
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, ६ माघ । तीर्थ भुजेल २०७२ सालमा झापाको गौरादह नगरपालिका, ४ स्थित कञ्चनजंघा प्राथामिक सरुवा भएर आए । त्यतिबेला सो विद्यालयमा विद्यार्थी संख्या १७ मात्रै थियो । विद्यालय मर्जर हुनबाट जोगाउने भन्दै माथिल्लो निकायमा पठाएको विवरणमा भने विद्यार्थीको संख्या ५१ उल्लेख गरे । २०७३ सालको शैक्षिक सत्रको सुरुवातसँगै उनी शिक्षकको टोली बनाएर विद्यार्थी जुटाउने अभियानमा जुटे । नभन्दै विद्यार्थी संख्या बढेर ४० पुग्यो । क्रमिक रुपमा विद्यार्थी संख्या बढ्दै जाँदा यतिखेर ८१ विद्यार्थी छन् । मिहिनेतको कदर गर्दै समुदायले भुजेललाई प्रधानध्यापकको जिम्मेवारी दियो । तर, विद्यार्थीको चापसँगै निजी स्रोतबाट राखिएका शिक्षकलाई अढाई वर्षदेखि तलब दिन नसक्दा उनी चिन्तित छन्…
काठमाडौं, ६ माघ । सीमाङ्कन र सीमा व्यवस्थापनमा सरकार कूतनीतिक रुपमा असफल भएको सम्बद्ध क्षेत्रका बुद्धिजिवीले टिप्पणी गरेका छन् । कूटनीतिक असफलताले नै लिपुलेकमा भारत चीनले एकलौटी सम्झौता गरेको उनीहरुले बताए । कुनै पूर्व जानकारी नदिई भारत र चीनले नेपाली भूभागबारे सम्झौता गर्दा पनि मौन बस्नु नेपालको कूटनीतिक असफलता रहेको उनीहरुको ठम्याई छ । पहिले भएको सम्झौतासमेत सरकार कार्यान्वयन नसकेको उनीहरुको आरोप छ । अन्तर्राष्ट्रिय कानुन विज्ञ वरिष्ठ अधिवक्ता डा। सूर्य ढुङ्गेलले राष्ट्रियता र अखण्डतामा सरकार हिचकिचाउनु कूटनीतिक असफलता भएको बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
काठमाडौं, ६ माघ । सरकारले डा। गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफरिस गरे बमोजिम एमबिबिएसको शुल्क निर्धारण गरेको थियो । तर, निजी कलेजले मन्त्रिपरिषदको निर्णय अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरिरहेका छन् । त्रिभुव विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले मन्त्रिपरिष्दको निर्णयलाई चुनौती दिँदै चर्को शुल्क असुले पनि सरकार मुकदर्शक बनेको छ । मेडिकल कलेजहरुल सरकारसँगकै मिलेमतोमा विद्यार्थीमाथि ठगी गरिरहेको सरोकारवालाको भनाई छ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा। गोविन्द केसीले सर्वसुलभ रुपमा चिकित्सा शिक्षा पाउनु पर्ने आवाज उठाउँदै आएका छन् । आजको नागरिक पत्रिकामा खबर छ ।
काठमाडौँ, ५ माघ । साहित्यकार काशीनाथ मिश्रित (ज्ञवाली) द्वारा रचित ‘बोकाको मन’ (व्यङ्ग्य निबन्धसङ्ग्रह) सार्वजनिक गरिएको छ । भुँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित पुस्तक विमोचन कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो व्यङ्ग्य निबन्धसङ्ग्रहको विमोचन गर्नुभयो । सङ्ग्रहमा नेपालको राजनीतिलगायतका विषयलाई व्यङ्ग्य गरिएका दुई दर्जन निबन्ध समावेश गरिएका छन् । सो अवसरमा मन्त्री ज्ञवालीले देशमा लामो सङ्घर्षपछि राजनीतिक परिवर्तन प्राप्त भएको सन्दर्भमा सांस्कृतिक परिवर्तनका लागि अझै केही समय लाग्ने बताउनुभयो । उहाँले व्यङ्ग्यलाई जबर्जस्ती ढङ्गभन्दा पनि शालिन ढङ्गबाट प्रस्तुत गर्न आग्रह गर्नुभयो । ‘बोकाको मन’ का लेखक ज्ञवालीले अपाङ्गता भएका व्यक्तिको राज्यका हरेक संरचनामा समान सहभागिता हुनुपर्ने माग गर्नुभयो । रुरु–५ सुन्डाँडा,…
दमक, ५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धितर्फ अगाडि लैजान कृषि र पर्यटनको प्रवद्र्धन आवश्यक रहेको औँल्याउनुभएको छ । झापाको दमकस्थित हिमशिखर मिडिया ग्रुपको आज नवौँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले देशको विकास र समृद्धिको यात्रामा सञ्चार क्षेत्रको पनि महत्वपूर्ण साथ चाहिने धारणा व्यक्त गर्नुभयो । देशको विकास र समृद्धिका लागि कृषि तथा पर्यटन क्षेत्रको व्यावसायीकरण गर्न खाँचो रहेकामा जोड दिँदै उहाँले देशलाई समृद्धिमा रुपान्तरण गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमलाई बलियो बनाउन प्रदेश सरकार प्रयत्नशील भएकोसमेत जानकारी दिनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, “कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न प्रदेशको अवस्था अत्यन्तै उपयोगी छ…
सान नेपाल गौरादह, ५ माघ । फर्निचर एण्ड फर्निसिङ्ग व्यवसायी संघ गौरादह नगर समितिको प्रथम चुनावी साधारण सभा सम्पन्न भएको छ । प्रकाश फर्निचर गौरादहका प्रवन्ध निर्देशक प्रकाश बास्कोटाको अध्यक्षतामा ११ सदस्यिय कार्य समिति गठन गर्दै साधारण सभा सम्पन्न गरिएको हो । साधारण सभाले संघको उपाध्यक्षमा सन्तकुमार साह, सचिवमा कृष्ण शर्मा, कोषाध्यक्षमा सरण अधिकारीलाई चयन गरेको छ भनें सदस्यहरुमा लक्ष्मी प्रसाई, उमेश थापा, रमेश दाहाल, इन्दिरा कार्की, उमेश पराजुली, सुरेश शर्मा र गन बहादुर कार्की निर्वाचित भएका छन् । साधारण सभाले ४ सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको छ । संघका पूर्व अध्यक्ष कृष्ण ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा साधारण सभाको उद्घाटन…
हेटौँडा, ५ माघ । पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा हेटौँडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । अभियुक्तद्धयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ । त्यस्तै दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । हत्यारासँग विनाबिल मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गत पुस २५…
भद्रपुर, ५ माघ । चन्द्रगढी टोल विकास संस्था भद्रपुर १० को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले दुर्गाप्रसाद दाहालको नेतृत्वमा १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा पुष्प पोखरेल, सचिव डम्बर कुँवर, सह–सचिव प्रमेश राजवंशी, कोषाध्यक्ष मुना रोक्का चयन भएका हुन् । यसै गरी सदस्यहरुमा विष्णु सापकोटा, नारायण नेपाली, भारती राजवंशी, पर्वत राजवंशी लगायत रहेका छन् । लोकबहादुर कुँवरको अध्यक्षता तथा भद्रपुर १० नं. वडा अध्यक्ष टेक बहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सभामा अध्यक्ष कुँवरले टोल विकासको वार्षिक गतिविधि प्रस्तुत गरेका थिए । त्यस्तै राजवंशी समाज कल्याण समिति भद्रपुरको प्रथम सभाले जगेनलाल…
भक्तपुर, ५ माघ । संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले प्रत्येक संचार माध्यममा श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताउनु भएको छ । आज नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २१ औ साधारण सभाको उद्घाटन गर्दै उहाँले श्रमजिवी पत्रकारहरु एवं कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गर्नबाट सरकार कुनै हालतमा पछि नहट्ने बताउनु भएको हो । उहाँले भन्नुभयो–“न्यूनतम पारिश्रमिक लागू भयो भने संचारमन्त्रीलाई कसरी सेकाउनु पर्छ भनेर बैठक बस्दैछ रे, मन्त्री बदलिएलान्, तर नेकपा नेतृत्वको सरकार अब चार वर्ष कुनै हालतमा बदलिदैन, जो सुकै मन्त्री भएपनि यो सरकारले श्रमजिवीको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्छ ।” पत्रकारले आफ्ना पेशागत कुरा गर्नुपर्नेमा…
काठमाडौँ, ५ माघ । ‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् । नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ को प्रो क्वालिफायरका लागि विङ्लार आगामी फागुन २ गते काठमाडौँ आउन लागेको आयोजक आइएफबिबी लिग नेपालका प्रमुख एवं पूर्वखेलाडी सानु गुरुङले जानकारी दिनुभयो । बडीबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ र त्यसका लागि प्रो कार्ड अनिवार्य लिनुपर्ने हुन्छ । ‘फुटबलको वल्डकप वालिफायर जस्तै मिस्टर ओलम्पियाको लागि पनि यो क्वालिफायर हो, प्रो कार्ड बिना मिस्टर ओलम्पियामा…