
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, ६ माघ । “महिनाको सर्वोत्कृष्ट प्रहरी” मा सुनसरीका २ जना प्रहरी कर्मचारीलाई घोषित गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका सम्पूर्ण प्रहरी युनिटहरुबाट एक महिनाको उत्कृष्ट कार्य विवरण अध्ययन गरी “महिनाको सर्वोत्कृष्ट प्रहरी” छनौट निर्देशिका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी दरवन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल र संघीय प्रहरी इकाई कार्यालय, धरान महिला तथा वालवालिका सेवा केन्द्र दरवन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रमोद कुमार पर्सेलालाई “महिनाको सर्वोत्कृष्ट प्रहरी”को रुपमा घोषणा गरिएको हो। विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही दक्षिण…
विराटनगर, ६ माघ । १ नम्बर प्रदेश अन्तर्गत झापा र मोरङ जिल्लाबाट प्रहरीले आइतवार अन्दाजी ३ लाख ४० हजार १ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । झापाको झापा गाउँपालिका–२ लसुना चोकबाट प्रहरीले बिहान ९ बजे सिमा नाकाबाट मे १प ५१९६, बि.आर. ३५३७ एन. ६४३७ नम्बरको मोटरसाईकल र एउटा साईकलमा भारतबाट नेपाल तर्फ भन्सार छली गरेर ल्याउँदै गरेको अन्दाजी ५२ हजार मूल्य बराबरको १ सय ३० ओटा ब्रोईलर कुखुरा बरामद गरेको हो । त्यसैगरी बिहान सवा १० बजेको समयमा झापाको भद्रपुर नगरपालिक–५ मेची किनारबाट प्रहरीले अन्दाजी १ लाख ९० हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । वडा…
ताप्लेजुङ, ६ माघ । आपतकालीन अवस्थामा ताप्लेजुङवासीलाई सहयोग पु¥याउने उद्देश्यसहित काठमाडाँैमा भवन निर्माण गरिने भएको छ । जिल्लाबाट उपचारका लागि काठमाडाँै पुगेका बिरामी, अशक्त र काठमाडाँैलगायत आसपासमा रहेर आपत विपद्मा परेकालाई सहयोग पु¥याउनका लागि ताप्लेजुङ सरोकार समाजले भवन निर्माण गर्ने भएको हो । भवन निर्माणका लागि रु ५३ लाख १७ हजार १११ रकमसमेत सङ्कलन भइसकेको समाजका उपाध्यक्ष युवराज गुरुङले जानकारी दिनुभयो । यस्तै ताप्लेजुङको विकास र समृद्धिका लागि तल्लिन व्यक्ति, सङ्घसस्था, जनप्रतिनिधिलगायतलाई समेत उक्त भवनले सघाउ पु¥याउने उहाँको भनाइ छ । जिल्लाका आम सरोकारका विषयमा छलफल, गोष्ठी, बैठक, सेमिनार आदिको आयोजना गर्ने लगायतका कार्यमा समेत उक्त भवन प्रयोग हुने बताइएको…
पूर्ण–कुमार–आदित्य काठमाडौँ, ६ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । यस वर्षको मेला माघ ७ गते सामेबारदेखि शुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिने समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले राससलाई जानकारी दिनुभयो । पूजारीसँग जल…
इण्डोनेशियामा एक महिलाले श्रीमानसँग झगडा गरेपछि पेट्रोल खन्याएर श्रीमानलाई जिउँदै जलाइदिएकी छिन् । श्रीमानले मोवाइलको पासवर्ड नबताएपछि यी दुईको झगडा भएको थियो । झगडा यतिसम्म बढ्यो कि ती व्यक्तिको ज्यान गयो । पत्नीले जब पतिसँग मोवाइलको पासवर्ड सोधिन्, पतिले बताउन अस्वीकार गरे । त्यसपछि यी दुईबीच मारपीट सुरु भयो । झगडा यति बढ्यो कि पत्नीले पतिलाई जिउँदै जलाइदिइन् । घटना इण्डोनेशियाको पूर्वी क्षेत्र लोम्बोकको हो । यहाँ २६ वर्षका देदी पुरनामा नामका व्यक्ति घरको छतमा सफाइको काम गर्दै थिए । यही बेला उनकी पत्नी इल्हाम काहानीले उनीसँग उनको मोवाइलको पासवर्ड सोधिन् । देदीले पासवर्ड बताउन अस्वीकार गरे । त्यसपछि ती…
बलिउडकी ग्ल्यामरस अभिनेत्रीमध्ये एक परवनि बाबीको निधन निकै पीडाजनक भयो। आज उनको १४ औं स्मृति दिवस हो। परवीन २० जनवरी, २००५ मा आफ्नो प्mल्याटमा रहस्यमयी अवस्थमा मृत फेला परेकी थिइन्। मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी परवीन आफ्ना बुवा आमाकी एकमात्रै सन्तान थिइन्। जुनागढ, गुजरातको मुस्लिम परिवारमा जन्मिएकी परवीनको जन्म उनका आमा बुवाको विवाहको १४ वर्षपछि भएको थियो। तर जब उनी दश वर्षकी थिइन् तब उनका बुवाको निधन भएको थियो। परवीनले सेन्ट जेभियर्स कलेज अहमदाबादबाट आफ्नो अध्ययन पूरा गरेकी थिइन्। यही क्रममा फिल्मकार बीआर इशाराको जनर परवीन माथि पर्यो। मिनी स्कर्ट लगाएको र हातमा चुरोट लिएर उभिएकी परवीनको व्यक्तित्व बीआरलाई निकै…
मोरङ, ६ माघ । मोरङको बिराटनगर महानगरपालिका–६ स्थित एक घरमा कोही नभएको अवस्थामा धनमाल चोरी भएको छ । गत माघ १ गते परिवारसहित भारततर्फ गएका अशोक कुमार मित्रुका हिजो साझँ ६ बजेको समयमा घर आएपछी चोरी भएको थाहा पाएका थिए । घरमा कोही नभएको मौका पारेर घरको ढोका फुटाई घरभित्रको दरजाहरुमा राखिएका नगद ४ लाख, डाईमण्डसेट –१ थान, अंदाजी १०–१२ तोला बराबराको सुनका बिभिन्न गरगहनाहरु चोरी भएको थियो । चोरी भएको जानाकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरीको टोली खटिनगई आवश्यक अनुसन्धान कार्य पुरा गरी चोरी गर्ने व्यतिहरुको खोजतलाश कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय मोरङले…
दमौली, ६ माघ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस तनहुँ कार्यलयले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा हाँले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिनुभयो । विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै पूर्व प्रधानमन्त्री तथा सभापति देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने बताउनुभयो । सबै एकजुट भएर अगाडि बढे काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने उल्लेख गर्दै उहाँले एउटा चुनाव हार्दैमा निराश नहुन र…
मोरङ, ६ माघ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्सानेस्थित पूर्ब–पश्चिम राजमार्गमा ३ वटा सवारी साधनले एक आपसमा ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेको समयमा पूर्बबाट पश्चिमतर्फ जादै गरेको बा१५ च ४०५० नम्बरको जिपर पश्चिमबाट पूर्बतर्फ आउदैगरेकोको १४ प ९२०५ नम्बरको मोटरसाईकल र सोहि दिशा तर्फ जादै गरेकोमे १ ख २६६६ नम्बरको बस एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक सोहि स्थान बस्ने १९ बर्षीय आकाश खत्री घाईते भई उपचारको लागि धरानको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । उपचारको क्रममा रहेका खत्रीको सोही दिन दिउँसो सँवा ४ बजेको समयमा मृत्यु भएको थियो भने जिपरबसका चालक…
झापा, ६ माघ । झापाको दमक नगरपालिका–१० दङदङगेमा आफ्नै हजुरबुवालाई कुटपिट गर्ने नाती पक्राउ परेका छन । शुक्रबार साँझ ६ बजेको समयमा २० बर्षीय सागर कार्कीले आफ्नै हजुरबुबा –७५ बर्षका धनबहादुर कार्कीलाई सामान्य बादबिबादको क्रममा कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाईते भएका धनबहादुरलाई उपचारकोलागि गोदाबारी हस्पिटल उर्लाबारीमा राखिएको छ भने कुटपिट गर्ने सागर कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।