झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कुमार चौलागाईं काठमाडौँ, ५ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको उपाधि रक्षाका लागि नेपालले घरेलु टोलीको चुनौती समना गर्दैछ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपाली टोलीले आज अपराह्न आयोजक तथा घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल मध्याह्न १२ः१५ बजे शुरु हुनेछ । थाइल्याण्डविरुद्ध मैदानमा उत्रँदा नेपाल उपाधि जित्ने लक्ष्यमा हुनेछ । लामो समय अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेको नेपाल जारी प्रतियोगितामा उपाधि नजिक पुगेको हो । “महिला क्रिकेट टोलीलाई उपाधि ल्याउने सुनौलो अवसर छ, तर, घरेलु समर्थकको साथ पाएको थाइल्याण्डविरुद्ध नेपाललाई कठिन चुनौती भने अवश्य छ”, नेपाली टोलीको प्रशिक्षक विनोद दासले…

Read More

गएको नोभेम्बरमा इटालीमा गरेका रणवीर सिंह र दीपिका पादुकोण एक पावर कपलका रुपमा देखिएका छन् । बिहेपछि दुबै स्टारको भ्याल्यू पनि बढेको छ । रणवीर प्रायः दीपिकालाई लिएर प्रोटेक्टिभ हुन्छन् । हालै उनले एक घटना सार्वजनिक गरेका छन्, जसमा उनी परम्परागत ढर्रा छोडेर एक प्रगतिशील अप्रोच अपनाएको देखिए । खासमा सामान्यता परम्परा इतर दीपिका बिहेपछि रणवीरको घरमा होइनकी रणवीर, दीपिकाको घर प्रभादेवी अपार्टमेन्ट्समा बस्दै आएका छन् । दीपिका आफ्नो यस घरमा धेरै वर्षबाट बसिरहेकी छन् । तर रणवीर र दीपिका आफ्नो लागि एक ठूलो घरको खोजीमा छन् । एक अन्तर्वार्तामा रणवीरले भने, ‘म बिहेको एक यस्तो अवधारणाका रुपमा हेर्दै ठूलो…

Read More

काठमाडौँ, ५ माघ । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर भन्दै शुक्रबार राति काठमाडौं ल्याएर महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचाररत छन् । तर उनै केसीका विरुद्ध इलाममै अनशन बसेका विजय थापालाई भने शिक्षण अस्पतालले उपचार गर्न नमानेको समाचार बाहिर आएको छ । डा. केसी आफ्ना मागहरु हुवहु लागस हुन पर्ने अडानमा छन् भने थापा संसदमा प्रस्तुत विद्येयक जस्ताको तस्तै पारित गरेर केसीको माग पुरा गर्न नहुने पक्षमा छन् । केसीले अनशन सूरु गरेकै दिन इलाममा पुगेर अनशन बसेका थापाको स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई पनि शुक्रबार राति नै सेनाको हेकिप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उपचारको लागी शिषण…

Read More

द्रोण अधिकारी भद्रपुर, ५ माघ । भद्रपुर बासीको ६६ वर्षदेखिको मेची पुल तर्ने सपनामाथि सरकारले बार लगाएपछि नेपाल–भारत सीमावर्ती भद्रपुर गलगलिया जोड्ने मेची नदीमा निर्माण भएको पुल स्थानीयले उपयोग गर्नबाट बञ्चित भएका छन् । हुलाकी सडकको पहिलो पुलका रूपमा निर्माण भएको सो पुल सरकारको चासो तथा प्राथमिकतामा नपर्दा निर्माण सम्पन्न भए पनि स्थानीयले उपयोग गर्न पाएनन् । निर्माण कम्पनीले उद्घाटपछि मात्र आवतजावत गर्न दिने भन्दै तीन हप्तायता काँडेतार लगाएर पुल बन्द गरेपछि स्थानीय नागरिकले थप हैरानी व्यहोर्नु पेको छ । निर्माण कम्पनीको यस अभियानलाई भद्रपुर नगर प्रशासनले घुमाउरो पारामा सहमती दिएपछि खोला तर्ने स्थानीयले आर्थिक शोषण समेत व्यहोर्नु परेको छ…

Read More

झापा, ५ माघ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोक स्थित महेन्द्र राजमार्गमा सवारी दुर्घटना हुदा ५ जना घाईते भएका छन । शुक्रबार साँझ ६ बजेको समयमा दमकबाट बिर्तामोड तर्फ आउदै गरेको बा १७ च १४९३ नम्बरको कारले बिपरित दिशा तर्फ जादै गरेको को ३४ प ९९०८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सोही स्कुटरको पछाडी बिर्तामोडबाट दमक तर्फआउदै गरेको मे १ ख १७३३ नम्बरको बससँग उक्त कार पुनःठक्कर खाएको थियो । दुर्घटबनामा परेर स्कुटर चालक जिल्ला सिरहा बन्दिपुर–२ बस्ने ३४ वर्षका मेख बहादुर दाहाल, कार चालक झापा मेची नगरपालिका–१० बस्ने ५६ वर्षका कमल कोइराला, कारमा सवार सोही स्थान बस्ने ४१ वर्षका…

Read More

काठमाडौँ, ५ माघ । आन्दोलनरत् हेल्थ असिस्टेन्ट सङ्घ नेपाल (हान)ले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च नेतृत्वले हानले उठान गर्दै आएको प्रमुख माग पूरा गर्ने सहमति शुक्रबार गरेपछि हानले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । सदनबाट पारित कर्मचारी समायोजन ऐन, स्वास्थ्य सेवासित सम्बन्धित केही प्रावधान र स्वास्थ्य सेवाका संरचना सच्याउनुपर्ने लगायतका माग राखी हान ११ दिनदेखि आन्दोलनमा उत्रेको थियो । मन्त्रालयद्वारा गठित वार्ता टोली र हानका पदाधिकारीका बीचमा आज भएको सहमतिमा कर्मचारी समयोजन व्यवस्थापन गर्दा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूची ७ अनुसार योग्यतालाई आधार मान्ने, प्रस्तावित निजामती ऐनमा सेवाको तहगत…

Read More

बिर्तामोड, ५ माघ । झापाको शिवसताक्षी नगरपालिका–५ मा शुक्रबार डुबेर १८ महिने बालकको मृत्यु भएको छ । शिवसताक्षी–५ का गोपाल ताजपुरियाका १८ महिने छोरा टंकप्रसाद ताजपुरियाको आफ्नै घरको कल नजिक रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । बालकलाई खाल्डोमो डुबिरहेको अवस्थामा आफन्तले देखेपछि उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगेको र स्वास्थ्य चौकी पु¥याउना साथ चिकित्सकले बालकलाई मृत घोषित गरेको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

डोल्पा, ५ माघ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ । कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तिल्सङलाई बुझाउनु पर्छ । गाउँमा उनको परिवार बसेको कयौँ पुस्ता बितिसकेको छ । जमिन नै नभएपछि उनको नाममा लालपुर्जा हुने कुरै भएन् । केही फुल्सिङबासीसँग त छ तर ऐलानी भएका कारण लालपुर्जा छैन । भएका सबै नम्बरी जग्गा अन्य गाउँका चार व्यक्तिका नाममा रहेकाले त्यहाँका बासिन्दा लालपुर्जाबिहीन बन्न पुगेका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ५ माघ । फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकाले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो । धेरै विषयमा आलोचित सरकारले दीर्घकालीन महत्वका केही काम पनि गरेका छन् । पुराना बेथिति भत्काउँदै केही नवीन कामको प्रयास गरेको छ । योगदानमा आधारित सार्वजनिक सुरक्षा योजना ल्याउनेदेखि साना किसानको ऋण मिनाहसम्मका काम सरकाले गरेको छ । झण्डै एक वर्षको अवधिमा सरकाले केही राम्रा उपलब्धी गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, ५ माघ । अत्यन्त दयनीय अबस्थामा रहेका बिर्तामोड १० को एक बिपन्न मुसहर परिवारलाई जनसेवा समाज पाँचथरले शुक्रबार खाद्यान्न सामग्री बितरण गरेको छ । सातजना छोराछोरी र गर्भवती श्रीमती भएका शत्रुधन चौधरी ऋषिदेवको आठजनाको परिवारलाई समाजले खाद्यान्न सामग्री बितरण गरेको हो । मुसहरहरुको दयनीय अबस्था सुनेर आफूहरु पाँथरबाट राहत सामग्री बितरण गर्न आइपुगेको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए । उनले त्यस मुसहर परिवारलाई चामल, चाउचाउ, दाल, खानेतेल, नून लगायतका खाद्यान्न बितरण गरिएको जानकारी दिए ।संस्थाका संरक्षक रहेका बिर्तामोड नगरपालिकाका इन्जिनियर गणेश अर्यालको पहलमा सो सहयोग बितरण गरिएको कार्यक्रम संयोजक सीता खतिवडाले बताईन् । बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ,वडा…

Read More