
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, ४ माघ । यहाँस्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको छ महीनाको अवधिमा कूल रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा गत वर्ष रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरिएको थियो । तुलनात्मक रुपमा यस वर्ष सो अवधिमा रु ७१ करोड ५९ लाख ४१ हजार राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताउनुभयो । कार्यालयका अनुसार रु तीन अर्ब चार करोड ६४ लाख ५८ हजार राजश्व असुल गर्ने लक्ष्यमा रु १३ करोड ४८ लाख ७३ हजार राजश्व बढी अर्थात् लक्ष्यमा १२९।०३ प्रतिशत प्रगति हासिल…
विराटनगर, ४ माघ । ‘स्वास्थ्य र समृद्धिका लागि आरोग्यता र आरोग्यताको योगअभ्यास’ नाराका साथ विराटनगरमा प्रदेशस्तरीय बृहत् योग शिविर हुने भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले योगलाई आमजनतामाझ पु¥याउने दायित्वअन्तर्गत यही माघ १३ देखि १९ गतेसम्म साताव्यापी निःशुल्क योग शिविरको आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले योगलाई जीवन अभिन्न अङ्ग बनाउन र स्वास्थ्य जीवनको चेतना तथा जागरण जनतामाझ गराउन शिविर सञ्चालन गर्न लागिएको बताउनुभयो । प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने सो शिविरमा पाँच हजार महिला तथा पुरुषको सहभागिता रहनेछ । शिविरमा प्रत्येक दिन प्रदेशका मन्त्रीको उपस्थिति हुनुका साथै…
तुलसीपुर, ४ माघ । सामूहिक बलात्कारका मुख्य दोषीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ । दाङकी १७ वर्षीया कल्पना खनालमाथि २०६५ चैत १५ गते राति सामूहिक बलात्कारका मुख्य दोषी तुलसीपुर उपमहानगरपालिका–१८ का ३१ वर्षीय विष्णु चौधरीलाई सर्वोच्च अदालतबाट २०७२ फागुन ३० गते ९ वर्ष ११ महीना दुई दिन सजाय र रु ५० हजार जरिवाना तोकिएको थियो । सामूहिक बलात्कारमा परेकी खनालको घटना भएको ८४ औँ दिनमा मृत्यु भएको थियो । नसालु पदार्थ खुवाएर उनीमाथि सामूहिक करणी गरिएको थियो । घटनामा संलग्न छ जनाले सजाय भुक्तान गरेका र मुख्य दोषीलाई प्रहरीले घटना भएको १० वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको…
कुमार चौलागाईं काठमाडौँ, ४ माघ । राष्ट्रिय सूचना आयोगले विगत चार वर्षमा चार हजार ७६४ आदेश जारी गरेको छ । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा र आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाको इजलाशले २०७१ पुस ३० गतेदेखि २०७५ पुस मसान्तसम्म विभिन्न किसिमका चार हजार ७६४ वटा आदेश जारी गर्नुभएको आयोगले जनाएको छ । आयोगका अनुसार सरकारका सबै मन्त्रालय, केन्द्रीयस्तरका निकायका सचिव÷विशिष्ट श्रेणीका पदाधिकारी तथा निर्वाचन आयोगमा दर्ता भएका १८० वटा राजनीतिक दल, नेपाल राष्ट्र बैंक, २३७ वटा बैंक तथा वित्तीय संस्था, २७ वटा बीमा कम्पनी, ६२ सार्वजनिक संस्थानका महाप्रबन्धक, समाज कल्याण परिषद् र २५७ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुखको नाममा…
काठमाण्डौ, ४ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले डाक्टर गोविन्द केसीसँग गरिएको सहमति विपरीत संसदीय समितिले पारित गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याउने कि नसच्याउने भनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्नुभएको छ । कांग्रेस नेता थापाले संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठकमा दिनुभएको जवाफ स्पष्ट नभएको उल्लेख गर्दै सो विधेयक वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति अनुसार नै संसदीय संसदको ‘फूल हाउस’बाट पारित गराउने कि नगराउने भनी प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभएको हो । शुक्रबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो विधेयकलाई वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमतिअनुसार सच्याउने हो भने सरकारले…
थाइल्याण्डमा जारी महिला टी–२० स्म्यासको उपाधिका लागि नेपालले आयोजक थाइल्याण्डलाई प्रतिद्धन्द्धी पाएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा यूएईलाई ४९ रनले हराउँदै थाइल्याण्डले फाइनलमा स्थान बनायो । पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा सात विकेट गुमाउँदै ९१ रन बनाएको थियो । जवाफमा उसले यूएईलाई १५ ओभर चार बलमा मात्र ४२ रनमा अल आउट गर्यो । यसअघि नेपालले इन्डोनेसियालाई ९२ रनले हराउदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा नेपालले थाइल्याण्डको ए टिमलाई हराएको थियो । फाइनल खेल शनिबार हुनेछ ।
एक नाटकीय कथाजस्तै जसले साउदी अरबमा महिलामाथि लगाइएको प्रतिबन्धमाथि प्रकाश गर्ने काम गरेकी छन् । १८ वर्षकी राहफ मोहम्मद अल–कुननले त्यतिबेला पूरै विश्वको ध्यान आफूतर्फ आकर्षित गरिन् जब उनले बैंकक विमानस्थलमा आफूलाई एउटा कोठामा बन्द गरिन् र फिर्ता जान अस्वीकार गरिन्। उनी साउदी अरबमा आफ्नो परिवार छोडेर आएकी थिइन् र ट्विटरमा उनको समर्थनमा एउटा अभियान संचालन भएपछि उनलाई क्यानडामा आश्रय दिइयो। यो घटनापछि साउदी अरबमा महिला अधिकारको मुद्दा फेरि एक पटक चर्चामा छ र महिलामाथि लगाइएको प्रतिबन्धमाथि वहश हुन थालेको छ। यस्तै परिस्थितिबाट गुज्रिएकी एक युवतीले बीबीसीसँग आफ्नो वास्तविकता सुनाइन् जो साउदी छोडेर क्यानडा आएकी थिइन्। २४ वर्षीया सवला आफ्नी…
दमक, ४ माघ । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा रहेको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना भएपछि किसानले सहज रुपमा बीउ पाउनुका साथै उत्पादित कृषि उपजको उचित मूल्य पाउन थालेका छन् । महिला मात्र आबद्ध रहेको महारानीझोडा साना किसान सहकारी संस्थाको पहलमा २०७२ माघ १४ गतेदेखि उक्त बीउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा आएको हो । धान, मकै र गहँुको गुणस्तरीय बीउ प्रशोधन तथा उत्पादन गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा आएपछि स्थानीय कृषकले राहत पाएका हुन् । केन्द्रका व्यवस्थापक हेमराज विष्टका अनुसार पछिल्लो समय जै घाँस, तोरी र राजमाको पनि बीउ उत्पादन तथा प्रशोधन शुरु गरिएको छ । स्थानीय…
काठमाडौँ, ४ माघ । सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत व्याज अनुदान दिएको छ । राष्ट्र बैंकको विवरणअनुसार १४ अर्ब ३९ करोड बराबरको लगानी भएको छ । कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सरकारले व्याज अनुदान दिँदै आएको छ । उक्त कर्जा लिएका व्यक्तिबाट ७५ करोड ८२ लाख बराबरको व्याज अनुदान प्रदान गरिएको छ । यस्तै…
काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिक स्थायित्वसँगै विकासको माग तीव्रताका साथ अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उहाँले ठूलो राजनीतिक परिवर्तनपछि ऐतिहासिक उपलब्धि हासिल भएको उल्लेख गर्दै अब समग्र विकासका गतिविधि तीव्रताका साथ अघि बढाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । सदनमा सांसद कृष्णभक्त पोखरेलले चीनबाट नेपालसम्म रेल ल्याउने र पूर्व–पश्चिम रेल चलाउने सम्बन्धमा के प्रगति भइरहेको छ भनी प्रश्न गर्नुभयो । साथै उहाँले प्रधानमन्त्रीको आशन्न स्वीट्जरल्याण्डको भ्रमणका बारेमा जिज्ञासा राख्दै भ्रमणबाट नेपालले के लाभ लिन सक्छ भनी प्रश्न गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले नेपाल भूपरिवेष्टित मुलुक भए…