झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

हेटौँडा, ८ माघ । राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उहाँले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भन्नुभयोे । ‘हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा आज आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एकपटक सबै जुरुक्क उठ्नुपर्ने समय आएको विचार व्यक्त गर्नुभयो । मुलुकमा भ्रष्टाचार मौलाएको छ भन्दै उहाँले वाइड बडी विमान काण्ड, सुन काण्ड, विदेशमा राखिएको कालो धन छानबिनको विषयमा…

Read More

पशुपतिनगर, ८ माघ । चिया बगान घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक परम्परागत पहिरनमा रमाउने गरेका छन् । कन्यामका थुम्काथुम्कामा पुग्नका लागि घोडा चढ्ने गरेका पर्यटक परम्परागत पहिरन लगाएर चिया बगानमा तस्बीर खिचेर रमाउँछन् । घुम्न आउनेले विभिन्न जातजातिका पोशाक लगाउने गरेका छन् । पर्यटकको रोजाइमा परम्परागत पहिरन पर्न थालेको छ । “पहिरन लगाएर पर्यटकले आनन्द लिन्छन्,” व्यवसायी सानु तामाङले भन्नुभयो । राई, गुरुङ, लिम्बू, शेर्पा, तामाङ, मगर, सुनुवार, लोपोन्मुख लेप्चा जातिको पोशाक लगाएर पर्यटक रमाउने गरेका छन् । “पर्यटकले छानीछानी परम्परागत पहिरन लगाई फोटो खिच्ने गरेका छन्,” उहाँले भन्नुभयो । परम्परागत पहिरनमा पर्यटक आकर्षित हुन थालेपछि यहाँका व्यवसायीले मनग्य…

Read More

काठमाडौँ, ८ माघ । मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी भेगतिर मध्यम खालको हिमपात हुने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । रातिचाहिँ काठमाडौँ उपत्यकामा पनि वर्षा हुन सक्ने बताइएको छ । ‘। “यस अवधिमा न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्ने भएकाले बढी चिसो महसुस गरिएको हो”, मौसमविद् नगरकोटीले भन्नुभयो । आज काठमाडौँको…

Read More

सबैलाई थाहा छ, बाघले अर्को जनावरको शिकार गरेर आफ्नो भोक मेट्छ । तर मध्यप्रदेशको कान्हा राष्ट्रिय पार्कमा एउटा बाघले अर्को बाघलाई मारेर खाएको छ । यस्तो घटना निकै दुर्लभ हो । तर विभिन्न बाघ संरक्षण केन्द्रमा यस्ता घटना सार्वजनिक भएका छन् । कान्हा राष्ट्रिय पार्कका रिसर्च अफिसर राकेश शुक्लाले भने, ‘१९ जनवरीमा पेट्रोलिङको क्रममा एउटा बाघको हड्डी भेटिएको थियो । यो बाघलाई अर्को बाघले खाइरहेको देखिएको थियो । यद्यपी, जसलाई मारियो त्यो बाघ थियो वा बघिनी थियो भन्ने स्पष्ट छैन । यसबारे अनुसन्धान भइरहेको छ । तर उसको हड्डीले थाहा हुन्छ कि बाघ करिब साढे एक वर्षको हुनुपर्छ । मार्ने…

Read More

बलिउड अभिनेत्री करिना कपुर केही समयदेखि मध्य प्रदेशको राजनीतिकमा चर्चामा छिन । करिनाको भूपालसँगको सम्बन्ध देखेर भोपालका कांग्रेसी नेताहरुले उनलाई भोपालबाट लोकसभा चुनाव लड्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार आएसँगै यसले बलिउडमा तरंग उत्पन्न गराएको छ । ४० वर्षदेखि भुपालको चुनाव हारिरहेको कांग्रेसलाई करिनाले जिताउन सक्ने विषयमा कांग्रेसभित्र चर्चासमेत सुरु भएको हो। भोपाल करिनाको माइती पनि हो। त्यसैले उनी श्रीमान् सैफ अली खानसँग त्यहाँ गइरहन्छिन। भारतीय जनता पार्टी (भाजपा)को किल्ला बनिसकेको भोपालमा करिनाको प्रवेश हुँदा किल्ला भत्काउन सकिने कांग्रेसको आँकलन छ। प्रदेशसमा राम्रो जित निकालेसँगै लोकसभामा पनि कांग्रेसले राम्रै आश गरेको छ। भोपालमा युवा मतदाताको संख्या धेरै भएका कारण करिनाले…

Read More

काठमाडौँ, ८ माघ । संयुक्त अरब इमिरेट्स -युएई_ सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताए । नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने यस पटक टोलीमा छैनन् । महत्पूर्ण सदस्य टोलीमा नहुँदा प्रतियोगितामा दबाब भने रहने कप्तान खड्काको भनाइ छ । बिरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठीक हुन तीन÷चार हप्ता लाग्ने बताइएको छ । “मुख्यगरी हामीले ब्याटिङमा विशेष सुधार गर्नुपर्ने छ”,…

Read More

मोरङ, ८ माघ । मोरङको उर्लावारी नगरपालिका–१ कोशी टप्पु स्कूल नजिक आज अटोको ठक्करबाट साईकलमा सवार १ जना घाइते भएका छन् । बिहान साढे ६ बजे उर्लावारीबाट मधुमल्लातर्फ जाँदै गरेको को २ ह ८५४० नम्बरको अटोले मधुमल्लाबाट उर्लाबारीतर्फ आँउदैगरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट साईकलमा सवार उर्लाबारी नगरपालिका–१ बस्ने ६१ वर्षका टिकाराम गौतम घाइते भई उपचारको लागि गोदावारी अस्पताल उर्लावारी पठाईएकोमा थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । ठक्कर दिने अटो र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

तेह्रथुम, ८ माघ । तरह्रथुमको म्याङलुङ नगरपालिका(७ लाप्चाङ टोलमा सोमवार दिउँसो पोखरीमा डुबेर १ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलन(बिहुन गाउँपालिका(२ घर भई तेह्रथुम बस्दै आईरहेका बिरेन्द्र साहको छोरी बर्ष ३ को एतिका साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । लाप्चाङ टोल बस्ने कैलास कुमार खत्रीले अलैची भिजाउन बनाएको पोखरीमा खेल्ने क्रममा डुबेर गम्भीर बनेकी बालिकालाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटिगई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ ।

Read More

भद्रपुर, ८ माघ । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली शुरु गरेको कार्यालयका प्रमुख विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रको सामुदायिक वन क्षेत्रमा गर्भिणी ढोईसहित १३ जङ्गली हात्ती रहेको अनुमान गरिएको छ । ती हात्ती दिनभर आदर्श, नमूना र थोप्लेविरान सामुदायिक वनभित्र बस्ने र साँझ पर्नासाथ गाउँ पसेर स्थानीयवासीलाई आतङ्कित तुल्याउने गरेको बुद्धशान्ति–३ का सीताराम बाँस्तोलाले बताउनुभयो । बुद्धशान्ति–३ का वडाध्यक्ष…

Read More

आदित्य दाहालरकुमार चौलागाईं काठमाडौँ, ८ माघ । माधवनारायण स्वस्थानी व्रतलाई कठोर व्रतमध्येकै एक मानिन्छ । स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरूपमा जोडिएर आएको छ । स्वस्थानी पुस्तकमै वर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म स्वस्थानी तथा माधवनारायणको कठोर व्रत र पूजा बस्ने चलन रहिआएको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि हिन्दु धर्मावलम्बीले श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गरेका छन् । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा बाच्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा बाचे र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ…

Read More