जामा छन् । मन्दिर…

Read More

खोटाङ, ९ माघ । बाँदर आतंक नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका छन् । बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने गरेका कारण कपिलासगढी गाउँपालिका वडा नम्बर ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वरीस् तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ मा पर्ने खार्मी लगायत गाउँका बासिन्दाले आपसमा चन्दा उठाएर अभियान थालेका हुन् । बाँदरले हैरान पारेपछि प्रतिघरधुरी दुई सय रुपैयाँ उठाएर बाँदर धपाउने टोली परिचालन गरेको केपिलासगढी गाउँपालिका, ३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ९ माघ । मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ । ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले प्रस्ट पारेको छ । श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसियाको बाटो खुलेको छैन । मलेसियाले यसमा पटक–पटक ध्यानाकर्षण गराएको छ । संरचनाकै विषयमा श्रम मन्त्रालय निचोडमा पुग्न नसक्दा रोजगारी सुचारुमा ढिलाइ भइरहेको छ । यही सन्दर्भमा श्रमको आग्रहमा परराष्ट्र मन्त्रालयले पुस २४ गते काठमाडौंस्थित मलेसियाली दूतावासलाई पत्र लेखेको थियो । त्यसमा उसले मलेसिया सरकारले निर्धारण गरेका स्वास्थ्य परीक्षण एवं सञ्चालन प्रक्रियाका मानक (स्ट्यान्र्ड) बारे जिज्ञासा राखेको थियो ।…

Read More

बिर्तामोड, ९ माघ ।  झापा जिल्लामा मात्र सीमित रहेको स्पोटर्स अवार्डलाई नेपाल खेलकुद पत्रकार मञ्च झापाले मेची अञ्चल स्तरीय बनाएको छ । यही माघ २६ गते दोस्रो स्पोटर्स अवार्ड गर्ने भएको छ । मञ्चले माघ ७ गते गर्ने भनिएको दोस्रो स्पोटर्स अवार्ड प्राविधिक कारणले गर्न नसेको जनाउँदै माघ २६ गते गर्ने जानकारी दिएको हो । जिल्लास्तरीय रुपमा सञ्चालन गरिएको अवार्डलाई अञ्चलस्तरीय गर्दा समस्या र चुनौती थपिएको मञ्चका अध्यक्ष रमेश समदर्शी राईले बताए । ‘हामीले समस्या र सुनौतीको पर्वाह नगरी अञ्चलस्तरीय कार्यक्रम गर्ने लक्ष्यका साथ पाइला अगाडि बढाएका छौँ’, अध्यक्ष राईले भने, ‘कार्यक्रम सफल पार्न विभिन्न ९ वटा उपसमिति गठन गरेका…

Read More