
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ५ माघ । नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्याण्डले थाइल्याण्ड टि–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ । टेर्ड थाई मैदानमा आज भएको फाइनल खेलमा १२२ रनको विजयी लक्ष्य पच््छयाउने क्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । नेपालको शुरुवात राम्रो हुन सकेन । ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा एक रन बनाएर आउट भइन् भने लगत्तै दोस्रो ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भइन् । पाँचौ ओभरमा प्रतियोगितामा उत्कृष्ट लयमा रहेकी सीता राना मगरले १३ तथा नेरी थापाले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । त्यस्तै रोमा थापा…
मोरङ, ५ माघ । मोरङको सुन्दरहरैचा नगरपालिका– ८ सलकपुरमा घासकाट्ने क्रममा रुखबाट लडेर १ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे १२ बजेको समयमा सोही स्थानमा पर्ने समुदायीक जंगलमा घासकाट्न गएका ३५ बर्षिय प्रेम दाहाल रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी बिराटचोकबाट प्रहरीको टोलि खटिन गई घाईतेलाई उपचारको लागि सुकुनासमुदायीक अस्पताल ल्याईएकोमा उपचारको क्रममा दिउँसो साढे २ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा, ५ माघ । क्षमताभन्दा बढी माल सामान ढुवानी गर्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कारबाही शुरु गरेको छ । यातायात व्यवस्था कार्यालय मेचीसँगको सहकार्यमा क्षमताभन्दा बढी माल सामान बोक्ने (ओभरलोड) मालवाहक र सीट थपेर यात्रु बोक्ने यात्रुवाहक सवारी साधनलाई चेकजाँच गरी कारबाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । ‘यातायात कार्यालयसँगको सहकार्यमा सातामा दुई पटक चेकजाँच गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘समय अनुकूल छड्के चेकजाँच गर्ने गरिएको छ ।’ चेकजाँच टोलीमा यातयात व्यवस्था कार्यालयका प्रमुख खरुदेव चुँडाल, मेकानिकल इन्जिनियर विजय अधिकारीले, डा. मिक्कुकुमार झा, ट्राफिक प्रमुख राई लगायत रहेका छन् ।…
चितवन, ५ माघ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ भरतपुर महानगर कार्यसमितिको प्रथमसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले महासमिति बैठकपछिको एकतालाई तल्लो तहसम्म पु¥याउनका लागि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्न लागेको बताउनुभएको हो । अभियानअन्तर्गत सदस्यता वितरण र प्रशिक्षण कार्यक्रम गरिने बताउँदै उहाँले यसले गर्दा सङ्गठन चलायमान हुने धारणा व्यक्त गर्नुभयो । सहमहामन्त्री डा महतले काङ्ग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको उल्लेख गर्दै कामको प्रचारलाई प्राथमिकतामा राख्न कार्यकर्तालाई आग्रह गर्नुभयो । शिक्षकमा अहिले ठूलो अन्यौलता छाएको बताउँदै उहाँले…
कास्की, ५ माघ । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाउनुभएको छ । काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन९सङ्घ० प्रदेश कार्यसमिति गण्डकीले आज पोखरामा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा उहाँले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यताको खिलापमा कर्मचारी, प्रहरीलगायतमा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको भनाइ राख्नुभयो । सभापति देउवाले भोलिका दिनमा सेना तथा न्यायालयमा समेत हस्तक्षेप गर्ने सम्भावना बढेको भनाइ राख्नुभयो । सरकारले शिक्षा, निजामती ऐनलगायतका माध्यमबाट कर्मचारी, प्रहरी, सेनालगायतलाई समेत पार्टीका प्रति प्रतिबद्ध बनाउँदै हस्तक्षेप र नियन्त्रण गरिरहेको भनाइ उहाँको छ । “वर्तमान सरकारले कर्मचारीतन्त्र, प्रहरी तथा…
पर्वत, ५ माघ । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ । जन्मजात मुटुरोगीको सङ्ख्या एक प्रतिशत रहेको छ । मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापर्वाही गर्दा पनि मुटुरोगबाट ग्रसित हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले बताउनुभयो । उहाँले जीवनशैली र खानपानमा सुधार गर्ने हो भने मुटुरोगबाट धेरै हदसम्म बच्न सकिने पनि बताउनुभयो । पर्वतको कुश्मामा आउनुभएका डा भट्टराईले रासससँग कुरा गर्दै मानिसको जीवनशैलीलाई साधारण बनाउन सकियो भने मुटुरोग लाग्ने सम्भावना कम हुने जानकारी दिनुभयो । धुम्रपान नगर्ने, शरीरमा उच्च रक्तचाप र चिनीको मात्रा घटाउने, तौल नियन्त्रण…
सर्लाही, ५ माघ । सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जङ्गलमा रोकी राखेको बसमा ट्रकले ठक्कर दिँदा बसमा सवार दुई र ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । पूर्वको झापाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९७५४ नं को बस बिग्रेर रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ना ५ ख ७१२९ नं को ट्रक पछाडिबाट ठक्कर दिँदा इलाम सुलुबुलुम नगरपालिकाका–२७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उपमहानगरपालिका–१६ की ३० वर्षीय विनेता…
उर्लाबारी, ५ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ । मोरङको पथरी, शनिश्चरे नगरपालिका फ्रेण्डसिप चेस क्लब, मोरङको आयोजनामा आजदेखि शुरु शहीद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले तीनवटै तह सरकारको लक्ष्य समृद्धि र विकाश भएको बताउनुभयो । मुख्यमन्त्री राईले देशमा पहिलोपटक सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले काममा केही ढिला र अल्मिलिए जस्तो देखिएको बताउनुभयो । बुद्धिचाल खेल रणनीतिक महत्वको खेल रहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री राईले बुद्धिचाल खेलले बौद्धिक अभ्यासमा मात्र होइन, मानिसलाई मागदर्शन र स्वभाविक गतिमा हिँड्न प्ररेणा दिने उल्लेख गर्नुभयो ।…
भद्रपुर, ५ माघ । अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृतक पोखरेलले आज बिहान सोही वडाका २४ वर्षीया जमुना ओझा र १९ वर्षीय बालकुमारी भारतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । ती महिलालाई खुकुरी प्रहार गरी घाइते बनाएपछि पोखरेलले घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । घाइते दुबै महिलालाई बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको…
चीनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। एक चीनी कम्पनीले टारगेट पूरा नगर्ने कर्मचारीलाई बीच सडकमा सजाय दिएको भिडियोमा देखाइएको छ। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। मानिसहरुले यो बीच सडकमा कर्मचारीहरु घिस्रिदै गरेको भिडियो देखेपछि कम्पनीको उक्त हर्कतको आलोचना गरिरहेका छन्। सबै कर्मचारी औपचारीक ड्रेसमै घिस्रिरहेका छन्। सामाजिक सञ्जाल ट्विटरमा एससिएमपीले यो भिडियो राखेपछि उक्त कम्पनीलाई अधिकारीहरुले अस्थायी रुपमा बन्द गरेको बताइएको छ। गैर जिम्मेवार सजायको लागि उक्त कम्पनीमाथि अस्थायी प्रतिवन्द लगाइएको हो। एजेन्सी