
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुर्खेत, २ माघ । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डा महतले विकासको जग काङ्ग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको दाबी गर्नुभयो । “मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व चलिरहेका बेला पनि सरकारमा काङ्ग्रेस थियो”, उहाँले भन्नुभयो, “काङ्ग्रेसको बलियो नीतिका कारण उतिबेलाको विपरीत परिस्थितिमा पनि मुलुकमा विकास भयो ।” उहाँले अगाडि भन्नुभयो, “बहुलवादमा विश्वास गर्ने पार्टी काङ्ग्रेस नै हो । समाजवादको मर्मबमोजिम पार्टी अघि बढेको छ ।” मुलुकमा पक्की, कच्ची गरेर ८५ हजार सडक निर्माण हुनु, रु १२ अर्ब…
३ बर्षीय बालकको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बालककै आमा र उनी सँगै कारमा यात्रा गर्ने एक युवक छन्। २५ बर्षीय युवक एड्रिन होयर र उनकी आमा २३ बर्षीया स्टफन वाटरसन पक्राउ परेका हुन्। कारको सिटमा बसेका बालक अफ्ठेरो भएपछि चिच्चाएका थिए। सोहि कारमा सवार आमाका ब्वायफ्रेण्डले कुटपिट गरेपछि उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ। बालक रोएपछि उनले धेरै झापट हानेका थिए र बालकलाई सिटमै फालेको प्रहरी समक्ष बयान दिएका छन्। एजेन्सी
आमिर खानका भाइ फैजन खान १९ वर्षपछि फेरि चलचित्रमा कमब्याक गर्दै छन्। उनी सन् २००० मा फिल्म मेलाबाट बलिउड क्षेत्रमा प्रवेश गरेका थिए। अब उनी फैक्ट्री नामको फिल्मबाट बलिउड क्षेत्रमा कमब्याक गर्न लागेका हुन्। यस चलचित्रबाट उनी कम ब्याक मात्र गर्न लागेका हैनन् गीत पनि गाउने छन्। उनले इश्क तेरा बोलको गीत गाइरहेका छन्। एक अन्तवार्तामा कुरा गर्दै फैजलले भनेका छन्, फैक्ट्री मेरो ड्रिम प्रोजेक्ट हो। यो मेरो लागि अचम्मित गर्ने थियो की जब निर्देशक शिरीक मिनहाजले मलाई गीत गाउनु पर्यो भने। उनले यस गीतका लागि मेरो आवाज निकै सुटेबल रहेको बताएका छन्। त्यसपछि आफूले उक्त प्रस्ताव स्वीकार गरेको फैजलले…
काठमाडौँ, २ माघ । काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा दिउँसोमा विभिन्न स्थानमा मापसे जाँच थालेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । यसअघि साँझ र रातिको समयमा मापसे जाँच हुँदै आएकोमा सवारी दुर्घटनालाई ध्यानमा राख्दै अब दिउँसोमा समेत शुरु गरिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा दिउँसो दुई समूह प्रहरी परिचालन गरिएकाले आवश्यकताअनुसार टोली थपेर कडाइ गरिने प्रहरीले जनाएको छ । यसअघि प्रहरीले राति ७ देखि १० बजेसम्म पहिलो चरणमा र राति…
विराटनगर, २ माघ । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिनुभयो । प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवेशनबाट प्रदेश सरकारले विभिन्न २४ वटा ऐन पारित गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । चालू हुने अधिवेशनबाट थप कानून निर्माण हुने र प्रदेशको राजधानी तथा नाम पनि तोकिने प्रस्ताव प्रदेशसभाको बैठकमा आउने अनुमान गरिएको छ ।
बिराटनगर, २ माघ । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ८ बर्षीय बालक सहित २ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो १५.१५ बजेको समयमा मोरङको केरावारी–८ चोक बजारमा उतरबाट दक्षिण तर्फ आउँदै गरेको को २ च १९३५ नम्बरको पिकअपले सोही स्थान बस्ने होम बहादुर भण्डारीको ८ बर्षीय छोरा समिर भण्डारीलाई ठक्कर दिँदा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । ठक्कर दिने गाडी र गाडी चालक सुन्दरहरैचा नगरपलिका–६ का मनिष श्रेष्ठलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलवारी पठाएको उक्त कार्यालयले जनाएको छ । यसैगरी झापाको मेचीनगर नगरपालिका–७ पालिया…
ईलाम, २ माघ । ईलामको रोङ गाउँपालिका–१ बडहरेका हस्त बहादुर राईको घरमा आगलागी हुँदा ३ लाख १० हजार रुपैया बराबरको क्षति भएको छ । हिजो बिहान ७ बजे निजको घरको चुलोबाट अचानक आगलागी शुरु भई टिनको छाना र खम्बाले बनेको १ तले कच्ची घर आगलागी हुँदा घर भित्र रहेको लत्ताकपडा, खाद्यान्न, भाडावर्तन र नगद समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बिहानै पूर्ण रुपमा नियन्त्रणमा आएको छ भने आगलागीबाट कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौँ, २ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३।३ ओभरमा पूरा ग¥यो । नेपालका लागि ममताकुमारी चौधरीले आठ रन बनाउँदा नेरी थापाले पाँच र डोली भट्टले दुई रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली थाइल्याण्ड नेपाली बलरसामू निरीह बन्दै १९ रनमा समेटिएको थियो । थाइल्याण्डलाई…
भद्रपुर, २ माघ । एक्काइसौँँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरि निकालिएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरि जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । कार्यालयका प्रमुख, कर्मचारी, भद्रपुर नगरपालिका उपप्रमुखलगायत सहभागी प्रभातफेरिमा ‘घटाऔँ भूकम्पको खतरा जागरुक भई, आउला भूकम्प भत्काउला घर, जिउधन जोगाउने हाम्रो कर, सस्तो सुलभ वैज्ञानिक प्रविधिको विकास गरौँ’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकिएको थियो । प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले नेपालमा विसं १८९० देखि २०७२ सालसम्ममा भूकम्पबाट नेपालमा…
कास्की, २ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताउनुभएको छ । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् (ऊर्जा) र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताउनुभयो । “नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता हो ।” उहाँले भन्नुभयो । पर्यटकको सुविधाका लागि सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट आवश्यक रहेकोमा जोड दिँदै उहाँले देशका विभिन्न भागमा समेत होटल व्यवसाय विस्तार गरिनुपर्ने भनाइ राख्नुभयो । देशले लामो राजनीतिक अस्थिरताबाट स्थायित्व प्राप्त गरेकाले युवा पिँढीलाई स्वदेशमै उद्योग व्यवसायमा लाग्न प्रेरित…